मिस मगर हंगकंगको ताज पुजाले चुमिन

Read Time:2 Minute, 40 Second

  २२ फेव्रवरी हंगकंग, मगर संघ हंगकंगको आयोजना ३३ औं मगर दिवस याउ मा तेई कम्युनिटी हलमा सम्पन्न भएको छ । विगत चार बर्षदेखि मगर संघ हंगकंगले मिस मगर हंगकंग छनौट गर्दै आइरहेको छ । यस बर्षको ताज पुजा राना मगरले चुम्न सफल भइन । पाँच जना प्रतियोगिहरुमा बेष्ट स्माइल दिक्षा श्रीस मगर, बेष्ट फिगर बविता थापा मगर, बेष्ट डे्स टिना पुन मगर, बेष्ट फोटो जेनिकको उपाधि रमिता थापा मगरले चुमिन । मगर बर्ष पुरुषमा जंग थापा मगर र मगर बर्ष महिलामा शिला राना मगरलाई सम्मान गरीएको थियो ।

  अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा बयोबृद्ध विष्णु कुमारी पुन मगरले प्रमुख आतिथ्य ग्रहण गरेकी थिइन । आदिवासी जनजाति महासंघका अध्यक्ष एम बि थापा मगर, एन आर एन मकाउका अध्यक्ष सुर्दशन थापा मगर, हंगकंग नेपाली महासंघका हंर्क राना मगर, हंगकंग महिला संघकी अध्यक्ष टिका गुरुङले विशेष आतिथ्य ग्रहण गरेकी थिइन । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आतिथ्य ग्रहण गरेका थिए । सचिब सुमन थापा मगरले स्वागत मन्तब्य दिएका थिए । महासचिब बोध विक्रम थापा मगरले औपचारीक कार्यक्रम सञ्चालन गरेका थिए ।

  आजिवन सदस्यहरुलाई ताम्रपत्र प्रदान गरी खादा पहिराएर सम्मान गरीएको थियो । मिस मगर छनौटको साथमा प्रत्यक्ष खैजडी बजाएर कौरा नाच, पुन मगर समाजले पुर्खैउली नाच, पञ्चै बाजा लगायत बिबिध सांस्कृति कार्यक्रम प्रस्तुत गरीएको थियो ।

  गायक तथा प्रतिविम्ब चलचित्रका नायक मधशुधन थापा मगर र मिस मगर २०१४ अञ्जना पुन मगरले मिस मगर कार्यक्रम सञ्चालन गरेका थिए । निर्णायक मञ्डलमा बसन्त श्रीनेट मगरको संयोजकत्वमा इन्द्र एल जी मगर र योग माया थापा मगर रहेका थिए । 

फोटोहरू :मगर संघ हंगकंगको तेत्तिसैां मगर दिवस तथा मिस मगर छनैांट कार्यक्रम

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %