बिजय हितान
बेलायत , फेब्रेरी १२ – नेपालमा भरखरै शहिद सप्ताह सम्पन्न भैसकेको अवस्थामा बेलायतमा प्रथम सहिद लखन थापामगरको १३८औं स्मृति दिवस गत सनिबार ७ फेब्रुअरी २०१५ को दिन सम्पन्न गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ बेलायतका महासचिव नरेश कङ्वाङले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा सहिद लखनको तस्बिरमा प्रमुख अतिथि पूर्व मन्त्री बिजय प्रकाश थेवे र महासङघका अध्यक्ष श्रिप्रसाद लिम्बुले खादा ओढाएर र पानसमा बत्ति बालेर उद्घघाटन गरेका थिए । उक्त कार्यक्रममा बिभिन्न संघ सङ्हठनका प्रतिनिधिहरु र सन्चारकर्मीहरूको बाक्लो उपस्थिती थियो ।
मगर संघ बेलायतका अध्यक्ष दुत पुनको स्वागत मन्तब्य पछि क्या. वीरबहादुर् थापा मगरले रास्ट्रिय एकता झल्किने गीत गाएर शहिदहरुप्रती आफ्नो स्रदान्जली ब्याक्त गरेका थिए । बिजय हितानले भरखरै आफू शहिद लखनको गाउँ गोर्खाको बुङ्कोट भ्रमण गरेर आएको स्मरण गराउँदै उनको जिवनिमा आधारित एक एतिहासिक खोजपुर्ण रिपोर्ट प्रस्तुत गरेका थिए । लखनलाई मारिए पस्चात उनका सन्तान तेह्रथुमको कोबेक हुँदै दार्जलिङ छिरेका, दार्जलिङमा लखनको खलातिनी भेटिएको र उहाँबाट लखनको बारेमा धेरै तथ्यकुराहरु थाहा पाइएको हितानले बताएका थिए ।
नरेश कङमाङले प्रथम शहिद लखन थापामगर प्रतिस्ठान नेपालका अध्यक्ष रुल आलेले पठाएको सुभकामना मन्तब्य पढेर सुनाएका थिए ।
श्रदान्जली बक्तब्य दिनेहरुमा शेर्पा समाज यु के का उपाध्यक्ष कर्मा शेर्पा, संधिय समाजबादीपार्टी बेलायतका उपाध्यक्ष जङ्ग सुनुवार, आदिबासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष कमला थापा, लिम्बूवान मोर्चाका उपाध्यक्ष नवराज नाङ्वाङ, चुम्लुङ साहित्य बिभाग प्रमुख बिस्वासदिप तिगेला, छन्त्याल समाज यू के का अध्यक्ष कुल छन्त्याल, आदिवासी जनजाति पत्रकार महासंघ बेलायतकाअध्यक्ष किरण टी लिम्बु, तमु धी यू के का पूर्व अध्यक्ष डम्बर घले, तमु धी यू केका सल्लाहकार एकेन्द्र गुरुङहरू थिए ।
शहिद लखन एउटा जातको मात्रै नरही सम्पुर्ण नेपाल राष्ट्रको गौरब र गहना भएकोले उनको स्मृति दिवस आउने बर्शहरुमा नेपाली राजदुतावास, एन आर एन र जनजाति महासंघ जस्ता जिम्मेवार पच्छेहरुले सङठीत रुपमा आयोजना गर्नुपर्ने दाइत्व रहेको सबैले बताएका थिए ।