सपना लुटने शहर (कथा)

Read Time:16 Minute, 36 Second

निश्चल काउचा 

 

देशको दिननादिन बिग्रदो राजनीतिक स्थितिले म पनि मुग्लान भासिने भए त्यो मेरो रहर भन्दा पनि बाध्यता थियो । अन्तत मेरो माटो मेरो भुगोल छोडेर जाने दिन आई पुग्यो । बिहान ८ बजे नेपाल एयरलाईनबाट हङ्कङसम्मको उडान थियो । त्यति नै बेला नेपाल एयरलाईनमा मुसा पसेको हल्लाखल्ला निकै मच्चिएको थियो । जुन बिमानमा हाम्रो उडान थियो । त्यहि बिमानमा मुसा पसेको थियो । केही घण्टाको डिले पछि मुसा पक्री सकेको भन्दै त्यो बिमानले उडान भर्यो । हामी सकुशल हङ्कङ त झर्यौ । हाम्रो ८ घण्टाको ट्रान्जिट थियो । त्यस पछि कोरियन एयरबाट कोरिया पुग्नु थियो । हङकङ एयरपोर्टमा बस्दा बस्दै नेपाल एयर लाइनमा मुसा पनि संगै उडेर हङ्कङ आईपुगेको रहेछ । बल्ल हङ्कङमा मुसा समातिएछ । समाचार सुनेर मन स्तब्ध भयो ।

मन मनै भगवानलाई धन्यवाद दिई रहे म नास्तिक मान्छे कहिलेकाही आस्तिक बन्न वाध्य हुन पर्दो रहेछ । सायद सगरमाथाको शिर नाघेर पराई भुमीमा पाइला टेके पछि मन बदलिदो रहेछ क्यार १ गह्रौ मन लिएर कोरियन एयरको ३ घन्टे आकासे यात्रामा लाग्छु । कोरियाको भुमी टेक्दा बिहानी कलिलो घामको किरणले स्वागत गरिरहेको हुन्छ ।  एयरपोर्ट मुटु कमाउने चिसो स्याठ चलिरहेको हुन्छ् । नेपालमा चैतको उखरमाउलो गर्मी त्यस माथि काठमाण्डौको धुवा,धुलो यता कोरियामा अझै मुटु कमाउने जाडो बाँकी नै रहेछ । एयरपोर्ट बाहिर ट्रेनिङ सेन्टरसम्म लाने गाडी खडा थियो । बसमा चढि लागियो ट्रेनिङ सेन्टरतिर बस समुन्द्रको किनारै किनार गुददा समुन्द्र नभएको देशको मनुख्य म जिन्दगीमा पहिलो पल्ट समुन्द्र देख्दा अनौठो अनुभुती हुदो रहेछ ।

चौडा फराकिला बाटा पहाड मुनि सुरुङ मार्ग १५०र६० स्पीडमा गुदिरहेका गाडीहरू गगन चुम्बी भवनहरू मन त्यसै- त्यसै रोमाञ्चित अस्वभाविक थिएन । तीन दिनको ट्रेनिङ पछि बिहानको खाना खाए पछि कम्पनीको साहु लिन आई पुग्यो । अब जानु थियो ४ बर्ष १० महिनाको आफ्नो कर्म थलोमा बगाउनु थियो तातो रगत र पसिना साट्नु थियो पैसासँग । २ घण्टाको सफर पछि पुगियो जंगलको छेउमा रहेको कर्म थलोमा जहाँ ठुला-थुला आवाज निकाल्दै मेशिन चलिरहेका थिए । युद्धस्तर काम गरिरहेका थिए लोकल मान्छेहरू र भेयतनामी, श्रीलङ्काली र उजुकेस्तानीहरू अब म पनि त्यसरी नै लडनु थियो चौबिस घण्टा चल्ने मेशिनहरूसँग ।

बेलुकीको खाना खान बोलाईयो । नेपालमा भाषा सिकेर आएको भए पनि पटक्कै लोकल लवाजसँग नमिल्ने हुँदा कुरा भुझ्न नै कठिन । किम्चिचिगेको अमिलो झोलसँग भात खानु पर्ने सुरुमा चपस्टिक चलाउन नजानेर उस्तै हैरान ।  कम्पनीमा काम त शुरु गरियो । एक हप्ता दिनमा एक हप्ता राती गर्नु पर्ने न खानाको मेसो मिल्ने न सुताईको मेसो मिल्ने सुरु सुरुमा काम नजानेर कोरियनको गाली उस्तै खानु पर्ने कहिलेकाही भात खादा तेरो देशमा भात छ भनेर् सोध्दा त त्यहि खान लागेको भातले मुखैमा हिर्काई दिउ जस्तो लाग्ने कुनै सुनेको थिए बिदेश भनेको महात्मा गान्धीको अर्को नाम हो भनेर् साचो रहेछ ।

कुनै दिन् तिमीहरूको देशमा भोकमरी लाग्दा हामीले पनि चामल दिएको बिर्सियौ भनुकी झै लाग्थ्यो । बिदेशी भूमिमा जागिर खान त आईयो । जागिर पनि नखाउ भने दिन भरिको सिकार खाउ भने कान्छो भाउको अनुहार जस्तै । क्रमस दिनहरु बित्दै थिए । छुट्टीको दिनमा सोलतिर जाने साथीभाई भेटेर मनको बह पोख्दा मन हलुङ्गो हुन्थ्यो । आईतवारको दिनमा सोल जान भनेर् बस स्टपमा गाडी पर्खी बसेको बेला बुटवलको दाइसँग भेट भो । दाईको घर कतानी? ए मेरो त बुटवल हो नी भाई, भाइको कहा नी ? दाइको सोधाई थियो मेरो बाग्लुङु छोटो उत्तर दिए ।

कुराकानीकै शिलशिलामा थाहा भो १० बर्ष अघि मुनड्रप्स ओभरसिजबाट कोरिया आएर एतै ईलिगल बसेको १० बर्षको पैसाले बुटवलमा घडेरी किनेर दुई तलाको घर बनाउन मात्र सकियो अब छोराछोरीले कलेज पदने बेला भयो अझै ५र७ बर्ष बसेर नेपाल फर्कने सोचाई रहेछ दाईको । पहाड घर त पाल्पा पो रे । कुरा गर्दा गर्दै सोल पुगियो । दाई आफ्नो गन्तब्यतिर म आफनै गन्तव्यतिर लागे । त्यसको ठीक २ महिना पछि एक नेपाली काम गर्दा गर्दै मेशिनले च्यापिएर मरे भन्ने न्युज आयो । हेर्छु उही चेहरा छ । उही नाम छ । उही ठेगना छ । बरै मान्छेको मरण आज होकि भोलि कसलाई थाहा हुन्छ र ?

जसो तसो दिनहरू काटिरहेका थिए । समयचक्रसंगै आफ्नै आयु घटेको चाहि मान्छेलाई हेक्का नहुदो रहेछ । केवल दिन , हप्ता , महिना र बर्ष बितेको मात्र गन्दो  रहेछ् ।  अगस्तको मध्य महिना कोरियामा ८१ बर्ष पछिको सबै भन्दा बदी गर्मी यसपाली बदेको रे । कोरियनहरू भन्थे ग्लोबल वार्मिङको कारणले यस्तो भएको ।  आईतबार बिदाको दिन साथी अर्को हप्ता घर जादैछ । ६ महिना अघि देखी घरबाट अर्डर आएको थियो ।

कोही आउने मान्छे पाए ग्यालेक्सी एस फोर र आई फोन पाँच पठाई दे है । घर परिवारले पनि बिदेशमा त पैसा बोट छ जस्तो गर्छन । दिन – रात नभनी १२र १४ घण्टा काम गर्नु पर्छ् । घरकालाई भने आई फोन छ  र ग्यालेक्सी नोट चार चाहियो रे । मनमा यस्तै कुरा खेलाउदै ट्याक्सी चढेर  बस स्टपसम्म पुगे । टिकट लिए पछि उखरमाउलो गर्मीमा बस स्टप छेउमा बस आउने प्रतिक्षामा थिए । टिकट लेखे अनुसार बस अझै १० मिनट बाँकी थियो । कोरिएन युवतीका छोटो पहिरहन हेर्दै मन बहलाई रहेको थिए ।

बस आयो सबै बसमा चदयौ र आफ्नो आफ्नो सिटमा बस्यौ । मेरो सिट झ्यालपट्टि थियो । म ठचक्क बसे र ए सीको चिसो हावा आफूतिर फर्काए । मेरो छेउको सिटमा अलि भद्दा किसिम पहिरहन लगाएकी युवती मेरो छेउको सिटमा बसि ड्राईभरको सिट छेउको घडीले बिहानको १० बजेर २ गएको सङ्केत गर्दै थियो । तर मेरो छेउमा बसेको युवतीको मुहारमा बाह्र बजेको थियो । त्यति नै बेला मेरो मोबाईलको घन्टी बज्यो । गोजीबाट निकालेर रिसिभ गरे ।

हेल्लो कहाँ आई पुगिस त ?

मैले जवाफ दिए – बल्ल बस चदेको यार उताबाट आवाज आयो ल-ल छिटो आईज मैले ओके-ओके भन्दै राखी दिए । छेउमा बसेको युवतीको मुहार केही चमक आयो । उनले मतिर फर्किदै भनिन । हजुर नेपाली हो ? मैले हजुर  भने १ अनि मैले सोधे  हजुर पनि नेपाली पो  अनि  कहाँसम्म जान लाग्नु भएको नी ? सुस्त स्वरमा जवाफ आयो । सोलसम्म , हजुर नी?म पनि उतै हो ।

त्यति बेलासम्म गाडी गुदेर अर्को स्टेसन आएको सूचना दिदै थियो । कति भयो? कोरिया भएको ? उनले सुस्क स्वरमा भनिन ।   आज ठयाक्कै ६ महिना ३ दिन भयो।ईपिएसबाट आउनु भएको हो ? उनले गला अबरुद्ध पार्दै भनिन । होईन एफ२ भीसामा हो । मैले बुझी हाले उनी कोरियन नागरिकसँग विवाह गरेर आएकी रहिछिन । यस्तै थुप्रै नेपाली चेलीहरूका कथा ब्यथाहरू सुनेको र देखेको थिए । ६० बर्ष भन्दा बदिका बुढाहरूले २० देखि ३० बर्षका युवतीहरू भिबिन्न देशबाट कोरियन नागरिकले बिवाह गरेको प्रपन्च रच्दै दासी बनाउन कोरिया भित्र्याउछन । प्राय गरीब देशबाट बिवाह गरेर आउने युवतीहरूका मुख्य उदेश्य पैसा कमाउनु भए पनि कोरियन नागरिकसँग बिवाह गरेर आए पछि नारकिय जीवन् बिताउन वाध्य हुन्छन् । कतिले त आत्महत्या बाटो समेत रोज्दछन ।

मैले झोलाबाट पानी निकाल्दै भने पानी पिउनु हुन्छ ? उनी केही नबोली मतिर हात बदाउदै पानीको बोतल लिईन र घुटु-घुटु पिउन थालिन । उनको पियाई देख्दा बर्षौको प्यास मेटाए जस्तो आभाष प्रतिक हुन्थ्यो । उनको झोलामा फोनको रिङ्ग बज्यो । पुरानो मोडेलको फोन उठाउदै  हेल्लो  दाई म गाडीमा छुु। आउँदै छु दाई भन्दै फोन राखिन । दाईलाई भेट्न हिडनु भएको ? मैले प्रश्न तेर्साए । उनले सटिक उत्तर दिईन ।हजु ?  म एक्छिन चुपचाप बसे । गाऊकै दाई हो। अर्को महिना घर जादै हुनुहुन्छ के  । उनले मतिर फर्किदै भनिन । मैले  ए हजुर भने ।  हजुरको घर कहाँ नी ? मैले सोधे । म्याग्दी हो । ए हो र? मेरो पनि बाग्लुङ हो नी मैले भने ।  ए हो र ? उनले उत्सुकता प्रकट गरिन ।

हजुरको शुभनाम ?  मैले सोधे । सिता पुनु उनले भनिन ।  मैले पनि २०११ को ईपीएस परिक्षा दिएको फेल भए । डिप्लो पनि पददै थिए । गाउकै एक जना दाईले कोरियनसँग बिवाह गरेर गए पनि राम्रो हुन्छ । बिवाह त कोरिया पुग्नसम्म मात्र हो । कोरिया पुगे पछि त आफ्नो-आफ्नो बाटो समाउने हो । तिमीले कोरियाको पिआर पनि पाउछौ भन्नु भयो । घरमा सल्लाह गरे आमा, बुवाले मान्दै मान्नु भएन । म आफै जबर्जस्ती आएको यस्तो दु:ख पाउन लेखेको रैछु उनको आँखा रसाई रहेको थियो । उनले ब्यागबाट टिस्यु सिकेर आसु पुछिन ।

 आउँदा त सबै कुरा दलालले मिलाई दिन्छन रे नी है ? मैले सोधे । हो । मलाई काठमाण्डु बोलाए । सबैले दलालले सेट मिलाएका हुँदा रहेछन । म्यारिज ब्युरोका दलालहरूले अदालती बिवाह गरि दिए । आफू भन्दा तीन गुणा बदिको बुढासंगै बिवाह गर्न मनमा कस्तो(कस्तो लागेको थियो । पाँच लाख पनि दलाललाई बुझाए। बिवाह गरेको साझ ठमेलको कोरियन रेस्टुरेन्टमा गएर कोरियन खाना खाएका थियौ। उनले एकै सासमा भनिन ।

यति बेलासम्म गाडी हान नदीको किनारै किनार गुडीरहेको थियो । हान नदी जुन मन्द गतिको बगीरहेको थियो । उनको कुराले मेरो मनमा ज्वारभाटा उठीरहेको थियो । बस सोल स्टेसनमा पुगी सकेको थियो । हामी झर्यौ । उनको दाईले पर्खी रहनु भएको रहेछ् । हामीसंगै ट्रेन स्टेसनतिर लागेउ । केही छिनको पर्खाई पछि हामी ट्रेन चदेउ । कोरिया सानो देश जनसङ्या बदि भएको देश गर्मी महिनामा कोरियन युवतीको पहिरहन हेर्न लायक हुन्छ ।

ट्रेन यात्राकै क्रममा भेटिए झापाका मिलन राई एग्रिकल्चरमा आएका रहेछन ।  कस्तो छ त कामदाम ? मैले सोधे । उनले अध्यारो अनुहार बनाउदै भने -खत्तम छ नी हौ । महिनामा एक दिन मात्र छुट्टी हुन्छ । बिहान उज्यालो हुँदा देखि बेलुकी अध्यारो नहुदासम्म काम गर्नु पर्छु । आफै खाना पकाएर खानु पर्ने गर्मीमा फिनिल हाउसभित्र काम गर्न र जाडोमा हिउ पर्दा काम गर्न कम गाह्रो हुदैनी हौ।

म त अब भागेर काम गर्ने सोचाई बनाएको छू नी हौ। अर्को स्टेसनमा भेटिए कास्कीका रुद्र शर्मा स्नातक तह पुरा गरेका रुद्रले सुनाए । नेपालमा डिग्रीको सर्टिफिकेटले जागिर नपाईदो रहेछ । जहाँ पनि सोर्स-फोर्स , नातावाद ,कृपावाद चल्छ । आफ्नो चिनेजानेको कोई छैन। कोरिया आईयो । ग्रेन्डिङ हानिन्छ डे-नाईट । डिग्रीको के कामु ?

उनको अनुहारमा कालो बादल छायो । मेरो झर्ने स्टेसन आई पुगिसकेको थियो । सबै जनालाई बाई-बाई  फेरी भेटौँला भन्दै झरे । रुद्रको कुराले मेरो मन चिसो बनाई रह्यो । मनमा कुरा खेली रह्यो । नेपालको शिक्षा नै ब्यवहारिक छैन । राजा महाराजाको ईतिहास पढेर के काम ? कृषि प्रदान देश रे खेती कसरी गर्ने भनेर पो सिकाउनु पर्छ । नेपालको शिक्षा प्रणालीको काम छैन ।

गाऊ घरका खेत-बारी बाझीदैछ । सबै युवा बिदेश भसिदै छन । यति बेलासम्म म मोबाईल पसलमा पुगी सकेको हुन्छु । मोबाईल किनेर साथीको हातमा थमाएर कम्पनी फर्किन्छु । फेरी भोलि देखि जोतिनु थियो । खोई हामी नेपाली अझै कहिलेसम्म अर्काको पराई भुमीमा यसरी जोतिनु पर्ने हो ?

त्यसको ठीक २ हप्ता पछी न्युज आयो । कोरियन नागरिकसँग बिवाह गरेर आएकी नेपाली चेलीले आत्महत्या गरिन । उही तस्बिर उही नाम ।।।।।।

मेरो कानमा उही आवाज गुन्झियो । कोरिया आएको आज ठयाक्कै ६ महिना ३ दिन भयो उनीको मुहार मेरो आँखा भरि सिनेमाको दृश्य सरि घुमिरयो खै यो बिरानो शहरले कति जनाको सपना लुटयो र अझै कति जनाको लुटने हो ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %