मिछुर्लुङमा रैया

Read Time:2 Minute, 0 Second

मनोज घर्तीमगर

गुन्यूचोली, रैया (बाला) र घलेक लगाउने चलन हराउँदै गएको छ ।

  आधुनिकाले खर्लप्पै पारेका बेला यस्तो सँस्कृति बिस्तारै हराउँदैछ । आदिवासी जनजाति समुदायमा आफ्नो छोरीलाई कम्तीमा ७ वर्ष पुगेपछि गुन्यूचोली दिने चलन छ । मगर समुदायमा पनि आफ्नो छोरीलाई आठदेखि दस वर्षभित्र आमाले गुन्यूचोली, रैया (बाला) र घलेक दिने सँस्कार छ । मगर बुहल गाउँमा बाहेक अन्य क्षेत्रमा यस्तो सँस्कृति भने आजभोली देख्न मुस्किल पर्छ । यही विषयलाई उठान गरिएको फिल्म ‘रैया’ को छायाङ्कन तनहुँको मिर्छुलुङमा पुगेर पूरा भएको छ ।

पर्यटकीय नगरी पोखरा, म्याग्दी, तनहुँ, स्याङ्जा लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मले मा मगर महिलाको परम्परागत गहनालाई ‘रैंया’ लाई जीवन्तता दिने प्रयास गरेको छ । दुवै हातमा लगाउँने काँडे बाला (रैंया) हातको शोभा बढाउने मात्रै होइन, आपतविपतमा हतियारको समेत काम गर्ने विषयलाई रोचक तरिकाले फिल्ममा उतारिएको निर्देशक मेजन पूनमगरले बताए । मगर फिल्मको पहिलो नायक राज थापाको समेत अभिनय रहेको फिल्ममा हर्क आलेको कथा छ । फिल्ममा दुई नयाँ अनुहारका अशोक मगर प्रिया मगर मुख्य भूमिकामा देखिएका छन् ।

हर्क मगरको कथा रहेको फिल्मको निर्माता तारामाया मगर र हर्क मगर हुन भने डकुमेन्ट्री मेकर भिमबहादुर रानामगरको सहनिर्देशन छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %