काङमाङ नरेश राइकृतखुकुरीको धारमा दुइ कृतिपुजा कार्यक्रम ,
देब पचभैया
काठमाण्डौ, फागुन १ – गल्लाले फकाएर लाहुरे बनियो ।
नुन बोक्न हिडेका बेला फकाएर लगे । अहिले न लाहुरको सुविधा छ न त ज्यानलाई आराम छ । अहिलेसम्म बेलायती लाहुरे हुनुको पीडामात्र पाएका छन् उनले । उमेरले ९७ वर्ष पुगिसके अहिलेसम्म बेलायतलाई गाली र सराप बाहेक उनको मुखमा आउदैंन । उमेर र बल हुँदा बेलायति सेनाबाट लड्दा आफै असक्त भए । उनलाई आजसम्म न बेलायत सरकारले बेलायती सैनिकको सुविधा दियो न नेपाल सरकारले उनलाई बेलायति सेना बराबरको सुविधा उपलब्ध गराउन पहल गर्यो । उनले पाए त केबल युद्धको बमबारुदको पिडामात्र ।
आजसम्म आफ्नै घरमा बसेर बेलायतलाई बारबार गाली गर्ने जसमान राईमात्र हैन भर्खरै अफगानिस्तानको युद्धमा दुबै खट्टा गुमाएका कुसल लिम्बूसम्म आईपुग्दा लाहुरे हुनुको पिडा साच्चै मर्माहत छ । बाहिरी आवरण सिंगारिएको देखिएपनि भित्री पिडा लाहुर जाने लाहुरेकोमात्र नभइ लाहुरेनीको पनि कम छैन । लाहुरे फर्केर आउने आशमा लाहुरेनीले सिन्धुर पुछिनन् तर लाहुरे कहिल्यै फर्किएनन् । यस्तै लाहुरेको पिडा र भोगाई समेटिएको ‘खुकुरीको धारमा दुइ शताब्दी’ पुस्तकको विहिबार विमोचन गरीएको छ ।
गोर्खालीहरुले बेलायतमा जागिर खान थालेको दुई वर्ष पुगिसकेको छ । दुइसय वर्षको अवधिमा गोर्खालीले बेलायति सेनामा रहँदा भोग्नु परेका दर्दानक पिडालाई पुस्तकमा समेटिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक भन्न्छन् आफैले रोजेको पिडा सह्य हुन्छ ‘तर अरुले दिएको पिडा भयावह र दर्दानक हुन्छ । लाहुरेको पिडा भनेको अरुले दिएको पिडा हो ।’ रसिकले थपे ‘दुई सय वर्षको लाहुरेको ईतिहासमा जीवन याहुति दिनेप्रति श्रद्धाञ्जति र मृतआत्माको चिर शान्तिको कामना छ ।’ सदस्यसचिव रसिकले विमोचन गरेको उक्त पुस्तक विमोचन कार्यक्रममा पुस्तकका लेखक नरेश काङमाङ राई आफै पनि बेलायति सेनामा कार्यरत छन् । बेलायति सेनाबाटै युद्ध लड्दा अशक्त बनेका लेखक राईले बेलायत सरकारले बेलायति सेना र नेपाली सेनालाई बराबर सेवासुविधा दिलाउने भनि त्रिपक्षिय सन्धिमा हस्ताक्षर गरेपनि अहिलेसम्म लागु नहुदँदा गोर्खालीहरुले आन्दोलन गरीरहेको स्मरण गराए ।
लाहुरे हुनुको पिडा आदिवासी भएकैले भोग्नुपरिरहेको उनले बताए । ‘लाहुरेको पिडा सबैको पिडा हुनुपर्दछ उनले भने पहिला गल्लाले आदिवासीलाई मात्र फकाएर लाहुरे बनायो पछि संस्कार नै बन्यो अहिले बैदेशिक रोजगारको मनग्गे कमाइ गर्ने थलो बन्यो लाहुर ।’ पुस्कका लेखक राईले आदिवासीको पिडा कसैले रोकर रोक्न नसक्ने अवस्थामा पुगेकाले सरकारले यो विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए । लेखकको पुस्तकमा २७ जना ब्यक्तित्वहरुलाई समेटिएको छ । पुस्तकमा बर्मा, फोकल्याण्ड, अफगानिस्तान लगायतसंग भूपू गोर्खाली सैनिकले युद्ध लड्दादेखि भोगाइसम्मको बृतान्त समेटिएको पुस्तकका समालोचना गरेका मदन पुस्कार विजेता तथा चर्चित आख्यानकार राजन मुकारुङले बताए ।
ब्रदर्स बुक्स पब्लिकेसन्सले आयोजना गरेको विमोचन कार्यक्रममा, श्रवण मुकारुङ, अनलाईन खबरका अरुण बराल लगायतले पुस्तको समालोना गरेका थिए । पुस्तकको अंगे्रजी अनुवाद पनि केहिमहिनाभित्र आउने लेखक राईले बताए । २०३६ सालमा भोजपुरमा जन्मिएका लेखक राईको उक्त पुस्तक ‘खुकुरीको धारमा दुई शताब्दी’ को मूल्य दुइ सय पचास रुपैंया तोकिएको छ ।