इन्द्र एलजि थापा
हङकङ, याउ मा तेई, फ्रेबअरी १ २०१५ तारिख याउ मा तेई कम्युनिटी हलमा म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको १६ औ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भयो।
प्रमुख अतिथि मोना, हङकङका संस्थापक अध्यक्ष तुल्मराज रामजालीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरुमा मोना आइसीसीका संयोजक प्रकाश पुन, एन आर एन हङकङका उपाध्यक्ष तथा नेपाली महिला संघ हङकङका अध्यक्ष टिका गुरुङ, नेपाल च्याम्बर अफ कमर्श हङकङका अध्यक्ष डासुराम पराजुली, हङकङ नेपाली महासंघ हङकङका उपाध्यक्ष तथा नेपाल क्लवका अध्यक्ष रीता गुरुङ, मोना हङकङको १६ औ वार्षिक उत्सव मूल समारोह समितिका संयोजक कर्ण पुन तथा मोना हङकङका संस्थापक उपाध्यक्ष ई हर्कमान मगर र अतिथिहरुमा मोना, हङकङका सल्लाहकारहरु, जेष्ठ नागरिक महानुभावहरु, पुन मगर समाजका हङकङ, नेपाली घरेलु कामदार यूनियन हङकङ, मगर संघ हङकङ, थकाली सेवा समिति हङकङ, हङकङ नेप्लिज फाउडेशन, हिन्स तथा हङकङनेपाली डटकमका तुल्सी राना एचके दर्पणका ईन्द्र लक्शाम लगायतका थिए।
उक्त कार्यक्रममा मोना हङकङ अक्षयकोषका सदस्यहरुलाई धन्यवादको प्रमाण पत्र तथा ताम्रा पत्र तथा खादा ओदाएर सम्मान गरिएको थियो भने कला र साँस्कृति, व्यावसाय, शिक्षा तथा प्रतिभाको क्षेत्रबाट मोना हङकङलाई योगदान तथा गौरवान्ति गराउने महानुभावहरुलाई प्रशंसा पत्र, बधाई पत्र तथा खादाँ ओदाएर सम्मान गरिएको थियो। यसरी नै मोना हङकङका जेष्ठ नागरीक महानुभावहरुलाई पनि खादाँ, गलबन्दी तथा दोसल्ला ओदोएर सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमलाई मोना हङकङका अध्यक्ष ईन्द्र एलजी थापामगरले अध्यक्षता, सचिव प्रमोद गिरीले संचालन र उपाध्यक्ष पदम शेरचनले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालनमा कार्यसमितिका सदस्य तथा मोना महिला विभागका प्रमुख शिला जुग्जाली र उप प्रमुख रुपा रामजालीले सहयोग गरेका थिए । त्यस पश्चात मोना साँस्कृति विभागद्वारा प्रस्तुत साँस्कृतिक कार्यक्रमलाई शिला जुग्जाली र रुपा रामजालीले संचालन गरेका थिए भने उक्त कार्यक्रममा म्याग्दीका प्रचिलित थाल नाँच, सालैजो लगायतका नृत्यहरुद्वारा साँगितिमय बनेको थियो साथै फ्रि जलपान तथा खाँजाको पनि व्यवस्था गरिएको थियो ।