यस बर्षको ३३ औं मगर दिवस २२ फेब्रवरी २०१५ आईतबारको दिन हुने । दर्शक पाहुनाहरूको मनोरञ्जनलाई ध्यानमा राखी निशुल्क प्रबेशको ब्यवस्था ।
…………………………
सर्बप्रथम त हामी यहांहरू समक्ष क्षेमाप्राथी छौं। हङकङको समयानुकल हाम्रो बार्षिक कार्यतालिका अनुसार ३३ औं मगर दिवशू आगामी ०९ मार्च २०१५ मा भएपनि उक्त्त दिन हल उपलब्ध हुन नसकेको हुंदा हामी “सबै मगर एक हौं, हाम्रो भाषा र संस्कृती बचाई राखौं” भन्ने मुल नाराको साथ मगर संघ हङकङले यसबर्षको ३३ औं मगर दिवस आगामी २२ फेब्रवरी २०१५ आईतबारका दिन भब्य रूपमा सम्पन्न गर्न गैरहेको कुरा स्वदेश तथा बिदेशमा रहनुभएका नेपाली जनसमुदायहरू लगाएत हङकङबासी सम्पुर्ण आदरणिय जनसमुदायमा अवगत गराउन चाहन्छौं ।
कला र संस्कृतीका धनी मगर जातिहरू जहां रहे पनि एकताको एउटै शुत्र र माला भित्र उनिएर बस्ने गर्दछौं, आहा।।।।।।
बिगत कयौं बर्षदेखी निरन्तर रूपमा मनाउंदै र अपार सफलता प्राप्त गर्दै आईरहेको मगर दिवस यस बर्ष पनि मगर संघ हङकङले एक अत्यान्तै नौलो र पृथक प्रस्तुतिहरू लिएर आउंदैछ । कुरा सुन्दै पनि अत्यान्तै सकसक र कौतुहलता लाग्ने मगर संघ हङकङका त्यस्ता प्रस्तुतिहरू के के र कस्ता कस्ता होलान त ?
जुन यस प्रकार रहेका छन …………………………
१ः बर्षमगर पुरूष र बर्षमगर महिला छनौट तथा सम्मान ।
२ः मिस मगर हङकङ २०१५ प्रतियोगिता ।
३ः आजिवन सदस्यता ताम्रपत्र बितरण तथा सम्मान ।
४. हङकङको नेपाली समाजहरूमा कहिं कतै प्रर्दशन नभएको, जिब्रो नै टोक्ने खालका एक सनसनीपुर्ण जादु प्रदर्शन ।
५. मगर रोष गुमाष्ठाका कालाकारहरूबाट धमेकेदार नृत्य प्रस्तुत ।
६. पुन मगर समाज हङकङका आमा समुहहरूबाट कौडा र थाली नाचको प्रदर्शन ।
७. लाङ्घाली कल्याण समाजबाट हुर्रा नाच प्रस्तुत ।
८. मगर नौमती बाजा समुहबाट नौमती बाजा झ्याईं झ्याई ।
९. स्थानिय कलाकारहरूबाट लोक दोहोरी गित ।
१०. साथमा अन्य थुप्पै आकर्षक प्रस्तुतिहरू ।
यसर्थ, ३३ औं मगर दिवशलाई भब्य सफल पारिदिनुहुनको लागी हङकङबासी सम्पुर्ण आदरणिय जनसमुदायमा मगर संघ हङकङ परिवार हार्दिक निमन्त्रणा गर्दछ । अवश्य पाल्नुहोला अनि यिनै प्रस्तुतिहरू संगै भरपुर मनोरञ्जन लिनु होला । धन्यबाद ।
स्थानः (योउ मा तेई कम्युनिटी हल, जोर्डन
मिति : २२ फेब्रवरी आईतबार
समयः सांझ ६ बजे
स्पेशल नोटः दर्शक पाहुनाहरूको मनोरञ्जनलाई ध्यानमा राखी निशुल्क प्रबेशको सुबिधा उपलब्ध गरिएको छ ।
सुचना तथा संचार बिभाग
मगर संघ हङकङ