कर्म सिङ लामा
दोहा कतार –१३ फेब्रुअरी / बिगत लामो समय देखि नेपाल प्रबासी तामाङ् समाज कतारमा सहायक नृत्य निर्देशकको काम गर्दै आएका सहायक नृत्य निर्देशक रुपचन घिसिङ् तामाङ् लाई तामाङ् कला केन्द्र कतारले मंगल बार बिदाई विदाई गरेको छ |
१३,फेब्रुरी २०१५ – शुक्रवार दोहामा, समाजको दित्तीय उपाध्यक्ष राज कुमार तामाङ्को सभापतित्वमा भएको एक कार्यक्रममा तामाङलाइ विदाई गरिएको हो | उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुदै समाजको केन्द्रिय सदस्य नेत्र कुमार वाईबा तामाङ्ले हरेक हप्ता कतार बाट यसरी सक्रिय सदस्य हरुको बिदाई गर्नु पर्दा नरमाइलो लागे पनि आफ्नै जन्मभुमि फर्किन लागेकोमा खुसि ब्यक्त गर्दै जहाँ रहे पनि मित्रता वा समाज प्रति गरिएको योगदान कहिले नभुल्ने बताए |
यसै गरि शुभकामना मन्तव्यको क्रममा बोल्नु हुदै सकृय सदस्य सन्देश तामाङ, महासचिव दिल दोर्जे तामाङ , भु.पु. सचिब इन्द्र तामाङ, कोष अध्यक्ष रोशन दोङ तामाङले पनि प्रबासी तामाङ् समाज प्रति गरेको योगदान र सहयोगको खुलेर प्रशंसा गर्दै समाज प्रति गरेको योगदान र सहयोग अविस्मरणीय रहने बताए |
घिसिङ्ले पनि कर्म भुमि दोहा छोडेर गए पनि नेपाल प्रबासी तामाङ् समाज दोहा कतार परिवारलाइ कहिले नबिर्सिने र यहाँहरुले दिएको मान सम्मान माया ममता सधै भरिसम्झिरहने छु भन्दै आफुले गर्न सक्ने सयोग गरिरहने उद्घोष गर्दै साथी भाई संग छुट्ने मन नहुदा नहुदै पनि आफ्नै जन्मभुमिमा गएर केहि गर्ने लक्ष्य रहेको र संस्थाबाट पनि आफुले धेरै सहयोग सद्भाव र पाएकोमा आफु धेरै खुसि भएको र समाज प्रति आभार ब्यक्त गरेका थिए |
समाजको केन्द्रिय सदस्य सुमन लामाले संचालन गरेको उक्त कार्यक्रमको समापनमा बोल्नु हुदै कार्यक्रमको सभापति तथा समाजको दित्तीय उपाअध्यक्ष राजकुमार तामाङ्ले समाज प्रति गरेको सहयोग र योगदानको प्रशंसा गर्दै भाबी सामाजिक र कलाकारिक् जीवनको उत्तर -उत्तर प्रगतिको कामना गर्दै समाजको तर्फबाट प्रशंसा र कदर पत्र सहित खादा ओडाएर स-सम्मानका साथ बिदाई गरेका थिए |