मगर दिवस र मगर जनजाति

Read Time:29 Minute, 49 Second

– त्रिलोक सिंह थापामगर

प्रारम्भ : फागुन १५ गतेलाई आदिबासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, सांस्कृतिक, साङ्गठनिक तथा राजनितिक चाडको रुपमा मनाउने गर्दछन् । विश्व भरिका सम्पुर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पुर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल मगर संघको स्थापना भएको हो ।

अतः हरेक बर्ष विश्व भरी छरिएका मगरहरुले अत्यन्त हर्ष, उल्लास, उमङ्ग र जोशका साथ मगर दिवस धुमधामले मनाउने चलन छ । यसै परिप्रेक्ष्यमा मगर जनजातिको सामाजिक, शैक्षिक, आर्थिक एवम् राज्यको विभिन्न तहमा संलग्नता वा पहुंच बारेमा छोटकरीमा सिंहावलोकन गर्न गराउन पनि आवश्यक देखिन्छ । मगरहरुको के कति जनसंख्या छ, के कस्तो शैक्षिक तथा आर्थिक अवश्था छ, राज्यको विभिन्न तहमा के कस्तो पहुँच छ तथा भविश्यमा के कस्तो कार्यनिति मगर समाज र मगर संघले अपनाउनु पर्दछ सो बारेमा विचार विमर्श पनि आवश्यक देखिन्छ । फागुन १५ गते मगर दिवसको शुभ अवसरमा मगर र मगर संघ संस्थाहरुले उपरोक्त विषयहरुमा मनन गर्नु पनि समसामयिक हुन्छ । 

जनसंख्या वि.सं. २०६८ तदनुसार सन २०११ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्या जम्मा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । मुलुकको कुल जनसंख्या मध्ये आदिबासी मगर जनजातिको जम्मा जनसंख्या १८ लाख ८७ हजार ७३३ पुगेको छ ।

नेपालको प्रमुख जाति तथा जनजातिहरुमा १६ दशमलव ६ प्रतिशत क्षेत्री, १२ दशमलव २ प्रतिशत पहाडि ब्राम्हण तथा आदिबासी मगर जनजाति ७ दशमलव १ प्रतिशत छन् । मुलुकको कुल जनसंख्यामा आदिबासी मगरहरुको जनसंख्याले तेश्रो स्थान ओगटेको छ । मुलुकमा ३५ प्रतिशत आदिबासी जनजाति छन् । जनसंख्याको हिसावले हेर्ने हो भने जनजातिहरुमा मगर जनजातिको पहिलो स्थान छ । साथै अधिराज्यका हरेक जिल्लाहरुमा मगरहरु छरिएर बसोबास गरेका छन् । मगरहरुको मुल थलो तथा घना बस्ती नेपालको मध्ये पश्चिमी पहाडी क्षेत्रलाई मानिएको छ ।

तालिका १ः मगर महिला तथा पुरुषको जनसंख्या:

लिङ्ग

जनसंख्या

प्रतिशत

महिला

१०,१३,३१७

५३.६८

पुरूष

८,७४,४१६

४६.३२

जम्मा

१८,८७,७३३

१००

श्रोत : सेन्ट्रल डिपार्टमेण्ट अफ सोसियोलोजि-एन्थ्रोपोलोजि (सि.डि.एस.ए.), त्रिवी २०१२

वि.सं. २०६८ सालको राष्ट्रिय जनगणनाको नतिजा अनुसार नेपालमा पुरुष भन्दा महिलाहरुको जनसंख्या  ७ लाख ९६ हजार ४ सय २२ ले बढी छ । त्यस्तै मगर पुरुषको जम्मा जनसंख्या ४६.२२ प्रतिशत छ भने मगर महिलाको जनसंख्या ५३.६८ प्रतिशत रहेको छ । सम्पूर्ण राष्ट्र तथा मगर समाज दुबै ठाउंमा महिलाहरुको संख्या बढी छ । यसरी महिलाहरुको उत्तरदायित्व पनि बढ्नु स्वभाविक हो । साथै महिलाहरुको हक र अधिकारलाई सुरक्षित पार्नु पनि राज्यको प्रमुख कर्तव्य हुन आउँछ ।  

तालिका २ : सन २००१ र २०११ मात्तृभाषा बोल्ने मगर जनजातिहरु

 

भाषा

सन २०११

सन २००१

फरक

प्रतिशत

 

जनसंख्या

प्रतिशत

जनसंख्या

प्रतिशत

मगर

१८,८७,७३३

४१.७७

१६२२४२१

४७.५

५.७३

                           श्रोत : केन्द्रीय तथ्याङ्क बिभाग, सन २००१ र २०११

मगर समाजमा परम्परा देखि तीन वटा भाषा बोल्ने प्रचलनमा रहेको पाइन्छ । काइके, खाम तथा मगर ढुट भाषा मगर जनजातिको मुख्या भाषा रहेको छ । सन २००१ मा मगर समाजमा मगर भाषा बोल्नेहरुको संख्या जम्मा ४७.५ प्रतिशत थियो । सन २०११ सालमा सो संख्या घटेर जम्मा ४१.७७ प्रतिशत पुग्न गएको छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या मध्ये ४४ प्रतिशतले नेपाली भाषा बोल्दछन भने मगर भाषा बोल्नेहरुको संख्या जम्मा ३ प्रतिशत मात्र छ । सो मध्ये काइके भाषा बोल्ने ०.१ प्रतिशत खाम भाषा बोल्ने ३.३ प्रतिशत तथा मगर भाषा बोल्ने जम्मा ९६.६ प्रतिशत रहेको तथ्याङ्कले सङ्केत गर्दछ ।   तालिका नं. २ अनुसार विगत १० बर्ष भित्र मात्तृ भाषा बोल्ने मगरहरुको संख्या घट्न गएको छ । सम्भवत मगर भाषाको अध्ययन तथा अध्यापनको सुविधा तथा समुचित व्यवस्था राज्यबाट प्रभावकारी रुपमा मिलाएको देखिएन । शहरीकरण तथा बसाई सराई र मगर विद्यार्थीहरुमा मात्तृभाषा प्रति अभिरुचि घट्न गएको आदि कारणहरुले गर्दा मगर भाषा बोल्नेहरुको संख्या घट्न गएको हुन सक्दछ । कुनै पनि जातिको पहिचानको लागि मात्तृभाषा एउटा मुख्य आधार हुन्छ । यसै सन्दर्भमा नेपाल मगर संघ तथा सम्बन्धित संघ संस्थाहरुले मगर भाषाको लोकप्रियता बढाउन बिशेष निति निर्माण गरी आवश्यक पाइला चाल्नु पर्दछ ।

तालिका ३ : ग्रामीण तथा शहरी क्षेत्रमा मगर जनसंख्या

 

क्षेत्र

जनसंख्या

प्रतिशत

ग्रामीण

१६,५४,८४१

८७.६६

शहर

२,३२,८९१

१२.३४

जम्मा

१८,८७,७३३

१००

                                      श्रोत : सि.डि.एस.ए., त्रिवी २०१२

उपरोक्त तालिका अनुसार मगरहरुको बस्ती र जनसंख्या शहरमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिन्छ । शहरी क्षेत्रमा मगरहरुको जनसंख्या जम्मा १२.३४ प्रतिशत मात्र रहेको छ । यस परिप्र्रेक्षमा हेर्ने हो भने मगर समाजमा जनचेतना, जागरण, सेवा सुविधा र बिकासका कार्यक्रमहरु गाउँघरमा लैजानुपर्ने कुरामा बढी जोड दिनु पर्ने हुन्छ । नेपाल मगर संघ तथा संबन्धित संघ संस्थाहरुका क्रियाकलाप मगरहरुको घर दैलोमा पु¥याउनको लागि ग्रामीण क्षेत्रमा बढी केन्द्रीत हुनु पर्ने आवश्यक छ । यस सम्बन्धमा ग्रामीण बिकासका आयोजनाहरु माथि राज्य तथा सामाजिक संस्थाहरुले बढी चाख लिनु पर्दछ । जब सम्म ग्रामीण क्षेत्रमा बसोबास गरेका मगरहरुको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउने प्रयास गरिदैन तब सम्म सम्पुर्ण मगर जनजातिके उत्थान एवम् कल्याण गर्नु गराउनु सम्भव देखिंदैन ।

तालिका ४ : मगर जनजातिको आर्थिक श्रोत र साधनको अवश्था

 

बिवरण

प्रतिशत

जग्गामा स्वमित्व

९२.८

जग्गाको अोसत साइज

०.९२

बन तथा पशुचरणमा पहुँच

९६.७

गैर कृषि क्षेत्रबाट प्राप्त अाम्दानी

६०.५

                                                 श्रोत : सि.डि.एस.ए., त्रिवी २०१२

 

परम्परा देखि मगर जनजातिको आर्थिक श्रोत र साधनहरुमा मुख्यत कृषि खेति पाति, पशुपालन, सानातिना व्यापार, घरेलु उद्योग, बन जङ्गल, जडीबुटि सङ्कलन र विक्रय आदि रही आएको छ । तालिका नं. ४ का अनुसार मगरहरुको जग्गाको स्वामित्व ९२.८ प्रतिशत भएता पनि औशत साइज जम्मा ०.९२ हेक्टर मात्र रहेको छ । मगरहरुको जग्गा के कति उब्जाउ र उत्पादनशिल छ सो बारेमा यथेष्ट सुचना उपलव्ध छैन । साधारणत मुलुकको अधिकांश उर्वरा एवम् उव्जाउ जग्गा उच्च जातिको स्वामित्वमा रहेको पाइन्छ । अधिकांश मगर किसानहरु बेरोजगार, अर्ध बेरोजगार, भुमिहिन तथा निरपेक्ष गरीबीको रेखा मुनि रहन बाध्य छन् । अधिकांश मगर किसानहरु धनी किसानको जमीनमा आफ्नो श्रम बेच्न अथवा कामको खोजिमा शहर तथा बैदेशिक रोजगारमा पलायन हुन बाध्य छन् ।  

प्राचिन समयमा खानी उत्खनन मगर जनजातिको मुख्य पेशा थियो । हाल सो उत्खनन बन्द छ । सन १८१५ को सुगौली सन्धी पछि बृटिश सेनामा भर्ति हुन मगर युवाहरु जान थालेका थिए । सो क्रम हाल सम्म कायम छ । हाल बैदेशिक रोजगार पनि आर्थिक श्रोतको आधार बन्न पुगेको छ । यसरी नेपाली, भारतीय, बृटिश सेना तथा बैदेशिक रोजगारले मगर समुदायलाई आर्थिक रुपले सहयोग गरेको देखिन्छ । यी आर्थिक श्रोत र साधन स्थायी प्रकृतिको देखिंदैनन् । तैपनि पुंजी सङ्कलनमा सघाउ पुर्याएको पाइन्छ ।  

तालिका ५ : मगर जनजातिको शैक्षिक स्थिति

 

सैक्षिक स्तर

साक्षरता प्रतिशत

अाधारभुत शिषा

अाठकक्षा पास

माध्यामिक+२ पास

बि.ए. र सो माथि

राष्ट्रिय स्तर

६५.९४

६५

३१

४.२

मगर जनजाति

७१.०९

७३.६८

२४.९१

१.३४

                                               श्रोत : सि.डि.एस.ए., त्रिवी २०१२

वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार मुलुकको साक्षरताको दर जम्मा ६५.९४ प्रतिशत छ । मगर समाजमा साक्षरताको दर जम्मा ७१.०९ प्रतिशत छ । राष्ट्रिय स्तर भन्दा पनि मगर समुदायमा साक्षरताको दर बढी छ । त्यस्तै आधारभुत शिक्षा अर्थात आठ कक्षा पास गर्ने विद्यार्थीहरुका संख्या राष्ट्रिय स्तरमा जम्मा ६५.९४ प्रतिशत मात्र छ । सो अनुरुप मगर समाजमा आधारभुत शिक्षा प्राप्त गर्ने मगर विद्यार्थीहरुको संख्या ७३.६८ प्रतिशत छ ।

मगर समाजमा साक्षरता तथा आधारभुत शिक्षाको दर वा स्तर राष्ट्रिय स्तरमा भन्दा प्रतिशतमा बढी देखिन्छ । मगर जनजातिको लागि यो तथ्याङ्कले उत्साहबद्र्धक सकारात्मक सन्देश दिन्छ । युवा मगर विद्यार्थीहरुले अलिकति मेहनत गरेको खण्डमा उच्च माध्यामिक तथा उच्च शिक्षामा राष्ट्रिय स्तरलाई धेरै पछाडि पार्न सक्दछन् ।  

साक्षारता तथा आधारभुत शिक्षामा आदिबासी मगर जनजाति जति सफल छन् वा राष्ट्रिय स्तर भन्दा अगाडि छन् त्यति नै उच्च माध्यामिक तथा उच्च शिक्षामा ज्यादै पछाडि परेका छन् । उच्च माध्यामिक शिक्षा अर्थात प्लस टु पास गर्ने मगर विद्यार्थीहरुको संख्या २४.९८ प्रतिशत छ भने राष्ट्रिय स्तरमा ३१ प्रतिशत देखिन्छ । त्यस्तै उच्च शिक्षामा (वि.ए. भन्दा माथि) राष्ट्रिय स्तरमा ४.२ प्रतिशत छ भने मगर युवा विद्यार्थीहरुको संख्या जम्मा १.३४ प्रतिशत छ । मुलुकको सम्पुर्ण जनसंख्यामा तेश्रो स्थान ओगटेका मगर समुदायमा बि.ए. तथा सो भन्दा माथि अध्ययन गरेका मगरहरुको संख्या जम्मा १.३४ प्रतिशत मात्र छ भनेर सन २०११ सालको राष्ट्रिय जनगणनाको नतिजाले सङ्केत गर्दछ ।

राष्ट्रिय जनगणनाको उक्त नतिजा माथि मगर समाजले गम्भिरता पुर्वक विचार गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । तालिका नं. ५ को अनुसार ७३.६८ प्रतिशत आठ कक्षा पास गरेका मगर विद्यार्थीहरुको संख्या माध्यामिक अर्थात प्लस टु मा झरेर २४.९१ प्रतिशत हुन आएको देखिन्छ । वि.ए. र सो भन्दा माथिको अध्ययनमा जम्मा १.३४ प्रतिशत मात्र पुग्न गएको देखिन्छ ।  

कुनै पनि राष्ट्र, समाज, समुदाय जाति र जनजातिको समुचित विकास तथा चौतर्फि प्रगतिको लागि उच्च शिक्षा अनिवार्य शर्त हो । साक्षरता, शिक्षा तथा उच्च शिक्षाको अभावमा कुनै पनि समाज अगाडि बढ्न सक्दैन । मगर समाजमा साक्षारताको स्तर अत्यन्तै सकारात्मक छ । आधारभुत शिक्षा अर्थात आठ कक्षा पास हुनेहरुको संख्या प्रतिशतमा अत्यन्त राम्रो छ । माध्यामिक शिक्षा तथा उच्च शिक्षाको कमिले गर्दा मुलुकको राजनैतिक, प्रशासनिक, निजामति, न्यायिक, प्राज्ञिक, सुरक्षा, कुटनितिज्ञ तथा संबैधानिक आदि कुनै क्षेत्रमा पनि आदिबासी मगर जनजातिको पकड छैन । अतः मगर समाज तथा मगर युवा विद्यार्थीहरुमा उच्च शिक्षा प्रति अभिरुचि बढाउन अभियान सञ्चालन गर्नुपर्ने नितान्त आवश्यक भैसकेको छ ।

तालिका ६ : निजामति सेवामा जाति र मगर जनजातिको पहुँचको स्थिति

 

जाति र जनजाति

संख्या

प्रतिशत

पहाडी ब्राम्हण

४,७२१

५८.३

क्षेत्री

१,०८०

१३.३

मगर

९९

१.२

श्रोत : निजामति किताबखाना २०६३, उद्धृत आदिबासी जनजाति अङ्क ३, २०६७

निजामति सेवा स्थायी प्रक्रितिको संस्था हो । राज्य सञ्चालनलाई आवश्यक पर्ने निति निर्धारण तथा कार्यान्वयन गर्ने गराउने महत्वपुर्ण राजकीय संयन्त्र तथा निकाय हो । यस निकायमा मुलुकको हरेक जात जातिको सहभागिता एवम् प्रतिनिधित्व हुन अत्यन्तै जरुरी छ । यसरी राष्ट्रिय विकासका निति निर्माण तथा कार्यान्वयन पक्ष समावेशी तथा सन्तुलित हुन जान्छ । समावेशी र सन्तुलित विकासले मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक अभ्यासलाई सफलता प्राप्त हुन सक्दछ ।

वि.सं. २०६३ सालमा पहाडी ब्राम्हणले मुलुकको प्रशासनिक संयन्त्र वा निजामति सेवामा ५८.३ प्रतिशतको दरले आफ्नो बर्चश्व कायम गरेका छन् । पहाडी ब्राम्हणको जनसंख्या जम्मा १२.२ प्रतिशत मात्र छ । त्यस्तै १६.६ प्रतिशत जनसंख्या भएको क्षेत्री समाज १३.३ प्रतिशतको दरले निजामति सेवामा आफ्नो सहभागीता जनाएका छन् । मुलुकको कुल जनसंख्यामा ७.१ प्रतिशत जनसंख्या भएको मगर जनजातिको निजामति सेवामा जम्मा १.२ प्रतिशतले प्रतिनिधित्व भएका पाइन्छ । यसरी राज्यले मगर जनजातिलाई आफ्नो मुलुक प्रति जिम्मेवार बनाउने कुनै बिशेष प्रयास गरेको देखिदैन । सके सम्म मगरहरुलाई राज्यको प्रशासकीय संयन्त्रबाट पाखा सारेको बुझिन्छ । निजामति सेवामा आरक्षणको नितीलाई उदार बनाएर राज्यले मगर तथा जनजातिको पहुँच निजामति सेवा वा प्रशासकीय संयन्त्रमा बढाउनु पर्ने हुन्छ ।

तालिका ७ : लिङ्गगत रुपमा मगर जनजातिको सरकारी संयन्त्रमा पहुँच

 

जनजाति

महिला

पुरूष

जम्मा

मगर

९०

९९

                                  श्रोत : निजामति किताबखाना २०६३

मगर जनजातिको कुल जनसंख्या मध्ये मगर महिलाहरु जम्मा ५३.६८ प्रतिशत छन् । वि.सं. २०६३ सालमा राज्यको प्रशासनिक वा निजामति सेवामा जम्मा ९ जना मगर महिलाहरु सेवारत छन् । अन्य जात जातिको तुलनामा सरकारी सेवामा मगर महिलाहरुको प्रतिनिधित्व ज्यादै कम छ ।

तालिका ८ : जातिगत र लिङ्गगत रुपमा बिभिन्न श्रेणीहरुमा सहभागिता

 

जात र जाति

बिशिष्ट श्रेणी

रा.प. प्रथम श्रेणी

रा.प। दितीय श्रेणी

रा.प.तृतीय श्रेणी

जम्मा

पु

पु

पु

पु

बाहुन

२४

२१८

३४

१,१२०

११२

३,१५९

४,६७२

क्षेत्री

५६

१६

२६४

५४

६८०

१,०८०

मगर

१५

७५

९९

                                          श्रोत : निजामति किताबखाना २०६३,

वि.सं. २०६३ सालमा बिशिष्ट श्रेणी तथा प्रथम श्रेणीमा मगरहरु एकजना पनि सेवारत थिएनन् । हाल २०७०–७१ मा एक जना मगर खुला परिक्षामा उत्तीर्ण भएर प्रथम श्रेणीमा पुगेका छन् ।

तालिका ९ : सेवागत रुपमा मगर तथा अन्य जातिको सहभागिता

 

जाति

जनजाति

इ.

सेवा

कृषि

सेवा

न्याय

सेवा

प्रशासन

सेवा

बन

सेवा

बिबिध

सेवा

शिक्षा

सेवा

स्वास्थ्य

सेवा

स्ंसद

सेवा

जम्मा

बाचहुन

६४३

४०९

४०४

१,८२८

२३१

३०१

४९५

३७०

३२

४,६७२

क्षेत्री

२०५

९६

७०

३१०

४८

६८

११९

१५२

१२

१,०८०

मगर

१९

१३

१९

१४

१५

९९

                                    श्रोत : निजामति किताबखाना २०६३

उपरोक्त तालिका अनुसार वि.सं. २०६३ सालमा राज्यका विभिन्न सेवाहरुमा उच्च समुदायका जम्मा ५,८०१ ज्ना राजपत्राङ्कित तथा सो भन्दा माथिको तहमा सेवारत थिए । सोहि अनुपातमा मगरहरु जम्मा ९९ जवान राज्यका विभिन्न सेवाहरुमा कार्यरत रहेका थिए । राज्यको निजामति वा प्रशासन सेवामा पहाडे बाहुन तथा क्षेत्री समुदायबाट २१३८ जना सेवारत थिए भने मगर समुदायबाट जम्मा १९ जनाको मात्र सहभागिता रहेको पाइन्छ । यसरी राज्यको प्रशासनिक संयन्त्र वा निजामति सेवामा केवल उच्च जातिको अधिपत्य कायम रहेको छ ।

वि.सं. २०७० र ०७१ सालमा मगर जनजातिका अधिकृतहरुको संख्यामा केहि सामान्य बृद्धि हुनु स्वाभाविक हो । तैपनि लोकसेवा आयोग केन्द्रीय कार्यालय (२०६३) को प्रतिबेदन अनुसार वि.सं. २०५९ देखि २०६१ साल सम्म लोक सेवा आयोगको अन्तिम परीक्षामा पास हुने अधिकृत तहमा ब्राम्हण ८९.९ प्रतिशत क्षेत्री ७.६ प्रतिशत छन् भने मगर जनजातिका जम्मा ०.३ प्रतिशत मात्र छन् । यस सन्दर्भमा हेर्ने हो भने राज्यका प्रशासनिक संयन्त्र वा निजामति सेवामा मगर जनशक्तिको प्रतिनिधित्व तुलनात्मक रुपमा बढेको छ भनेर भन्न मिल्दैन ।  

तालिका १० : अदालतमा मगर न्यायाधिशको प्रतिनिधित्व

 

कार्रयालय

संख्या

सर्बोच्च अदालत

जिल्ला अदालत

                                       श्रोत : न्यायिक क्षेत्रमा कार्यरत मगरहरु संगको अन्तरक्रिया

वि.सं. २०७० – २०७१ सालमा सर्बोच्च अदालतमा एक जना पनि मगर न्यााधिशको सहभागिता देखिदैन । जिल्ला अदालतमा १ जना सम्म मगर न्यायाधिश सेवारत रहेका छन् । सुरक्षा सेवाहरुका उच्च पदहरुमा मगर जन शक्ति तुलनात्मक रुपमा कमै देखिन्छ । नेपाली सेनामा आज सम्म एक जना पनि मगर प्रधानसेनापति नियुत्त भएको सुनिएको छैन । नेपालका बिभिन्न विश्वविद्यालयहरुका उपकुलपतिको पदमा  मगर प्राध्यापकहरुको पहुँच देखिएको छैन । अहिले सम्म जम्मा एक जना मगर विद्वान उपकुलपति पदबाट प्राध्यापकको रुपमा सेवारत छन् । विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरुमा २-३ जना प्राध्यापक, २-३ जना सहप्राध्यापक तथा अन्य उपप्राध्यापकको रुपमा मगर विद्वत वर्ग कार्यरत रहेको अनुमान गरिएको छ । क्याम्पस प्रमुखको रुपमा २-३ जना मगर विद्वान कार्यरत रहेको भेटिन्छ । सरकारी-गैरसरकारी शैक्षिक संस्थानका निर्देशक तथा अध्यक्ष पदमा मगर विद्वत वर्गको रहभागिता शुन्य रहेको छ ।

कुटनितिज्ञ, संबैधानिक आयोग तथा सरकारी बित्तीय संस्थानहरुका उच्च पदहरुमा मगर जनजातिको प्रतिनिधित्व देखिदैन । यसरी मुल्याङ्कन गर्दा राज्यका प्रशासनिक वा निजामति, न्यायपालिका, कार्यपालिका, आयोग, सुरक्षा कुटनितिज्ञ, संस्थान, प्राज्ञिक तथा शैक्षिक क्षेत्र समेतमा मगरहरुको संख्या औंलामा गन्न सकिन्छ । राजनितिक क्षेत्रमा माओबादी दल बाहेक अन्य कुनै राजनैतिक दलमा मगर हस्ति भेटिदैनन् । कुनै पनि राजनैतिक दलमा राष्ट्रिय नेताको रुपमा मगर जनजातिको व्यक्तित्व हाल सम्म चर्चित भएको पाइदैन । राजनैतिक दलको कार्यकर्ताको रुपमा हरेक राष्ट्रिय राजनैतिक दलमा मगर जनजातिको सहभागिताको तथा सक्रियता अरु जाति र जनजाति भन्दा बढी देखिन्छ ।

सारांश :

(क) उच्च शिक्षा

(१) मगर समाजमा साक्षरता तथा आधारभुत शिक्षा (आठ कक्षा) पास गरेका मगर विद्यार्थीहरुको संख्या प्रतिशतमा राष्ट्रिय स्तर भन्दा बढी वा माथि देखिन्छ । सो अनुपातमा उच्च माध्यामिक (सेकेन्डरी लेभल प्लस टु पास गरेका) तथा वि.ए. पास (उच्च शिक्षा) युवा मगरहरुको संख्या प्रतिशत ज्यादै कम रहको तथ्याङ्कले सङ्केत गर्दछ । मगर विद्यार्थीहरु आठ कक्षा पास गरे पछि पढाई छाडेर लाहुरे बन्ने, बैदेशिक रोजगारमा जाने तथा साना तिना व्यापार वा आय आर्जनका काम गर्ने प्रवृत्तीबाट ग्रस्त रहेको देखिन्छ । लाहुरे बन्ने संस्कृतिले गर्दा उच्च शिक्षा प्रति मगर युवाहरुमा अभिरुचि देखिदैन ।

(२) केहि जेहनदार तथा प्रतिभाशाली मगर युवा विद्यार्थी आर्थिक कमजोडी तथा घरायासी कारणले गर्दा उच्च शिक्षा बाट पलायन हुन बाध्य भएको पाइन्छ ।  

(३) मगर समाज, मगर अभिभावक तथा मगर संघ संस्थाहरुले मगर जनशक्तिलाई प्रशिक्षित गर्न मगर युवाहरुमा उच्च शिक्षा प्रति अभिरुचि जगाउन कुनै प्रयास गरेको देखिदैन । कुनै किसिमको उत्प्रेरणा तथा प्रोत्साहन प्रदान गरेको पाइदैन ।

(४) युवा मगरहरुलाई उच्च शिक्षा, प्राविधिक शिक्षा, व्यवसायिक शिक्षा, अध्ययन गर्न गराउन मगर समाज, अभिभावक तथा मगर संघ संस्थाहरुले आर्थिक लगानीको प्रावधान गरेको देखिदैन ।  

(ख) राज्यको प्रशासनिक संयन्त्र

(५) राज्यको सम्पुर्ण प्रशासनिक संयन्त्र वा निजामति सेवाको बागडोर उच्च जातिको पकडमा रहेको छ । यसमा मगर जनजाति र अन्य आदिबासी जनजातिको कुनै सहभागिता छैन । यस्तो अवश्थामा मुलुकको प्रजातान्त्रिक र गणतान्त्रिक अभ्यासलाई सफल तथा प्रभावकारी बनाउन सकिदैन ।  

(६) नेपाली समाज र राज्यको मुल धारामा सबै जात जाति र जनजाति नागरिकहरुलाई बिना भेदभाव समावेश गरे पछि मुलुकको सन्तुलित बिकास र प्रगति प्रभावकारी हुन सक्दछ भन्ने सामान्य मान्यता हो । सो अनुरुप राज्यको प्रशासनिक संयन्त्र तथा निजामति सेवामा मगर तथा अन्य जनजाति तथा दलितहरुलाई सहभागि गराउन आरक्षणको नितिलाई अझ उदार बनाउनु पर्ने हुन्छ ।

(७) लोकसेवा आयोग द्वारा सञ्चालित परीक्षाका पाठ्यक्रम विशेष गरी उच्च जातिको अनुकुल रहेको छ । सो पाठ्यक्रममा आवश्यक सुधार ल्याएर जनजातिका परीक्षार्थीहरु समेतका लागि उपयुक्त हुन सक्ने पाठ्यक्रम तयार पार्नुपर्ने हुन्छ ।

सुझावहरु :

(१) मगर युवाहरुमा उच्च शिक्षा, प्राविधिक शिक्षा र व्यवसायिक शिक्षा प्रति अभिरुचि जगाउन अभिप्रेरणा तथा प्रोत्साहन प्रदान गर्न गराउन नियमित रुपले अन्तरक्रिया सञ्चालन गर्नु गराउनु पर्ने आवश्यक छ । सो अन्तरक्रियामा मगर युवा, विद्यार्थी, अभिभावक, मगर संघ संस्था तथा मगर बुद्धिजिवीहरुको सक्रिय सहभागिता हुनुपर्दछ ।

(२) जेहनदार तथा प्रतिभाशाली मगर विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न मगर समाज तथा, मगर अभिभावक तथा मगर संघ संस्थाहरुले आर्थिक लगानी गर्नु गराउनु अत्यन्त आवश्यक छ । यसै क्रमबाट मगर जनजातिको जनशक्ति तयार पार्न सकिन्छ ।

(३) लोक सेवा आयोग तथा विभिन्न संस्थानहरुद्वारा सञ्चालन गरिने परीक्षाहरुमा सहभागि गराउन आवश्यक प्रशिक्षण तथा अनुशिक्षण प्रदान गरेर दक्ष प्रशिक्षार्थी वा जनशक्ति तयार गर्ने कार्यक्रम सञ्चालन गर्ने गराउने ।

सन्दर्भ ग्रन्थ :

शेर्पा पासाङ, २०६७, निजामति सेवा, आदिबासी जनजाति अङ्क ३, पृ. १२८,केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना, २०५८ र २०६८

(लेखक: मास्टर मित्रसेन स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %