राज्यसत्ता ,
काठमाडौ , फाल्गुन १२ – राष्ट्रिय जनमुक्ति पार्टी र जनमुक्ति पार्टी नेपालबिच आज विधिवत रुपमा एकिकरण भएको छ ।
पहिचान सहितको संघीय गणतन्त्र राज्यका हरेक अंगमा जातिय जनसख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र बहुजातिय लोकतान्त्रिक समाजवाद जस्ता साझा मुद्दाको लागि वषौं देखि अनवरत संघर्ष गरिरहेका यी दुवै पार्टी विचको यो एकिकरण नेपाली राजनीतिको निम्ति एक महान ऐतिहासिक क्षण हो । देशमा जातिय र सम्प्रदायिक सद्भावको सृजना गरी मुलुकको सदियौं देखि चलिरहेको एकल जातिय राज्य संरचना तोड्ने यो एकिकरण प्रकृया एक शक्तिको रुपमा स्थापित हुने विश्वास गरिएको छ ।
साथै साझा मुद्दाको लागि अलग रुपमा लडिरहेको अन्य राजनीतिक शक्तिहरुको लागि पनि साझा उद्देश्यका लागि एउटै झन्डा मुनि गोलवन्ध हुने यो ऐतिहासिक घटना प्रेरणाको रुपमा हुने विश्वास पनि गरिएको छ ।
दुई पार्टीको एकिकरण पछि निम्न बमोजिमको जिम्मेवारीमा सहमति भएको छ ।
१) उपाध्यक्षमा : अटलमान राई
२) स्थायी समिति सदस्यहरुमा : विश्व आर्टिएस राई, रामकाजी राई र पृथ्वी बहादुर बेघा
३) संघीय परिषद् सदस्यहरुमा : कर्णविक्रम लिम्बु,मनकुमारी याक्खा,जगन किराँत,विष्णु सुब्बा,शोभा खजुम, श्याम मर्हजन,बेखाराय श्रेष्ठ, भक्त बहादुर पन्धाक,पूर्णबहादुर थाम्देन,कुमारधन तुलोचा राई,गेश कुमार राई
५) संघीय सभा सदस्यमा : श्रीमति लक्ष्मीदेवी तुलाधर, मञ्जु मल्ल र सानु थापा
६) प्रचार प्रशार विभागको सदस्यमा देवेन्द्र खापुङ्ग लिम्बु रहेका छन् ।
अन्य सदस्य तथा कार्यकर्ताहरुलाई पार्टीको विभिन्न जनसंगठन, राज्य परिषद्, जिल्ला कार्यसमिति, स्थानिय निकायहरुमा समायोजन गरिने पनि दुवैपक्ष विच सहमति भएको छ । दुबै पार्टीका अध्यक्षहरू एम.एस.(मालवर सि.) थापा राष्ट्रिय जनमुक्ति पार्टी र जनमुक्ति पार्टी, नेपालका अध्यक्ष अटलमान राईले संयूक्तरूपमा आज राजधानीमा भेला भइ प्रेस बिज्ञाप्ति जारी गरी एकिकृत भएको घोषणा गरेका छन ।