कृष्णबहादुर तामाङ
संसारमा नै कम्युनिस्ट दर्शन जन्माउने कार्ल मार्क्स हुन् ।
मार्क्सको मृत्यु भएको १३ वर्ष पछि जन्मेर मार्क्सको दर्शनलाई स्तम्भको रूपमा उभ्याउनु सक्ने रसियन मंगोल नेता लेनिन हुन् । यी दुवै संसार थर्काउने महान् व्यक्तिहरूलाई निर्ममतापूर्वक दबाउन र क्रूरतापूर्वक सताउने काममा कुनै कसर बाँकी राख्नपछि नपरेका त्यहाँका राजतन्त्र जार शाहीलाई जरैदेखि उखेलेर फ्याँक्नमा यी दुवैले कुनै पनि कसर बाँकी राखेनन् । यी दुवै राजतन्त्र (जारशासन) ले सताइएका भुक्तभोगीहरू हुन् । मार्क्सले धर्मलाई अफिम भन्थे । कम्युनिस्टहरू सबै धर्मको विनासको निम्ति उभिनुपर्छ भन्थे । साँचो कम्युनिस्टहरू राज्य विहीन र वर्गविहीन समाजको निम्ति उभिनुपर्छ भन्थे । त्यस बाहेकका अरूहरू सबै नक्कली हुन भन्थे ।
कल मार्क्स भन्नु हुन्थ्यो, वर्ग सङ्घर्ष अनिवार्य छ, धनी र गरिबहरू माझ सम्झौता हुनै सक्तैन । धनीहरूलाई गरिबहरूले जरैदेखि उखेलेर फ्याँक्नुपर्छ । रसियन मंगोल कम्युनिस्ट नेता लेनिन भन्नुहुन्थ्यो, बुर्जुवाइज संसद भनेको विश्वासघाती र दुष्टहरूको पार्टी हो । जसले नागरिकहरूलाई क्रान्तिको बोक्रे(मौखिक) मान्यता मात्र दिएर धोका दिने काम गर्छ । मार्क्स र एङ्गेल्सले सन् १८४८ कम्युनिस्ट घोषणा पत्र प्रकाशित गरेका हुन् । जुन अहिले १६७ वर्ष पुरानो भइसकेको छ । नेपाल जस्तो बहुसङ्ख्यक मूलबासी मंगोल समुदाय भएको देश नेपाललाई अहिले त्यहीँ कम्युनिस्ट नामधारी बाहुनवादी पार्टीहरूको जमातले विश्वकै दोस्रो गरिब र कङ्गाल मुलुक बनाउने काम गरेको छ । नेपालका गरिब र अशिक्षित बनाइएका मूलबासी समुदायका नागरिकहरू सोच्ने गर्थे । कम्युनिस्ट सरकार भनेको हामी जस्ता गरिब र निमुखाहरूको सरकार हो । नेपाल जस्तो गरिब मुलुकको निम्ति कम्युनिस्ट घोषणा पत्र साँच्चिकै शक्तिशाली जादुको पर्चा हो । काल्पनिक स्वर्ग हो र पुरोहितहरूबाट सजिलै ठगिने मूर्ख समाजको निम्ति मरेपछि पुगिने स्वर्ग र अर्को जन्ममा पाइने सुख पनि हो ।
रसियामा कम्युनिस्ट सरकार बन्यो, ७५ वर्षसम्म एकलौटी रूपमा शासन गरे । तर, रसियामा कम्युनिस्ट अफापसिद्ध भयो र अहिले त्यहाँ लोकतन्त्र पुजनीय भएको छ । मार्क्सको स्वर्गारोहण भएको १३२ वर्षपछि र लेनिनको मृत्यु भएको ९१ वर्षपछि नेपालमा भ्रष्टाचार र राज्य आतङ्कमा घोलिएको नेकपा एमाले नेपालकै दोस्रो ठूलो राजनीतिक दलको रूपमा उदय भएको छ । नेकपा एमाले संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता विरोधी पार्टी हुन् । एमाले दोस्रो संविधानसभाको चुनावमा सेना र प्रहरीबाट नेपाली जनतालाई अतङ्कित गराएर चुनाव जितेका पार्टी हुन् ।
नेकपा एमाले मुलुकलाई ६ खर्ब ऋणमा डुबाएर नेपालका मूलबासी समुदायलाई कङ्गाल बनाउने राजा र पञ्चहरूले जन्माएको पार्टी हो । अहिले नेपाललाई संसारकै दोस्रो गरिब मुलुक बनाउँदै यिनै एमालेमा भएका मुठ्ठीभर जमातले मोज गरिरहेका छन् । दोस्रो संविधानसभामा एमालेको विजयी अकाल्पनिक रूपमा भएको छ । २०६४ मा भएको पहिलो संविधानसभामा २२ लाख मत ल्याएर ३३ सिट जितेको नेकपा एमालेले २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा २२ लाख मात्र मत ल्याउँदै ९६ स्थान जितेको छ । त्यसकारण नेकपा एमाले नेपालको ठूलो पार्टी हुँदै होइन ।
लेनिन जुन बेला रसियामा कम्युनिस्ट घोषणापत्रको आधारमा राजतन्त्र (जारशासन)को जरैदेखि उखेलेर फ्याँक्ने र कम्युनिस्ट राज्य स्थापना गर्ने काममा दिलो ज्यानले खटिरहेका थिए । त्यही समयमा ट्रटस्की जस्ता बुर्जुवाइज साइलक प्रकृतिका लालची, सोझा र इमानदार जनतालाई झुक्याउने र ठग्ने बुर्जुवा संसद् र राज संस्था (जारशासन)को जगेर्ना गर्ने, कायम राख्न चाहने राजतन्त्र (जारशासन) पक्षका व्यक्ति पनि कामरेड भएर लेनिनको विरोधमा काम गरिरहेका थिए । तसर्थपछि बहुसङ्ख्यक जनताले सही कुरा थाहा पाएपछि उसलाई फ्याँकी दिएर लेनिनलाई नै साथ दिएका थिए । नेपालमा पनि अहिले संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता विरोधी नेकपा एमालेका नेताहरू त्यहीँ ट्रटस्कीको रूपमा देखा परेका छन् । नेकपा एमाले पनि कम्युनिस्टको नाममा तर, मार्क्स र लेनिनकै नाममा, मार्क्स र लेनिनकै सिद्धान्तको र कम्युनिस्ट घोषणापत्रकै विरोधमा उभिएका छन् र सफल पनि भएका छन् । तसर्थ नेकपा एमालेलाई नेपालका बृहत् मूलबासी समुदायले भोलिको दिनमा कुन रूपमा हेर्ने हो, त्यो त भोलिकै दिनमा थाहा हुनेछ । रोमानियाका कम्युनिस्ट नेता चेचेस्कुलाई रोमानियाकै बाबु र उसकी श्रीमतीलाई रोमनियाकै आमा भन्नु लगाएर अहङ्कार गर्ने राष्ट्रपतिलाई त्यहाँका बृहत् जनताले कसरी सजाय दिए, त्यो त हाम्रो अघि घटेको घटना हो ।
रोमानियाका चेचेस्कुले शक्ति हातमा पारेपछि जनतालाई आतङ्कित तुल्याएर रोमानियाका बाबु र उनकी श्रीमतीलाई रोमानियाकी आमा हो भन्न लगाएका थिए । उनको छोराको फुर्ती र आतङ्क यति चरम सिमामा पुगेको थिए कि उसले आफ्नो ट्वाइलेटमा पानी बग्ने धारा पनि सुनको बनाउन लगाएका थिए । रोमानियामा सन् १९४७ मा चेचेस्कु शक्तिमा पुगेका थिए । १९९० मा कम्युनिस्ट शासन पतन भयो । अघिल्लो दिनसम्म डर र आतङ्कले सातो गएका त्यहाँका जनताले भोकलाग्दा भोक लागेसम्म भन्न पाएका थिएन । चेचेस्कुले जे बोल्यो त्यसैलाई लुते हातले ताली पिटेर जयजयकार मनाउन पर्ने त्यहाँका जनताले राजनीतिक विस्फोटन हुन साथ चेचेस्कु र उनकी श्रीमती रोमानियाकी महारानीलाई सीमापार गर्नुअघि नै खोजीखोजी बेनटले रोपेर हत्या गरिदिएका थिए । नेपालका संविधानसभा, गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता विरोधी नेकपा एमालेका नेताहरूको हालत पनि रोमानियाका बाबु चेचेस्कु र रोमानियाका महारानीको जस्तै हुन सक्ने छ भनेर विश्वास गर्न सकिन्छ । नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा, गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको विरोध गर्दै २०६२/०६३ मा भएको जनआन्दोलनप्रति व्यङ्ग्य गर्दै ठेलागाडा चढेर अमेरिका पुग्न सकिंदैन भनेर विरोध गरेका थिए ।
वर्तमान समयमा भइरहेको नेपालको राजनीति भनेको कुनै सिद्धान्तमा भएको राजनीति होइन । नेपालको राजनीति भनेको सहिष्णुताको नाममा आक्रामक भूमिका खेल्ने बाहुनवादी हिन्दू अतिवादीसँग यस भूमिका मूलबासी मंगोल समुदायले गरिरहेको लडाईँ हो । पार्टीको नाम जेसुकै होस्, वर्णभेदी र रँगभेदी नीति कायम राखेर आफ्नो वर्ण बाहुनवाद र हिन्दूवादको जरो बलियो बनाउन चाहनेहरूको विरुद्ध मुलबासी समुदायले लडेको लडाईँ हो ।
नेकपा एमाले सामन्तवादको अवशेषहरूलाई पनि जीवित राख्ने र समाजवादको नारा पनि दिने गरिब, शोषितपीडित नेपालका मूलबासी समुदायलाई अझ शोषण गर्ने र मूर्ख बनाउने मूर्खहरूको पार्टी हो । नेपालका मूलबासी मंगोल समुदायको माझमा पनि बृहत् अशिक्षित, गरिब बनाइएका, जबर्जस्ती हिन्दू बनाइएका मूलबासी मंगोल समुदायले अनविज्ञताकै कारण पनि कम्युनिस्टले देखाएको काल्पनिक स्वर्ग, ठग र विश्वासघाती पुरोहितहरूले देखाएको मरेपछि पुगिने स्वर्ग र अर्को जन्मको सुखको निम्ति ठगिने जनताले मार्क्स, लेनिन र माओको नाममा श्रद्धाको फूलका थुँगाहरू चढाइरहेका छन् ।