एनआरएन युके को साधरण सभा विबादले स्थगित

Read Time:8 Minute, 24 Second

 रोशन मेवाहाङग

 

लण्डन- गत शनिबार युकेको अल्डरसटस्थित कनट स्कुलको सभाहलमा एनआरएन आई सीसीको निर्देशनमा आयोजना भएको बेलायत एनआरएनको विशेष साधारण सभा स्थगित भएको छ ।

प्रमुख अथिती बेलायतका निमित्त कार्यबहाक राजदुत तेजबहादुर क्षेत्री,विशेष अतिथि, आई सीसी महासचिब कुमार पन्त र युरोप संयोजक अर्जु नकुमार श्रेष्ठको सयुक्त बाहुलीबाट दिप प्रज्वलन गरी औपचारिक रुपमा विशेष सभा उद्घाटन भएको कार्यक्रम सस्थाका अध्यक्ष योगेन्दबहादुर क्षेत्रीको अध्यक्ष्यतामा महासचिब योगेन्द्र फगामी र संगिता मरहट्ठाले कार्यक्रम संन्चालन गरेका थिए ।

करिब १८ महिना अगाडी केन्द्रिय एनआरएनको निति, विधान  र श्वयम बेलायत  एनआरएनको विधान अनुसार तत्कालीन अध्यक्ष कुल आर्चयको कार्य समितिले बैधानिक हिसाबले एनआरएन केन्द्रको उपस्थितीमा अधिवेशन गराई एनआरएन बेलायतको नया नेतृत्व योगेन्द्र बहादु क्षेत्री र उस्को कार्यसमितीलाई चयन गरेको थियो । तत्कालीन अध्यक्ष कुल आचार्यकै पालादेखी अध्यक्षको दाबेदार बन्दै आएका तत्कालीन उपाध्यक्ष महेन्द्र कडेलले चुनाब जित्ने सुनिस्चित नदेखिए पछि आँफैले  बनाएको सदस्यता निर्बाचन समितिमा दर्ता नगराई आफैले बोकेर लगि अबिधेशनबाट भाग्दै आफ्नो समुह निर्माण गरी अर्काे अबैधानिक कार्यसमिती खडा गराएका थिए । त्यहि समयबाट एनआरएन बेलायत दुर्इृधारमा ध्रुविक्रित हुदै विवादको बृक्षारोपन भएको थियो । विवादको अन्त्य गर्न एनआरएन केन्द्रले पनि छानविन समिति बनाई तत्कालीन कुल आचार्यको समितिले गराएको निर्वाचनबाट आएको योगेन्द्र बहादुर क्षेत्रीको समितिलाई आधिकारिता दिएको थियो । जुन विधानत छानिएको समिति थियो ।

तर दुरभाग्यबस केन्द्रको ढुलमुले नितीको कारणले फेरि विधानलाई बेबस्ता गदै एनआरएनलाई आफ्नो निजि सम्झने सिमित ब्यक्तीहरुले सम्पुर्ण बेलायतबासी एनआरएनका सदस्यहरु र एनआरएन प्रेमि नेपालीहरुको भावनालाई सिङ्गो विधानलाई वेवस्ता गदै चक्रिय प्रणालीमा एनआरएन चलाउने सहमती गरियो । त्यहि सहमतिलाई कार्यन्वयन गर्नका निमित्त साधारण सभा पनि आवहान गरियो । यस विवादलाई पुर्ण विराम गर्ने अपेक्षा  सहित बोलाईएको साधारण सभा  खुल्लासत्र हुदै बन्दसत्रमा पुग्दा राति १० बजे सम्म पनि टुङ्गो नलागेपछि कार्यक्रम स्थगितकोे घोषणा गर्न आयोजक कमिटी बाध्य भएका थिए ।

खुल्लासत्रमा बेलायतका निमित्त कार्यवहाक राजदुत तेजबहादुर क्षेत्री, एनआरएन केन्द्रका महासचिब कुमार पन्त लगायत एनआरएन बेलायतका पुर्व नेतृत्वहरुले मन्तव्य राखेका थिए । अधिकांश एनआरएनका जिम्मेवार बक्ताहरुले एनआरएन बेलायतमा भएका विवादलाई अन्त्य गर्न सकेनौ भने आप्रबासी नेपाली समाज विभाजीतको दिशातिर जाने सम्भावना देखाउदै यसै विशेष साधारण सभा मार्फत एनआरएनको विधानलाई नकुल्ची साधरण सभामा उपस्थित सम्पुर्ण सदस्यहरुको सहिमाग र सल्लासुझाबलार्ई मध्यनजर गर्दै  विवादको अन्त्य गर्ने प्रतिबदता जाहेर गरेका थिए ।

बन्दसत्रमा सतप्रतिसत सदस्यहरुले आफ्नो भनाई राख्दै गर्दा दुईवटा धुर्वमा १८ महिना अगाडी पाचौ एनआरएन बेलायतको महाधिबेशन बाट विभाजित भएका बेलायत एनआरएनको सन्दर्भमा धेरै सत्यतथ्य कुराहरु खुलासा भएको थियो । संस्थाको आर्थिक अनीयमिता कुरा देखि नेतृत्वको तानासाही र निरंकुश प्रवितीको साथ केहि अवसरबादी ब्यक्तीहरुको हाविमुहालीको कारणले एनआरएन बेलायत सबैको साझा हुन नसकेको सिमीत ब्यक्ती र वर्गको पोल्टाभित्र मात्र राखिएको र अझै पनि राख्न खोजिएको र उनिहरुको मनोपोलीमा आफ्नो महत्वकांक्षाले जन्माएको अबैधानिक एनआरएन महेन्द्र कडेललाई बैधानिक प्रकृयाको अन्त्यगरी जिम्मेवारीमा ल्याउन खोजीएको जस्ता कुराहरुको चर्को विरोध भएको थियो ।

उक्त बन्दसत्रमा नेपाली युवा समुह बेलायतका तर्फबाट प्रतिनिधित्व गरेका रिचड गुरुङ्गले विधान मुताबिक यस सस्था बेलायत एनआरएनलाई अगाडी बढाउनु पर्छ, विधानलाई कुल्चेर चक्रीय प्रणालीमा जानु हुर्दैन । सतप्रतिसत उपस्थित सदस्यहरुको भावनालाई र बास्तविकतालाई कुल्चेर एनआरएन बेलायत विवादरहित बन्न सक्दैन । यसले विवादको निराकरण र अन्त्य हैन झन बढ्दो रुप र विवादलाई चरम शिखरमा पुर्‍याउँछ ।

यसरी नै अर्का बक्ता एनआरएनका सल्लाहकार मास्टर राष्ट राईले एनआरएन बेलायतलाई विवादबाट मुक्त गराउन बेलायतमा रहेका हरेक वर्ग हरेक लिङ्ग जातजाती, धर्म संस्कृती र बुढापाका देखी लिएर युवाहरुको भावना र एनआरएन प्रतिको सकारात्मक सोचलाई कुल्चेर यो सस्था कहिले अगाडी बड्न सक्दैन र आई सीसीको हरेक विधानविपरीतको निणर्य र निर्देशनलाई हामीले स्विकार गर्नै पर्छ भन्ने छैन भन्ने आवहान गर्नु भएको थियो । अर्काबक्ता कुमारी गुरुङ्गले आर्थिक पक्षमा पारादर्शी नभएको कुरा र साधारण सभा बोलाएर उपस्थित सम्पुर्ण सदस्यहरुको आफ्नो हक, अधिकारलाई बन्चित गरिएकोमा घोर आपति जाहेर गरेका थिए । आफ्नो भनाई राख्ने क्रममा सभा स्थिगित पछि र सभामा उपस्थित सदस्यहरु सभाहल छोडीसकेपछि अबैधानिक रुपमा समितिको गठन भएमा मान्यहुने छैन र जस्को फलस्वरुप अर्को एनआरएन युके तुरुन्तै खडा हुने चेतवानी धिरजराईले दिएका थिए भने कुमार  थापाले विधि र विधानमा एनआरएन बेलायत चल्न सकेना भने यस्को भविष्य दिर्घायु हुदैन भन्ने मनसाय राखेका थिए । यसका अतिरिक्त बक्ताहरुले एनआरएनले गरिरहेको अबैधानिक कृयाकलाप प्रति आपति जनाएका थिए ।

साधारण सभा स्थगित हुनमा तिनै सिमित ब्यक्तीहरुले एनआरएन बेलायतलाई आफुखुशी र आफुले चाहेको महेन्द्र कडेलले नेतृत्व गर्न नपाएको कारण हो भन्ने अधिकांश ब्यक्तीहरुले ठहर गर्नुका साथै स्पष्ट हुनमा आएको छ  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %