बिजय मगर, कतार
नेपाल प्रवासी मगर संघ दोहा कतारको बिशेष बैठक मिति २९/०१/२०१५को बेलुकी दोहाको हिमालय रेष्टुरेन्टमा केन्द्रिय समितिका अध्यक्ष शरण थापामगरको अध्यक्षतामा बसेको उक्त बैठकमा केन्द्रिय का.वा.महासचिव बिजय मगरले बैठक सञ्चालन गरेका थिए । उक्त बैठकमा मगर संघ कतारको मातहतमा रहेको संपूर्ण ७ वटा एरिया समितिहरुवाट प्रतिनिधिहरु, सल्लाहकारज्यूहरु, कला तथा सांस्कृतिक बिभागका कलाकारहरु र मानार्थ सदस्यहरु ब्बिन राई र टेक रसाईली र अन्य केन्द्रिय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकले २०७१ साल फाल्गुण १५,१६ र १७ मा नेपालमा हुन गैरहेको अन्तर्राष्ट्रिय मगर सम्मेलनका लागी यस संस्थाको तर्फवाट प्रतिनिधिमा केन्द्रिय अध्यक्ष शरण थापामगर, केन्द्रिय कोषाध्यक्ष लिलम्वर चिदिमगर, नेपाल स्थित कतारका लागी अन्तर्राष्ट्रिय प्रतिनिधि पूर्व अध्यक्ष छत्र घले मगर र पर्यवेक्षकमा पूर्व सल्लाहकार डि.एन. मगर, रबि पुलामी मगर र पूर्व सल्लाहकार सदस्य प्रकाश आले मगरलाई तोकिएको थियो । उक्त सम्मेलनमा भाग लिनका लागी बिश्वभरमा स्थापना भएका मगर संघ संस्थाहरुलाई नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौंले निमन्त्रणा गरेको जानकारी बिदेश बिभागका संयोजक महेन्द्र थापामगरले जानकारी दिएका थिए ।
यसै गरी केन्द्रिय अध्यक्ष अध्यक्ष शरण थापामगर चार(४) महिनाको लागी छुट्टीमा कतारवाट नेपाल जान लाग्नु भएकोले संस्थाको हरेक कार्यहरुमा अध्यक्षता गरीदिन हुनका लागी केन्द्रिय प्रथम उपाध्यक्ष महेन्द्र थापामगरलाई का.वा.को रुपमा कार्यभार सुम्पेका थिए । उहांको सम्पर्क नं.००९७४—७७४११२४७ र ईमेल आई.डी. thapamahendra611@gmail.com रहेको पनि संस्थागत जानकारी गराईएको थियो ।
उपस्थित सम्पूर्ण सदस्यहरुवाट खादा ओढाएर उहांको शुभ यात्राको कामना गर्दै नेपालको बसाई सुख र आनन्दमय रहोस भन्दै केन्द्रिय अध्यक्ष अध्यक्ष शरण थापामगरलाई शुभकामना दिईएको थियो ।
अन्तमा, अध्यक्षज्यूवाट सम्पूर्ण एरिया समितिहरुवाट प्रतिनिधिहरु, सल्लाहकारज्यूहरु, कलाकारहरु, केन्द्रिय सदस्यहरुलाई बैठकमा उपस्थित भई दिनु भएकोमा धन्यवाद दिंदै बैठकलाई समापन गरेका थिए ।