कृष्ण सारू मगर
बहराईन , २२फेब्रुअवरी – मानमा राजधानी संगै रहेको जुफैर स्थित नेपाली दुतावास बहराईन ले ६५औँ प्रजातन्त्र दिवश मनाएको छ ।
आयोजित सो कार्यक्रमलाई का.बा.राजदुत महामहिम मणि प्रसाद भट्टराईले बहराईन स्थित समाजिक अवधारणा बोकी स्थापित संघ, संस्था, तथा राजनैतिकदलका भातृ संगठनहरू एवंम वरिष्ठ समाजसेवी बुद्धिजिविहरूको बिच सो कार्यक्रम गरेका हुन ।
कार्यक्रम संचालन दुतावासकै तृतिय सचिव ओम भन्डारीले गरेको थिए भने सो औपचारिक कार्यक्रममा राष्ट्रिय धुन संगै का.ब. राजदुत भट्टराईले शान्तिका द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको थिए ।
गत २० फेब्रुअवरी सुक्रबारका दिन समस्त नेपालीहरूको उपस्थितिमा भएको ६५औँ प्रजातन्त्र दिवसलाई संवोधन गर्दै राजदुत भट्टराईले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, स्वतन्त्र एवंम न्याय, अधिकार र मुक्तिका लागी देश र समाजलाई यहुती दिने महान शाहसी, वीर शहिदहरूको तस्विरलाई माल्यार्पण गरी ज्ञात अज्ञात शहिदहरू प्रति श्रदान्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरेका थिए ।