विवस लिम्बु
आज फुवुअरी १३ तारिख अर्थात २०७१ साल फाल्गुन १ गते । यो क्रान्तिकारीहरुको लागि उत्सव हो । यो उत्सव नेपाली जन प्रगतिशील मोर्चाले दुवईको अरव युदुपी रेष्टुरेन्टको हलमा भव्यताका साथ मनायो । ‘सम्पूर्ण माओवादी शक्तिहरु एक हौं । क्रान्तिको निम्ति नविन विचार एकीकृत क्रान्तिलाई नयाँ उचाईमा उठाऔं ।’ भन्ने नाराका साथ सम्पन्न भएको उक्त जनयुद्द दिवसको कार्यक्रममा मोर्चामा रिक्त भएको सदस्यहरुको स्थानमा पद पूर्ति र केहि जिम्मेवारी फेरवदल समेत गरेको छ ।
नेपालमा पार्टी बिभाजन भइसके पछि नेपाली जनप्रगतिशील मोर्चा केन्द्रीय समितिले कमरेड विप्लवलाई समर्थन गर्ने निर्णय गरि सके पछी असन्तुष्ट भएका केन्द्रीय सदस्यहरुले अर्को नयाँ मोर्चा गठन गरेका थिए । उक्त रिक्त स्थानमा पद पूर्ति गर्नुको साथ साथै मोर्चाका तत्कालीन कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष राम सरण कडरियाको अध्यक्षतामा २१ सदसीय केन्द्रीय समितिको पुनर्गठन गरेको छ ।
मोर्चाको वरिष्ठ सल्लाहकार शमर खत्रीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको बिशेष उपस्थिति मोर्चाका सल्लाहकार बिस्वास ठकुरी रहेका थिए । संचालन मोर्चाको महासचिव पृथीछक बुढा मगरले गरेका थिए भने स्वागत भाषण मोर्चाका उपाध्यक्ष गणेश लम्सालले गरेका थिए । जनयुद्द दिवसको अवशरमा बिभिन्न बक्ताहरुले आफ्नो भनाई राखेका थिए । बक्तब्य दिने क्रममा नेपाली जनप्रगतिशील मन्चका अध्यक्ष हेमन्त पौडेलले नेपाली क्रान्ति सम्पन्न गर्नको लागि सम्पूर्ण माओवादी शक्तिहरु एक हुनुको विकल्प नरहेको कुरा राखेका थिए ।
बोल्ने क्रममा मोर्चाको सचिव तथा पुर्व जनमुक्ति सेना नेपालका दिनेश नेपालले माओवादी पार्टी एकिकरणको सन्दर्भलाई जोड्दै शत्रुलाई खतम गर्नको लागि हत्केलाका यी पांच औंला जुन फुटेका छन् यी सवै एक भएर जोडिनु पर्छ भन्ने कुरा राखेका थिए भने कार्यक्रमका विशेष अथिति मोर्चाका सल्लाहकार बिस्वास ठकुरीले पार्टी एकताको सन्दर्भमा भनेका थिए, ‘हामी एकताको विरोधी होइनौं तर एकताको पनि प्रकारहरु हुन्छन । एकीकरण त गर्ने हो तर कस्तो प्रकारको एकता गर्ने हो ? संसोदनवादको भाषमा भासिने हो अथवा क्रान्तिलाई नयाँ उचाईमा उठाउने हो ? यहि प्रश्नको उत्तर हल हुनु जरुर रहेको छ ।’
कार्यक्रममा शहिद परिवारहरुको पनि सम्मान गरिएको थियो ।