ल्हुक–ल्होछारको अवसरमा कतारमा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

Read Time:6 Minute, 2 Second

कर्म सिङ लामा

दोहा कतार ३० जनवरी नेपाल प्रवासी तामाङ समाज कतारले गत २३ जनवरी २०१५ का दिन ल्हुक ल्होछार पर्व भब्यताको साथ मनाएको छ ।
विगत एक दशक देखि नै आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण र संवर्द्धनगरी राखौ भन्ने मुल नाराका साथ, प्रत्येक वर्ष तामाङहरुको महान मौलिक चाड तथा राष्टिय पर्ब ल्होछारलाई भब्यताका साथ मनाउँदै आउने क्रममा, समाजको कोष अध्यक्ष रोशन दोङ्ग तामाङ्को संयोजकत्वमा २३ जनवरी २०१५ का दिन ल्हुक ल्होछार पनि भब्यताको साथ सम्पन्न गरेको छ। दोहा स्थित गल्फ पाराडाइस ४ तारे होटेलमा बिबिध सास्कृतिक झाकी सहित हर्षउल्लास को साथ समाजका अध्यक्ष माइला वाइबा तामाङ्को सभापतित्व, नेपाली उप नियोग प्रमुख एवं कार्यबाहक राजदुत श्री गणेश ढकालज्यु को प्रमुख आथित्यमा सम्पन्न भयो ।

बिशेष अथितिहरु जनजाती महसघ कतारका अध्यक्ष सिया राम चौतारी एन आर एन आइसिसि उपाध्यक्ष टीबी कार्की आर एन एन सिसि अध्यक्ष मक्सुद आलम अन्य अथितिहरुमा तमुसमाजका अध्यक्ष कृष्ण गुरुङ, माझी सेवा समाज  प्रथम उपाध्यक्ष  भारत माझी, मगर समाज दोहा कतार अध्यक्ष शरण मगर धनकुटा सेवा समाजका अध्यक्ष दुर्गा तामाङ् रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतारको सचिब कर्म सिङ लामा सुनुवार सेवा समाजका, अध्यक्ष सोम सुनुवार नेपाली महिला सेवा समाज कतारका अध्यक्ष रेखा राइ सन्ध्य ग्रुपका सल्लाकार बिरेन्द्र यक्थुपा ओखल ढुंगा सेवा समाज सचिब, दिलन बाम्बुले राइ लगायत जनजाती मह संघ कतारमा अबद्दा १२ ओटा मातृ सस्थाको प्रतिनिधि हरु विभिन्न संचार मध्यमका पत्रकार हरु पाकिस्तानी पत्रकार अस्राब सिद्दिका, र रिज्बी लगायत थाईवान, चिन, लगायतको देशको नागरिक हरुको पनि उपस्थितिमा रहेको थियो नेपाल प्रबासी तामाङ् समाज स्थापनाको दशौ वर्षा पुगेको उपलक्ष्यमा स्मारिका बिमोचन गर्दै समाज स्थापना देखि नै अमुल्या योगदान सर सल्लाह दिदै आउनु भएको लामा गुरु थर्चा लामा र बिशेष सल्लाकार सुक बहादुर तामाङ् लाई उहाहरु को सहयोगको उच्च मुल्यांकन गर्दै प्रमुख अथिति द्वारा कदर पत्र दोसल्ला ओढाएर सम्मान गरियो कार्यक्रममा विशेष अतिथि सियाराम चौधरी, टीबी कार्की, मक्सुद आलाम, मातृ संस्थाको तर्फबाट कृष्ण तमु, प्रमुख सल्लाहकार शंखलाल तामाङ, महिला विभाग प्रमुख मीना तामाङले पनि शुभकामना मन्तव्य राखेका थिए ।

भने समाजका सह कोष अध्यक्ष तिर्थ थिङ्ग तामाङ् र लामा गुरु थर्चा लामाले ल्होछारको बारेमा प्रस्ट पारेका थिए । कार्यक्रमको सुरुवातमै लामा गुरु थर्चा लामा, ग्याम्जो लामा, वाङचु लामा र प्रकाश लामा, चतुर लामालगायतका लामा गुरुहरूले पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षमा पृथ्वीका सम्पूर्ण मानव जातिसहित प्राणीहरूको सुख शान्ति, दीर्घायुको कामनासहित पुजापाठ गरेका थिए ।
ल्होछार प्रेमी तामाङ् र गैर तामाङ् हरुको बाक्लो उपस्थित रहेको कार्यक्रममा नेपाल बाट आउनु भएको कलाकार द्वय रामला पाख्रिन र युपी मंग्रेश्षा र दोहामा रहेको स्थानीय कलाकार हरु द्वारा कार्यक्रम अबधिभर भर पुर् मनोरंजन प्रदान गरेका थिए तामाङ् जातिको मौलिक सस्कृति झल्किने गरि, लामा नाच, झाक्री नाच हरु प्रस्तुत गरेको थियो  ल्होछार संयोजक र रोशन दोङ्ग तामाङ् सह संयोजक  दिल दोर्जे तामाङ् र अध्यक्ष माइला वाइबा तामाङ्ले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण प्रायोजकहरु स्वयम् सेवकहरु कार्य समिति सदस्य हरु र उपस्थित सबै लाई धन्यवाद दिएका थिए ।

समाजको प्रथम उपाध्यक्ष कुमार मोक्तान र सदस्य सुमन लामा को आकर्षक कार्यक्रम संचालन प्रस्तुतिले झनै कार्यक्रम रौनकता छाएको थियो । गत शनिबार बेलुका नेपाल बाट आमन्त्रित कलाकार द्वयलाई दोहा स्थित वेलकम डांइन होटेलमा बिदाई कार्यक्रम गरि सम्मानपत्रका साथै माया को चिनो सहित बिदाई कार्यक्रम सम्पन्न गरियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %