प्रथम सहिद स्मृति एवं ३३औं मगर दिवशको सम्पूर्ण तयारी पुरा

Read Time:2 Minute, 46 Second

हेम थापामगर

२५ फेब्रुरी आबुधाबी- प्रथम सहिद लखन थापामगरको १३८ औं समृति एवं ३३औं मगर दिवश कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।

मलायली समाजम हल मुसफामा, आगामी २७ फेब्रुरी शुक्रवार २ बजेदेखि हुने प्रथम सहिद स्मृति एवं ३३ औं मगर दिवश कार्यक्रमका संयोजक संघका १८ मगरात प्रमुख एवं उपाध्यक्ष कैलाश “खाम” पुनमगरको अध्यक्षतामा २४ फेब्रुरी साँझ आबुधाबी मुरुररोडमा बसेको तैयारी समितिको अन्तिम  बैठकले उक्त जानकारी दिएको हो ।

कार्यक्रम तैयारी पुरा भैसकेको जानकारी दिदै संयोजक “खाम” पुनमगरले भने कार्यक्रम उद्घाटनको निम्ति युएईका लागि नेपाली राजदूतावासका महामहिम राजदूत धनन्जय झाज्यूलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा पठाईसकिएको छ भने, विशेष अतिथि र अतिथिको निम्ति विभिन्न संघसंस्था, समाजसेवी, भद्रभलादमी, बुद्दिजीवीहरुलाई पत्रचार भईसकेको  बताउदै अतिथि कलाकारहरु नेपालवाट आई सकेका छन |

कार्यक्रममा संघ एवं कार्यक्रमलाई ऐतिहासिकरुपमा सफल बनाउन उल्लेखनीय योगदान दिनुहुने मगर एवं कलाकारहरुलाई दीइने सम्मान-पत्र र प्रसंसा-पत्रको विशेष व्यवस्था भै सकेको, साथै अलेंन दुबई वाट आउनुहुने कार्यकर्ता, दर्शक र कलाकारको निम्ति आउनजान यातायातको व्यवस्था भै सकेको जानाकारी दिए ।

प्रचार-प्रसार र टिकेटिंगको प्रमुख जिम्मा पाएकी संघकी कोषाध्यक्ष प्रमिला थापामगरले कार्यक्रमलाई ऐतिहासिकरुपमा सम्पन्न कुनै कसर बाँकी नराखीको जिकिर गर्दै भनिन्, मुसफा, साविया, आइकाट र चाईनाकेमका लगभग नेपालीहरु बस्ने क्याम्प-क्याम्पमा पुरै प्रचार प्रसार गरिएको मात्र नभै, संघले लिखित रुपमानै भिभिन्न मिडिया मार्फत सम्पूर्ण युएईवासी नेपालीहरुलाई सादर निमन्त्रणा पठाई सकिएको हुँदा कार्यक्रम युएईको सवालमा अहिलेसमम्कै भव्य हुने विश्वास व्याक्त  गरीन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %