बहराईनमा नेपाली “इन्द्रेणी साँझ” हुँने

Read Time:3 Minute, 50 Second

कृष्ण सारू मगर

बहराईन , ३१ जनवरी – बहराईनको राजधानी मानमा स्थित ताज नेपाली रेस्टुरेन्टको सभा हलमा नेपाली इन्द्रेणी समूहले दोस्रो साँसकृतिक प्रस्तुति “इन्द्रेणी साँझ” २०१५ को पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

  सो पत्रकार सम्मेलनमा इन्द्रेणी नेपाली समूहले आफ्नो दोस्रो प्रस्तुतिको लागि नेपाल बाट आमन्त्रण चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने साथै सो, कार्यक्रमको प्रवेश शुल्क बाट संकलित रकम नेपाल स्थित अपाङ्गहरुको सहयोगार्थ आफ्नो दोस्रो कार्यक्रम गर्न लागेको जानकारी पनि संयोजक राम बर्तौलाले जानकारी दिएका थिए ।

त्यस्तै गरी “इन्द्रेणी साँझ २०१५” लाई आफ्नो बेजोड प्रस्तुतिको लागि नेपाल बाट चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक-पशुपति शर्मा, लोक तथा दोहोरी गायिका-चन्दा अर्याल, आधुनिक तथा पप गायिका-मिलन अमात्य, नृत्यकार-रश्मी तामाङ, नृत्यकार-सगुन श्रेष्ठ, आधुनिक तथा सेलो गायिका-सरिता पाख्रिन लामा, भद्रगोलका हास्यकलाकारहरु-अर्जुन घिमिरे र कुमार कट्टेलको साथमा बृहत साँस्कृतिक कार्यक्रम रहने जानकारी दिएका थिए ।

साथै साँस्कृतिक कार्यक्रम “इन्द्रेणी साँझ २०१५” लाई विशेष सह्योग नेपाली क्लव बहराईन रहेको पनि जानकारी दिएका थिए ।

सहज वातावरण होस् भन्ने हेतुले टिकट पाईने स्थानहरू ताज नेपाली रेस्टुरेन्ट मनामा, शितल नेपाली रेस्टुरेन्ट मनामा , मुस्कान नेपाली रेस्टुरेन्ट मनामा , नेपाली कोल्ड स्टोर्स मामिर, ओरेंटियल सुपर मार्केट आस्री लगाएतका ठाँउहरूमा समेत ब्यावस्था रहेको आयोजकले जानकारी दिएका थिए ।

टिकट दर क्रमश: बिडी ७/- र बिडी ५/- बिभाजन भएको पनि जानकारी दिएका थिए ।
सो कार्यक्रम ६-मार्च २०१५ को दिन साँझको ४:३० बजे देखि अल राजा स्कुलको सभा हल ( शिफा अल जजिरा हस्पिटलको ठिक पछाडी) हुनेछ ।

सोही अवसरमा बोल्दै इन्द्रेणी नेपाली समूहको संयोजक समेत रहेका राम बर्तौलाले बैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा सफल बनाई दिनको लागि अनुरोध समेत गरेका थिए ।

सोहि अवसरमा ३०-जनवरी२०१५ का दिन इन्द्रेणी नेपाली समूह बहराइनले आफ्नो ७ सदस्यीय कार्यसमितिको नाम पनि सार्वजनिक गरेको छ । जसमा संयोजक-राम बर्तौला, महासचिव-अजित घाम्बोले कोषाध्यक्ष-राजु सुनाम रहेका छन् ।

सदस्यमा क्रमश: कबिन ब्लोन तामाङ, कुलबहादुर सुनाम ,रबिन कार्की र रित श्रेष्ठ रहेका छन् ।

फोटो:कृष्ण हमाल ठकुरी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %