पाल्पा श्रीनगर समाज हङकङको ११औ बार्षिक उत्सव

Read Time:4 Minute, 8 Second

हेम थापा


पाल्पा श्रीनगर समाज हङकङको ११ औ बार्षिक उत्सव तथा बि बि क्यू कार्यक्रम १ फेब्रुअरी २०१५ अाइतबारका दिन ताइतोङ कन्त्री पार्कको रमणिय स्थलमा मगर संघ हङकङको नोैमति बाजा (पञ्चै बाजा)को सुमधुर धुनको साथमा पाल्पाली चिर परीचित, लोक प्रिय परीकार बारा (बटुक), चुकाउनीको भरपुर स्वाद लिदै हरेक बर्ष जस्तै यो साल पनि भब्यताका साथ सु- सम्पन्न भएको छ ।

कार्यक्रम पाल्पा श्रीनगर समाजका अध्यक्ष पुर्ण बहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै यस कार्यक्रममा प्रमुख अतिथि एन आर एन हङकङका अध्यक्ष दुर्गा गुरुङलाइ अाशनग्रहण गराएका थिए । विशेष अतिथी हङकङ नेपाली महासंघका उपाध्यक्ष रीता गुरुङ, आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एम बि थापा, मगर संघ हङकङका अध्यक्ष चन्द्र ज्योती आले, पाल्पा श्रीनगर समाज हङकङका सस्थापक अध्यक्ष गणेश जंग रानालाइ अाशन ग्रहण गराएका थिए ।

अन्य अतिथिमा लुम्बिनी मञ्च हङकङका उपाध्यक्ष टोप चन पुन, गुल्मी समाज हङकङका अध्यक्ष तिलक गाहा, स्याङजा जन सेवा समिति हङकङका अध्यक्ष कोमल गुरूङ, बाग्लुङ समाज हङकङका प्रतिनीधि याम बहादुर बुढाथोकी, तनहुँ समाज हङकङका जंग थापा, हङकङ नेपाली महासंघ तथा मगर संघ हङकङका सल्लाहकार हर्क राना, जन सम्पर्क समिति हङकङका सभापति बशन्त श्रीनेट, हिनस तथा भ्वाइस इथिनिकका सम्पाादक बिनय शाह, र भुपु अध्यक्ष एक बहादुर राना, बल बहादुर थापा रहेका थिए । कार्यक्रममा स्वागत भाषण शिक्षिका प्रमिला दर्लामी र शुभ कामना मन्तव्य क्रमश विशेष अतिथिहरु चन्द्र ज्योती आले, एम बि थापा, रीता गुरुङ प्रुमुख अतिथी दुर्गा गुरुङले दिएका थिए ।

शुभकामना मन्तब्यकै क्रममा आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एम बि थापाले पाल्पा एेतिहासिक, अति मनमोहक, सुन्दर र रमणीय दृश्यले सजिएको ठाँउ हो, भन्दै प्रशंसा गरेका थिए । पाल्पामा रहेको भैरबस्थान त्रिशुल, शित्तल पाटीमा रहेको मूल ढोका सन्सारमै सबै भन्दा ठूलो हो, रीडीको रानी महल, तानसेनको दरबार जस्तो एेतिहासिक दरबार रहेको बताए । त्यसतै बाह्रै महिना एउटै मोैशमी साद्रता, सदाबहार न गर्मी न जाडो भन्दै मन लोभ्याएका थिए । श्रीनगर डाँडाबाट सन्सारकै अग्लो हिम शिखरहरू अबलोकन गर्न सकिने कुरा जानकारी पनि गराएका थिए ।

अन्तमा कार्यक्रमका अध्यक्ष दर्लामीले कार्यक्रमलाइ नोैमति बाजा निशुल्क उपलब्ध गराएर उपस्थित पाहुनाहरूलाइ भरपुर मनोरञ्जन गराइदिनुहुने बाजा समुह लगायत सम्पूर्ण पाल्पाली गैरपाल्पालीहरूलाइ कार्यक्रममा सहभागी जनाइ प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरीदिनु भएकोमा हार्दीक धन्यबाद दिदै कार्यक्रम समापन भएको जानकारी गराउदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम संचालन पाल्पा श्रीनगर समाज हङकङका सचिव झलक पल्लीले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %