मनोज घर्तीमगर
पोखरा, फाल्गुन ११ – पठन संस्कृति फैलाउने उद्देश्य बोकेको र्यान्डम रिडर्स सोसाइटी अफ् नेपालले पाठकहरुको रोजाइमा ‘रिडर्स अवार्ड’ दिने सार्वजनिक गरेको छ ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार चलाउँदै आएको किताब वा विध्यामाथि र लेखकसँगको छलफल कार्यक्रमले ५० औं शृङखला पूरा गरेको उपलक्ष्यमा सोसाइटीले आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो । बर्षको उत्कृष्ट किताबलाई एक लाख रुपैयाँ राशिसहितको पुरस्कार दिन पाठकको मत लिइनेछ ।
पुरस्कार सञ्चालन गर्न गुठी स्थापना गर्ने गरी ७ लाख रुपैयाँ जम्मा गरिसकेको सोसाइटीका अध्यक्ष गनेस पौडेलले जानकारी दिए । उनले अनलाइनबाटै पाठकले पुरस्कृत गर्न लायक किताबमा मतदान गर्न सक्ने व्यवस्था गर्न लागेको बताए ।
अध्यक्ष पौडेलका अनुसार २०७२ वैशाखदेखि चैतभित्र प्रकाशित कृतिमध्ये पाठकले नै छानेका उत्कृष्ट किताबलाई २०७३ मा पुरस्कार दिइनेछ ।