“नेपाली राजनीति र समाजमा खपाङ्गीको देन”नामक पुस्तक समिक्षा सम्पन्न ।

Read Time:5 Minute, 42 Second

गोरेबहादुर खपाङ्गी नेपालका  नेलशन मण्डेला, वक्ताहरु 

देब पचभैया ,

 

पाल्पा, फागनु १२ – हुम सुनारी मगरले लेख्नुभएको “नेपाली राजनिति र समाजमा खपाङ्गीको देन “बिषयक पुस्तक माथि पाल्पामा समिक्षा भएको छ । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पश्चिमाञ्चल समिति द्धारा मंगलबार तानसेनमा आयोजित समिक्षा कार्यक्रमका बक्ताहरुले गोरेबहादुर खपाङ्गी नेपालको नेलशन मण्डेला भएको भन्दै उनको बारेमा पुस्तक लेखेकोमा सुनारीलाई धन्यबाद दिएका छन् ।

  

  पाल्पा फोक्सिङ्गकोट १ माथिल्लो झोकेदीमा जन्मिनु भएका हुम सुनारीले आफुले कुनै राजनितिक सामिप्यता र आफ्नो फाईदाको लागी भन्दा पनि नेपाली राजनिति र समाजमा खपाङ्गीको उल्लेख्य देन भएकाले आफुले पुस्तक तयार पारेको बताउनुभयो ।

पुस्तकबाट संकलन भएको पैसा गरिब दुखीहरुको सहयोगको लागी ट्रस्ट मार्फत खर्च गर्ने जानकारी दिदै लेखक सुनारीले आफु बिदेशी भुमिमा दैनिक १० घण्टा मजदुरी गर्दा केही समय छुट्याएर पुस्तक तयार पारेको बताउनुभयो ।

  अन्र्तराष्ट्रिय आदीबासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक एबं आदिबासी जनजाति महासंघ साउदी अरबका अध्यक्ष समेत रहनुभएका सुनारीले साउदीमा आफुलाई दैनिक १० भन्दा बढी गरिब दिनदुखिहरुको सहयोगको लागी भन्दै अपिल आउने जानकारी दिदै  दर्जनौ गरिब नेपालीहरुको आफुहरुले सहयोग गरेर जिवन बचाएको बताउनुभयो ।

एक अरब बढी कोष खडागरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने आफुहरुको योजना रहेको  सुनारीले बताउदा पाल्पाका रानजैतिक दलहरुले ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष बसन्त घर्तीले नेपाल मगर संघका पुर्ब केन्द्रिय अध्यक्ष गोरेबहादुर खपाङ्गी दुर्घटनामा पर्दा नेपाल सरकारले खासै ध्यान नदिएको बताए ।

  पुर्ब मन्त्रि समेत रहनुभएका खपाङ्गीको उपचारमा करोडौ खर्च लाग्ने भएपनि ५ लाख मात्रै दिएको तर अन्य पार्टी र जातिका नेताहरु सामान्य बिरामी पर्दा पनि करोडौ खर्च गरेको उनको आरोप थियो ।

गोरे बहादुर  खपाङ्गीलाई काठमाण्डौमा एक मोटरसाईकलले ठक्कर दिएपछि उहा अहिले पनि उपचार पछि घरमै आराम गर्नुभएको छ । उहाको उपचारको लागी साउदी अरबमा रहने हुम सुनारीकै पहलमा बिदेशका बिभिन्न स्थानबाट १ करोड बढी सहयोग संकलन गरि सिंगापुरमा उपचार गरिएको थियो ।  

  पुस्तकको समिक्षा गर्दे अधिबक्ता केयरसिंग राना मगर र ईतिहासका जानकार एबं बुद्धिजिबि निर्मल श्रेष्ठले उत्पिडित जातीको आवाज बुलन्द गर्दे तत्कालिन शासकको बिरुद्धमा लाग्नु भएका गोरेबहादुर खपाङ्गीले नेपाली राजनिति र समाजमा महत्वपुर्ण योग दान पुर्याएको बताए । समाज परिबर्तनको लागी स्वच्छ मनले हिडेका खपाङ्गीलाई अहिले पनि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिदै निस्वार्थ भावनाका साथ आम नेपाली जनताले पनि उहालाई सहयोग गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

पुस्तक समिक्षा कार्यक्रममा प्रगतिशिल लाङ्गघाली युवा कलब झोकेदीका अध्यक्ष चेत सुनारी, आदिबासी जनजाति महासंघ पाल्पाका अध्यक्ष त्रिरत्न लाल शाक्य, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष टेक नारायण भट्राई, नेकपा एकिकृत पाल्पाका अध्यक्ष नबिन थापा, अखण्ड पार्टीका जिल्ला अध्यक्ष दिनेश रावल, राष्ट्रिय जनमुक्ति पार्टीका टोपबहादुर थापा, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुवर, नेकपा एमाले पाल्पाका सचिब ओम घर्ती , नेपाली काग्रेस पाल्पाका सभापति बिरबहादुर राना लगाएतले बोलेका थिए ।

काठमाण्डौमा ३ दिन “नेपाली राजनीति र समाजमा खपाङ्गीको देन” विमोचन अघि सुनारीको पुस्तकको उपसभामुख ओनसरी घर्तीले गरेका थिए । नेपाल आदिबासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक देब पचभैयाको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %