कृष्ण सारू मगर
बहराईन २८ फेब्रुअरी- बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेष्टुरेन्टको शभा कक्षमा भएको कार्यक्रममा गएको केही हप्ता अगाडी अन्तराष्ट्रिय कलाकार मञ्च बहराईन शाखा द्वारा आयोजित “IAF SINGING IDOL २०१४” को रनर अप फस्ट भएका साँस्कृतिक सचिव समेत रहेका राम गुरूङ लाई संस्थाको नाम उच्च राख्न मद्धत गरेकोमा स-सम्मानका लागी संस्थाका अध्यक्ष ज्ञानेन्द्र तमु गुरूङ र वरिष्ठ समाजसेवी तथा संस्थापक गम गुरूङले अझ उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै प्रोत्साहन स्वरूप यूएस डलर १००/- र प्रशंसा पत्र प्रदान गरेको छ ।
सो कार्यक्रम लाई महासचिव शंकरमान गूरूङले संचालन गरेका थिए भने प्रदेशी भुमीमा रहेर आफ्नो जातिय समाज खोज्दै आउने गुरूङ समुदायहरूको छोरीले समाज लाई मौलिक परम्परा कला, ईतिहास संस्कार संस्कृति परम्परा लाई जगेर्ना गर्न जातिय संगठन खोज्दै आएको गर्व र उपलब्धिको विषय हो । भन्दै मिना लाई समाजले हार्दिक कृतज्ञता जाहेर गर्दै उनको लागी विश्व शान्तिका अग्रदुत भगवान बुद्धले सदैव सु:ख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगति एवंम् शुभ-यात्रा सफल यात्रा समृद्ध यात्राको कामना गर्दै प्रमुख सल्हाकार दिपक गुरूङले स्वागत मन्तब्यमा भनेका थिए ।
भने सोही क्रम मै विगत लामो समय देखी विविध बाधा, अवरोध वाबजुद पनि गुरूङ समुदायहरूको मौलिक परम्परा, संस्कार, संस्कृति एवंम् पद्धति निरन्तरता दिँदै समाज प्रति संरक्षण-संवर्द्धनमा अतुलनिय योगदान दिने जुझारू, मन, वचन र कर्मले सह्योगको अहम भुमिका निर्वाह गरेकी निष्ठावान सकृय साँस्कृतिक सह-सचिव मिना लाई समाजले २७ फेब्रुअरीका दिन एक विषेश कार्यक्रम गरी संस्थाको तर्फ देखी संयुक्त रूपमा संस्थापक गम ब.गूरूङ र सभाध्यक्ष ज्ञानेन्द्र गुरूङले मायाँको चिनो कदर पत्र (मोमेन्टो) लाई भने संयुक्त रूपमा स-सम्मान स्वरूप प्रदान गरेका थिए भने बिजय गुरूङ लगायतले क्रमश: सबैले खादा ओढाई बधाई तथा बिदाईमा सम्मान गरेका थिए ।
यस कर्मभुमी बहराईनलाई विटमार्ने चाहना नहुँदा-नहुँदै पनि समयको प्रतिकुल र हरेक सु:ख दु:खमा सहयात्री जातिय संगठनलाई आफु स्वदेशको मातृभुमीमा रहेता पनि सबैलाई अटल सम्झाना रहने बाचा गर्दै कोही कसैमा घट्ना, दुर्घटना भएको खण्डमा संस्थाका अध्यक्ष ज्ञानेन्द्र लाई स्व-ईक्षाले सहयोग स्वरूप खजना उपहार प्रदान गर्दै सबै संग बिदाईको अनुमति लिएकी थिईन ।
अन्त्यमा सभाध्यक्ष ज्ञानेन्द्र तमु गुरूङले बैदेशिक रोजगारीको शिलशिलामा बहराईन रहेका समस्त गुरूङ जातिहरूले एकताको सुत्रधारमा आउन हुन आग्रह गर्दै प्रत्येक गुरूङको पिडा, समस्या ब्याक्तिगत भन्दा महत्व रहेकोले आफु जातिय उत्थान, उद्धार प्रति सदैव कतिवद्ध रहने समेत जगजाहेर गर्दै बधाई तथा बिदाई कार्यक्रम समापन भएको घोषणा पश्चात रात्रिभोज कार्यक्रम सहित कार्यक्रम सम्पन्न गरेको छ ।