विजय कुमार मगर
कतार,२ मार्च – बिश्वभर छरिएर रहेका मगरहरुले फाल्गुण १५ को दिनलाई मगरहरुको एकताको रुपमा मगर दिवस भब्य रुपमा मनाउने क्रममा कतारमा पनी नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा सम्पन्न भएको छ ।
“ईतिहांस, भाषा, संस्कृतिको संरक्षण—सम्वर्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराको साथमा ३३ औं मगर दिवस केन्द्रिय समितीका का.वा.अध्यक्ष महेन्द्र थापामगरको संयोजकत्व तथा सभापतित्वमा र का. वा.महासचिव विजय कुमार मगरको सञ्चालनमा फेव्रुअरी २७ तारीक शुक्रवारका दिन दोहाको टप फर्म रेष्टुरेन्टमा ब्यापक जनमानसको सहभागीतामा मनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका महासचिव पुरुषोत्तम सुनुवार, बिशिष्ट अतिथीहरुमा मगर संघका प्रमुख सल्लाहकार भिम तरामुमगर र कतारबासी मगरहरुका २०१४-१५ का सांस्कृतिक बाङ केशव रानामगर थिए ।
त्यस्तैगरी अतिथिहरुमा प्रबासी नेपाली मंच कतारका उपाध्यक्ष गणेश परियार, जन–प्रगतीशील मंच कतारका अध्यक्ष होमनाथ शर्मा, नेपाली संघीय समाज कतारका द्धितिय उपाध्यक्ष तिलक काङमाङ, नेपाली एकता समाज कतारका महासचिव खिमबहादुर बुढा, संघीय लिम्बुवान समाज कतारका उपाध्यक्ष यदुजंग लिम्वु, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक, किंरात राई यायोख्खा शाखा दोहा कतारका कर्ण रुम्दाली, तमु(गुरुङ) सेवा समाजका अध्यक्ष हितमान घले तमू, थारु कल्याणकारिणी सभाका श्यामलाल चौधरी, सुनुवार सेवा समाजका श्याम सुनुवार, नेवा पुचका उपेन्द्ररत्न शाक्य, माझी सेवा समाजका भरत माझी, तमु प्ये ल्हु संघका अध्यक्ष यूद्धजंग तमु थिए ।
त्यस्तै तनहुँ सेवा समाज कतारका धन ब. परियार, सिराहा सेवा समिति, कतारका महमद नुखल अली, गुल्मी सेवा समाजका अध्यक्ष , पर्वत युवा सेवा समाजका दिलकुमार श्रेष्ठ, कास्की आर्दश सेवा समाज कतारका मन प्रसाद रानामगर, दाङ देउखुरी सेवा समाजका प्रथम उपाध्यक्ष बसन्त पुरी, खस क्षेत्री समाजका रमेश बस्नेत, पाल्पाली सेवा समाजका सचिव दुर्गा अधिकारी, धनकुटा सेवा समाजका सह. कोषाध्यक्ष डिल्लिराम सुवेदी, नेपाली महिला समाजका अध्यक्ष रेखा राई , पत्रकार महासंघका महासचिव अजिज अली, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका पत्रकार बिनेश तामाङ, नेपाली कला केन्द्रका सुभाष गजमेर,समाजसेवी तथा बुद्धिजिवी भिम घले रहेका थिए ।
अतिथी कै क्रममा संघका संस्थापक सदस्य तथा सल्लाहकार नारायण रानामगर, संस्थापक सदस्य तिल बहादुर रानामगर, सल्लाहकार सदस्यहरु देबबहादुर रानामगर, जनक थापामगर, केशव रानामगर, पुर्व सल्लाहकार सदस्य मनिराज पुनमगर, चौंथो कार्यकालका मिलन थापामगर, संघका मानार्थ सदस्य बबिन राई, टेक ब. रसाइली, दोहा एरिया समितीका अध्यक्ष रविन मगर, सनैया “ए” एरिया समितीका अध्यक्ष मिन ब. मगर, सनैया “बी” एरिया समितीका अध्यक्ष बाबुराम थापामगर, अबुहमुर एरिया समितीका अध्यक्ष चित्र ब. मगर, वक्रा एरिया समितिका सचिव दिपक योक्चाई मगर रहेका थिए ।
अतिथीहरुको आशन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथी र अध्यक्षद्धारा संयुक्त रुपमा व्यानर अनावरण तथा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रप्रेम भावले राष्ट्रिय गान र मगर गान गाईसकेपछी केन्द्रिय समितिका द्धितिय उपाध्यक्ष शेरबहादुर रोक्का मगरले स्वागत मन्तव्य तथा मगरहरुको एकता को दिवस मगर दिवसको बारेमा जानकारी दिएका थिए ।
२०१५ – ०१६ वर्ष कतार का मगर बाङ रविन मगरलाई घोषणा:
माघी पर्व —२०७१ कार्यक्रम गत जनवरी ९ तारिख समालको पब्लिक गार्डेनमा भएको मगरहरुको कतारका लागी राजा छान्ने दौड प्रतियोगितामा द्धितिय सैलिया एरिया समितिका सदस्य टोपेन्द्र राहदी मगर र दोहा एरिया समितीका अध्यक्ष रबिन मगर प्रथम भएकाले यस पटकको २०१५-१६ को कतारबासी मगरहरुको सांस्कृतिक बाङ आफ्नो पोल्टामा पारेका थिए । उनिहरुलाई संस्थाको तर्फवाट प्रमाण पत्र प्रदान गरिएको थियो भने २०१४ – ०१५ का वाङ्ग केशव रानामगरले फेटा लगाईदिएर राजाको कार्यभार हस्तान्तरण गरेका थिए ।
यसैगरी माघि कार्यक्रमकै अवसरमा डोरी तान्ने खेलकुद प्रतियोगीतामा १२ टिम मध्ये प्रथम हुने चेतलाल मानन्धर, खर ब. रोकामगर, पुर्ण प्रसाद जुगजालीमगर, टेक प्रसाद रोकामगर, नवराज लिम्बु, भुवन मगर रहेको टिमलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको थियो भने हाँडी फोर्ने (महिला मात्र) खेलमा १२ जना मध्ये मञ्जु बलाल मगर विजयी भएका थिए, उनलाई पनि ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।
माघी पर्व —२०७१ कार्यक्रममा सहयोग गर्नुहुनेलाइ प्रशंसा पत्र तथा प्रमाण पत्र बितरण:
माघी पर्व —२०७१ कार्यक्रममा सहयोग गर्नु हुने स्वयंसेवक, कलाकार तथा प्रोयोजकहरु ब्यानर प्रायोजक – दोहा एरिया समितीका अध्यक्ष रबिन मगर, पानी प्रायोजक – मनिराज पुनमगर, मिलन घर्तीमगर, जिवन रानामगर, जुमानसिं झाँक्री मगर,यातायात प्रायोजकहरु नन्द गर्वुजा मगर, मकसुद आलम, झबिन्द्र आचार्य, होम घले, रामहरी गैरे, धनकुटा सेवा समाज, केशव घर्तीमगर, निर्मला राई, पदम थापा मगर, दिपक पुलामी मगर, कृष्ण राना मगर, हेम बगाले मगर, रोशन यादव, विजय रानापाल, टेक रसाईली, डिल्लिकुमार सुवेदी, राम रानामगर, तिर्थ याम्फुराई, प्रकाश पौडेल, शिव खड्का, र डोरी तान्ने खेलकुद पुरस्कार प्रायोजक सोम थापामगरलाई प्रशंसा पत्र प्रदान गरीएको थियो । साथै कला तथा सांस्कृतिक बिभागकका कलाकारहरुलाई र महिला कलाकारहरुलाई पनि प्रशंसा पत्रको साथमा संस्थाको लोगो अंकित टिर्सट प्रदान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमको रौनक:
मगरहरु कला र संस्कृतीमा धनी रहेको जाती हो । हामीमा रहेको संस्कृती संरक्षण र सम्बद्र्ध गर्नुपर्छ भन्ने अभिप्रायले सधैं झैं यस कार्यक्रममा पनि सालैजो हुर्रा, सुदुर पश्चिममा नाचिने टप्पा नाच, बिभिन्न लोकगीत, आधुनिक गित लगाायत मगर संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा प्रस्तुतीहरुको जनक थापामगरले नृत्य निर्देशन गरेका थिए । नेपालको पुर्व देखी पश्चिम सम्म नाच्ने बिभिन्न प्रस्तुतीहरुमा कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु छमछमी नाच्न बाध्य भएका थिए । त्यस्तैगरी कार्यक्रममा सोम थापामगर र पिङ्की थापा मगर को जोडीले सिम्पल सिम्पल कान्छिको भन्ने गितको वोलमा सुमधुर स्वरमा गित गाउंदा दर्शकहरु मन्त्रमुग्ध भएर मनोरञ्जन लिएका थिए । कार्यक्रममा कलाकारहरु मोहन मगर, अनु राउत, माया तामाङ, रोशिका तामाङ, सिता मगर, बिना मगर, मञ्जु मगर र भगवतीले साथ दिएका थिए ।
हांजिरी जवाफ प्रतियोगितामा सनैया “बि” एरिया समिति प्रथम:
बिश्वभर छरिएर रहेका मगरहरुले फाल्गुण १५ को दिनलाई मगरहरुको एकताको रुपमा मगर दिवस भब्य रुपमा मनाई रहंदा नेपाल प्रवासी मगर संघ दोहा कतारले ३३ औं मगर दिवस कार्यक्रमको अवसरमा केन्द्रिय समितिको मातहतमा रहेको एरिया समितिहरु माझमा खुल्ला हाँजिरी जवाफ प्रतियोगिता गराइएको थियो । प्रमुख सल्लाहकार भिम तरामु मगरको संयोजकत्वमा सल्लाहकार सदस्यहरु देव रानामगर र जनक थापा मगर समितको सदश्यमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।
उक्त प्रतियोगितामा नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिति, नेपाल प्रवासी मगर संघ, सनैया “ए” समिति, नेपाल प्रवासी मगर संघ, सनैया “बि” समिति तथा नेपाल प्रवासी मगर संघ, वक्रा एरिया समितिले भाग लिएका थिए । यस प्रतियोगितामा नेपाल प्रवासी मगर संघ, सनैया “बि” समिति प्रथम, नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिति द्धितिय र नेपाल प्रवासी मगर संघ, सनैया “ए” समिति तृतिय हुन सफल भएका थिए भने बिजेता समुहलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । हाँजिरी जवाफ प्रतियोगिताको पुरस्कार प्रायोजन महेन्द्र थापा मगर, लिलम चिदिमगर, केशव रानामगर,केशव घर्तिमगर र याम थापा मगरले गरेका थिए ।
प्रमुख अतिथि महासचिव पुरुषोत्तम सुनुवारले मन्तब्यको क्रममा समसामयिक घटनाहरु र परिवेशमा रहेर “ईतिहांस, भाषा, संस्कृतिको संरक्षण—सम्वर्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र” भन्ने नारालाई मात्र नारामा नभई ब्यवहारमा पनि उतार्न संपुर्ण राजनैतिक दलमा आवद्ध प्रतिनिधिहरुलाई आग्रह गर्दै महासंघले पनि आर्थिक, भौतिक, नैतिक रुपमा जातिय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्रको मुद्यालाई अंगिकार गरेको भनेका थिए ।
कार्यक्रमको अन्तमा सभापतीद्धारा संपूर्ण उपस्थिती अतिथगणहरुमा, पत्रकार मित्रहरुमा, तथा कार्यक्रम सफल पार्नको लागी सहयोग गर्नुहुने स्वयंसेवक, कलाकार तथा उपस्थित जनसमुदायलाई बिशेष धन्यबाद सहित आगामी बर्षको मगर दिवस पनि यसरी नै मनाउने वाचा सहित कार्यक्रमको समापन गरेका थिए ।