दुर्गा राजकोटी मगर
माघ ८ गते कुनै पनि हालतमा जस्ले जति अवरोध गरेपनि जनतालाई १ थान संविधान जारी गरेरै छाड्छौ भन्ने शुशिल कोईराला, के.पी शर्मा ओली, रामचन्द्र पौडेल, वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल, भीम रावल लगायत ज जस्ले प्रतिवद्धता जाहेर गरे के तिमीहरुको अब उक्त पदमा बसेर काम गर्ने नैतिक अधिकार छ ? आफैले आफैलाई प्रश्न गर । गम्भीर भएर सोच ।
यदि तिमीहरु नैतिकवान वा ईमान्दार हुन्थ्यौ भने जारी गर्न नसकेकै दिन जनता समक्ष माफी माग्दै राष्ट्रपति समक्ष राजीनामा पत्र पेश गथ्र्यौ । तर तिमीहरु भनेको यो देशको विकास होईन विनास चाहान्छौ । तिमीहरुलाई लाज भनेका के हो, ईज्जत भनेको के हो, नैतिकता भनेको के हो, ईमान्दारीता भनेको के हो, जिम्मेवारी भनेको के हो, भन्ने कुनै ज्ञान छैन । अब लाज, ईज्जत, नैतिकता, ईमान्दारी, जिम्मेवारी नभएको मानिसलाई जती सुझाव दिए पनि, गाली गरे पनि कुनै अर्थ हुदैन ।
जस्ले नेताहरुको यी कुरा थाहा पाउदा पाउदै पनि गाली गर्छ वा सुझाव दिन्छ भने त्यही सुझाव वा गाली गर्ने व्यक्ति नै वेवकूफ भएको ठहरीन्छ । यस मानेमा मैले माथी उल्लेखित नेताहरुलाइै कुनै सुझाव, सल्लाह दिन चाहान्न बरु चेतावनी दिन चाहान्छु सचेत नागरिकको हैसियतले । जसरी पनि संविधान जारी गर्छौ भन्नुको तात्पर्य हो जस्तो सुकै कठीन परिस्थिति आए पनि, अवरोध श्रृजना भएपनि त्यस्को सामना गरेर संविधान जारी गर्नु ।
खैत जारी गरेको संविधान जसरी भए पनि माघ ८ मा ? सेना, प्रहरी सबै नेपाली काँग्रेस र ने.क.पा ए.मा.ले को हातमै थियो । संविधान जारी गर्न नदिनेलाई गोली ठोकेरै भएपनि जारी गर्नु पथ्र्यो । कहाँ गयो तिमीहरुको जनता प्रतिको प्रतिवद्धता ? जवाफ देऊ गरिव जनताको तलब खाएर घुम्ने कुर्चीमा बस्नेहरु ? चिट चोरेर आई.ए, वि.ए, डिग्री गर्ने वा ४०, ५० हजार घुस खुवाएर नक्कली सर्टीफीकेट निकाल्ने तिमीहरु जबसम्म सत्तामा रहन्छौ जनताहरुले दुःख पाई नै रहनेछन् । यसमा कुनै शंका छैन । जुन म्यान्डेटको कुरा गरिरहेका छौ तिमीहरुले त्यो हामी जस्तो सचेत नागरिकले मान्दैनौ ।
तिमीहरुले कसरी चुनाव जितेका हौ भन्ने कुरा लाटा जनताहरुलाई थाहा नहुनु स्वभाविक हो । तर हामी जस्ता सचेत नागरिकलाई थाहा छ की तिमीहरुले षडयन्त्र गरेर, धाँधली गरेर चुनाव जितेका हौं । जनताको अस्सली मत कतिपय जलायौं, कतिपय, रातारात त्रिशुलीमा बगायौं । जनताले हालेको मतपेटीकालाई जलाउने र प्रहरी र सेना समेतलाई प्रयोग गरी एक छापे मत हालेर जीतेको चुनावले संविधान दिन सक्ने स्थिति थिएन र भएन पनि जुन कुरा प्रमाणित भैसक्यो । जसरी चीट चोरेर पास भएकाहरु पछि गएर शिक्षक भए भने विद्यार्थीलाई उदाहरण सहित राम्ररी बुझाएर पढाउन सक्दैनन् र विद्यार्थीले सोधेको प्रश्नको चित्तबुझ्दो उत्तर दिनपनि सक्दैनन् त्यसैगरी धाँधली गरेर चुनाव जिती सांसद वा सभासद भएकाले जनताले चाहेको संविधान दिन सक्तैनथे, सकेनन् र सक्दैन् पनि र जनताले सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ अर्थात तर्कसंगत जवाफ दिन पनि सक्दैनन् , सकेका पनि छैनन् ।
जस्ले आफ्नो निजी मिडीया मार्फत नेपालमा १२५ जाति छन् भनीरहेका छन् तिनीहरुले नेपालको हरेक सरकारी कार्यालयमा १२५ जातिले स्थान पाएका छन् की छैनन् भनेर कहिल्यै हेक्का राखेका छन् ? पहिचानको कुरा गर्दा १०, १२ वटा जातिलाई मात्र पहिचान दिएर हुन्छ भन्नेले १२५ जाति भएको देशमा २,३ जातिले मात्र सरकारी कार्यालयमा स्थान किन ओगटेका छन् भनेर कहिल्यै सोचेका छन् ? खबरदार यस्ता कुतर्क गर्ने भ्रष्ट चरित्र भएका नेताहरु । आफूलाई अझै पनि उच्च जातिमा राख्नेहरु र आदिवासी, जनजाति, मधेसी, महिला, मुश्लिम, पिछडा वर्ग र दलितहरुलाई सधै दासको रुपमा राखिराख्न चाहने तिमी परम्परागत, रुढिवादी, यथास्थितिवादी, सामन्ती, शोषकहरु अब हामी आफ्नो हक , अधिकारको लागि सचेत भैसकेका छौं ।
जातिय अहंकार त्यागेर सबै जातजाति, भाषा, धर्म, वर्ग, लिंङ्ग, क्षेत्रलाई अधिकार सम्पन्न हुने खालको संविधान जारी गर्ने प्रयास गर अन्यथा महाभारतको लडाईको लागि तयार भएर आफू र आफ्नो कार्यकर्ताहरुलाई लड्नको निम्ति मैदानमा प्रवेश गराउ । अब वार्ता र संवादबाट केही हुने वाला छैन । अन्तिम विकल्प भनेको लडाई नै हो । युद्धमा जस्ले जित्छ अब उसैले राज्य हाँक्छ । महाभारतमा पनि धेरै संवाद र सहमतीका कुरा भए तर दूर्योधनको अहंकारको कारण युद्ध भयो त्यस्तै अब नेपाली काँग्रेस र एमालेको अहंकारको कारण युद्ध अपरिहार्य भएको छ । यो लडाई अधिकार दिन चाहाने र नचाहाने पक्षको हो । पाण्डव र कौरवको कित्ता स्पष्ट भैसकेको छ ।
पाण्डवको पक्षमा लाग्नेहरु अर्थात जस्ले नेपालमा वसोवास गर्ने हरेक जातजाति, भाषाभाषी, धर्मावलम्वी, वर्ग, लिङ्ग, अधिकार विहीनलाई अधिकार दिनु पर्छ, सरकारी कार्यालयमा सबै जातिले जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व पाउनु पर्छ भन्नेहरु, पहिचान सहितको संघियतामा गएर केन्द्रिकित शासन प्रणालीको अन्त गर्नुपर्छ भन्नेहरु पाण्डवको पक्षमा उभीनुहोस् अर्थात ३६ दलिय मोर्चामा उभिएर युद्धको लागि तयार रहनुहोस् र जस्ले नेपालमा एउटै उच्च जाति कहलीएकाहरुले मात्र सरकारी कार्यालयमा काम गर्ने अवसर पाउनु पर्छ भन्छ, भ्रष्टचार गरेर निजी सम्पत्ति थुपार्नु पर्छ भन्ने मान्यता राख्छ, नेपाल हिन्दुको मात्र हो अरुको हुँदै होईन भन्छ, आदिवासी, जनजाती, मधेसी, महिला, मुश्लिम, दलित भनेको बाहुनहरुको सेवा गर्न पृथ्वीमा आएको हो त्यसैले यिनिहरुलाई अधिकार दिनुहुन्न भन्ने मान्यता राख्छन् तिनीहरु कौरवको कित्तामा अर्थात काँग्रेस र एमालेको कित्तामा उभिएर युद्धको लागि सामना गर्न तयार रहनुहोस् । अबको विकल्प भनेको युद्ध नै हो । सारा वार्ता, संवाद, सहमती भैसक्यो टुङ्गो लागेन । महाभारतमा युद्ध पछि पाण्डवहरुले राज्य संचालन गरेझै नेपालमा ३६ दलिय मोर्चाले युद्धपछि पनि मिलेर संयुक्त रुपमा राज्य संचालन गरुन् यही मेरो शुभ कामना छ ३६ दलिय मोर्चालाई ।
काँग्रेस र एमालेलाई अझ पनि मेरो आग्रह छ देशलाई युद्धतिर नधकेल अन्यथा तिमीहरु राणा शासनको पतन भए जस्तै, राजतन्त्रको पतन भए जस्तै सदाको लागि पतन हुने छौं । बेलैमा बुद्धि पुर्याएर ३६ दलिय मोर्चाको जायज मागलाई संवोधन गर । चिनी विनाको चियाको कुनै अर्थ नभए जस्तो पहिचान र अधिकार विनाको संविधानको कुनै अर्थ रहदैन त्यसैले नेपाली जनतालाई अधिकार सहितको संविधान जारी गर्न तर्फ लाग । यो मेरो काँग्रेस र एमालेलाई सचेत नागरिकको तर्फदेखी अन्तिम सुझाव हो । आगे हजूरहरुको जो निगाहा ।
(लेखक : राष्ट्रिय युवा मोर्चा रुपन्देही, रुद्रपुर गाउँ कार्य समितिका बर्तमान अध्यक्ष हुन)