प्रथम सुरप्रभा गीत सङ्गीत अवार्ड– २०७१ – प्रेस बिज्ञप्ति

Read Time:5 Minute, 50 Second

अवार्डको लागी फाराम आउँदो फागुन १ गतेदेखि खुल्ला । 

राज्यसत्ता ,

  काठमाडौ , माघ २३ – नेपाली गीत सङ्गीतको विकासलाई गतिशील बनाउँदै र यसको व्यवस्थापनमा सरलीकरण गर्दै मौलिक र स्तरीय गीतसङ्गीतलाई श्रोतासामु पुर्याउने हेतुले वि.सं. २०६८ साल चैत महिनामा स्थापना भई गीतसङ्गीत, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील रहँदै आइरहेको सुरप्रभा गीत सङ्गीत प्रा. लि. काठमाडौँ यस अवधिमा गीत सङ्गीतको बजार व्यवस्थापन गर्ने एउटा राम्रो कम्पनीको स्थानमा आफ्नो परिचयका साथ उभिएको छ ।

यस समयमा यसले बनाएको परिचयबाटै अर्को खुड्किलाको क्रम जोड्दै छ– सुरप्रभा गीत सङ्गीत अवार्ड । यस संस्थाले हरेक वर्ष सुरप्रभा गीत सङ्गीत अवार्ड आयोजना गरी विशुद्ध रूपले गीत, सङ्गीत र कलाका क्षेत्रमा लागेका विशिष्ट प्रतिभाहरूलाई अभिनन्दन, उत्कृष्ट काम गर्दै आएका स्रष्टाहरूलाई सम्मान एवम् नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

यही लक्ष्यअनुरूप वि. सं. २०७० माघ १ देखि २०७१ पुस मसान्तसम्म बजारमा आएका आधुनिक विधाका विभिन्न गीत – गजलहरूलाई प्रतिष्पर्धामा राखेर २०७२ साल जेठ २३ गते शनिबारका दिन यसका विभिन्न १८ विधामा प्रथम सुरप्रभा गीत सङ्गीत अवार्ड– २०७१ आयोजना गरी अवार्ड वितरण गर्ने छ । यसका साथै सो दिन नेपाली गीत सङ्गीतमा जीवनको अमूल्य समय खर्चेका एक मूर्धन्य स्रष्टालाई विशेष रूपले अभिनन्दन पनि गरिने छ ।   यस सुरप्रभा गीत सङ्गीत प्रा. लि. काठमाडौंद्वारा आयोजना हुन गइरहेको सुरप्रभा गीत सङ्गीत अवार्डका देहायका उद्देश्य रहेका छन्—

क) समयसापेक्षनयाँ प्रविधिअनुसार नेपाली गीत सङ्गीतलाई परिष्कृत गराउँदै मौलिक सिर्जनामा जोड दिनु ।

 ख) नेपाली गीत सङ्गीतको उद्योगलाई अझ स्तरीय बनाउनु ।

 ग) अवार्डका माध्यमबाट स्तरीय गीतसङ्गीतका क्षेत्रमा लगानी गर्नु ।

 घ) अवार्ड आयोजनाको माध्यमले स्तरीय गीत सङ्गीतको निर्माणलाई अझै प्रोत्साहन गर्नु ।

 ङ) मोफसल एवम् विदेशमा रहेका सर्जकका सिर्जनालाई मूलधारमा आवद्ध गराउनु ।

 च) क्रियाशील राम्रा सर्जक र सिर्जनालाई उचित प्रोत्साहन एवम् कदर गर्नु ।

 छ) नेपाली गीत सङ्गीतको क्षेत्रमा समर्पित विशिष्ट स्रष्टाहरूलाई सम्मान गर्नु ।

 ज) गीतसङ्गीतका माध्यमबाट देशविदेशमा राष्ट्रिय संस्कृतिको पहिचान गराई देशको परिचय सबल बनाउनु ।

 यस प्रथम सुरप्रभा गीत सङ्गीत अवार्ड– २०७१ मा देहायका विधा रहने छन् —

१. उत्कृष्ट राष्ट्रिय भावको गीतकार

 २. उत्कृष्ट गीतकार

 ३. उत्कृष्ट गीतकार डायस्फोरा

 ४. उत्कृष्ट गजलकार

 ५. उत्कृष्ट सङ्गीतकार    

 ६. उत्कृष्ट गायक

 ७. उत्कृष्ट गायिका

 ८. उत्कृष्ट युगल गायन

 ९. उत्कृष्ट नवगायिका

 १०. उत्कृष्ट नवगायक

 ११. उत्कृष्ट एल्बम

 १२. उत्कृष्ट म्युजिक भिडियो मोडल महिला

 १३. उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष

 १४. उत्कृष्ट म्युजिक भिडियो निर्देशक

 १५. उत्कृष्ट सङ्गीत संयोजक

 १६. उत्कृष्ट ध्वनि मुद्रण

 १७. उत्कृष्ट एस्. एम्. एस्. छनोट

 १८. उत्कृष्ट सुरप्रभा गीत सङ्गीत वर्ष

यस सुरप्रभा गीत सङ्गीत प्रा. लि. काठमाडौँद्वारा आयोजित यस अवार्डको इभेन्ट मेनेजमेन्ट भने ट्रेड अस नेपाल प्रा. लि. (Trade Us Nepal Pvt. Ltd.) ले गर्ने छ । यो अवार्ड काठमाडौँको जमलस्थित नाचघरको हलमा आयोजना गरिने छ । यसका मिडिया पार्टनरहरूका रूपमा सगरमाथा टेलिभिजन र विभिन्न एफ्एम् रेडियोहरूसहित अनलाइन पत्रिकाहरू हुने छन् ।

आउँदा वर्षहरूमा यस संस्थाले अवार्डको दायरालाई क्रमशः फराकिलो पार्दै लैजाने कुरा पनि विश्वास दिलाउन चाहन्छु ।   यहाँको अमूल्य सहयोग र सद्भावप्रति सुरप्रभा गीत सङ्गीत प्रा. लि. काठमाडौँ सदैव आभारी रहने छ ।

(अवार्डको फाराम आउँदो फागुन १ गतेदेखि खुल्ने कुरा विनम्रतापूर्वक सूचित गरिन्छ ।)

अध्यक्ष

भावेश भुमरी

फोन: ९८५१०७००३२/९८०११७००३२ 

मिति: २०७१ साल माघ २३ गते शुक्रबार ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %