जीवनमा पुग्नै पर्ने ठाउँ , प्रथम शहिदको बुङ्कोट गाउँ

Read Time:7 Minute, 31 Second

फोटो फिचर,रिपोर्ट / बिजय हितान

   प्रथम शहीद लखन थापामगरको १३८ औं स्मृति दिवस नजिकँदै जाँदा उनिको बारेमा सदाझैं फेरी केही लेख्न मन लाग्यो । म पनि देसको लागि निस्वार्थ ज्यानको बलिदान दिने शहीदको आराधाना गर्ने अन्य नेपाली जस्तै एक परें । ति जानअन्जान शहीदहरु जसले नेपाली जनताको अधिकार, समाबेसि, प्रजातन्त्र प्राप्ती र निरङ्कुशताको प्रतिबाद गर्ने क्रममा आफ्नो रगत बगाए सबैमा मेरो अभिबादन !

निरङ्कुश राणाशासन बिरुद्द आवाज उठाए बापत मर्नु परेको भनेर चिनिएका गोर्खाका लखन थापामगर पहिलो शहीद थिए भनेर नेपाली जनजिब्रोले बोलिसकेको छ । यस्ता महान पुरुश कुन ठाउँमा जन्मेका रहेछन, कहाँ बसेर निरङ्कुस शासनको बिरुद्द मुक्तिको बिकुल बजाउँदै बिद्रोह छेँडेका रहेछन, र कस्तो भेगमा शहादत प्राप्त   गरेका रहेछन भनेर बुझ्न मलाई उहिले देखिनै रहर थियो ।

  सन २००० तिरको हङकङको बसाइ देखिनै यिनको बारेमा केही अद्ध्यन र अनुसन्धान गर्दागर्दै स्मृति दिवसको वरीपरी मन्तब्य लेखेर पत्रपत्रीकामा छपाएँ । उनको बारेमा कबिता रचेर बाचन् गरें । गत बर्ष त एक नाटक पनि लेखे । केही बर्ष यता यिनको स्मृति दिवसको सम्योजक बनेर काम गर्ने सौभाग्य पनि पाइयो । तर त्यतिमै चित्त बुझेको थिएन । एकदिन उनी जन्मेको र संघर्श गरेको ठाउँ गोर्खाको बुङ्कोट गाबिस, काउले गाउँ, भङ्गार टोल जाने बिचार उम्रेको थियो । हिन्दूमार्गिलाई पशुपती, बुद्दमार्गिलाइ लुम्बिनी र मुस्लिमलाई मेक्का मदिना पुग्न मन लाग्छ नि त्यस्तै । त्यो सपना गत बर्ष सन २०१४ नोभेम्बरको मेरो नेपाल भ्रमणको बेला साकार भयो ।

  सर्बप्रथम प्रथम शहीद लखन थापामगर प्रतिस्ठानका पदाधिकारीहरुलाई काठमान्डुमा एक कार्यक्रमकाबिच भेटें । प्रतिस्ठानले प्रारम्भिक सर्बेक्षण गरी बुङ्कोटलाई एक पर्यटकिय ईलाकामा परिणत गर्ने प्रतिबेदन सरकारलाई बुझाउन लागेको त्याहाँ था लाग्यो ।  उनिहरुलाई भेटेपछी ‘पूजारीहरुलाई भेटें, अब मन्दिरको बाटो त यिनिहरुले देखाइदिन्छन नि’ जस्तो लाग्यो ।

रुल आले, प्रतिस्ठानका अध्यक्ष, जो स्वयम गोर्खाबासी हुन र शहीद लखन थापामगरको बारेमा मास्टर डिग्रीमा थेसिस गरेर किताब प्रकाशन गरेका छन; सँग त्यसको एक हप्ता पछी त हामी गोर्खातिर लागि हाल्यौँ । कलङ्किबाट चढेको माइक्रो आबुखैरेनी हुँदै दरौंदिको तिरैतिर उकालो लाग्यो । गोर्खा बजार आधादिनमै पुगियो । गोर्खा पुगेपछी गोर्खा दरबार र सङ्राहलय हेर्न छुटाउन त भएन । यि दुईको छोटो भ्रमण पछी ४ बजेको बस समातेर हामी बुङ्कोट लाग्यौँ । दिनको दुइचोटी बस चल्दो रहेछ ।

  घुमाउरो धुले बाटोका मोडलाई काट्दै; सल्ला, धुपी, चिलौनिले ढाकिएका सामुदायिक बन र उत्तर छितिजमा आकाशलाइ छुला छुला जस्तो गरेको मनास्लु हिमालको झ्यालबाट द्रिस्यालोकन गर्दै डेढ घण्टापछी काउले झर्‍यौं । ५ मिनेटको गोरेटो बाटोले पुर्‍यायो हाम्लाई भङ्गार- शहीद लखन र उनका सहयोगी जयसिङ चुमी खेले हुर्केको ठाम । राजकुमार आलेका परिवारले सन्चालित होमस्टेमा बास बसियो । लोकल कुख्रा र पार्सेको सागसँग भात खाइयो । लोकल रक्सी, दुध र मइ पिइयो । अर्को दिन बिहानै शहीद लखन तथा जयसिङ चुमी युवा क्लबका अध्यक्ष रुद्र रानामगर  लगायत अन्य सदस्यसँग किल्ला र झुन्डाइएको ठाउँ हेर्न गइयो ।

  त्यस परिसरमा उबिदा मैले बि स १९३३ फाल्गुण २ गतेलाई सम्झे जुन दिन देबिदत्त गणद्वारा लखनलाई खिरआको बोटमा झुन्डाइएर मारिएको थियो । उनको लाश बोटमै सुकेर बिलाएको थियो रे । हालमा त्यस ठाउँमा शहीद लखन थापामगर प्राथमिक बिद्यालय र उनको प्रतिमा स्थापना गरिएको रहेछ । वास्तबिक मान्छेको कदको प्रतिमा देखेर साछात लखनलाई नै भेटेको अनुभुती भयो । अङ्गालो मारेर फोटो खिचायौं । एउटा खोल्सा तरेर पारीपट्टी चढेपछी भयरीको थान रहेछ । उतिबेला लखनले पूजा गर्थे रे । त्यसैले अैले पनि हरेक साल पुसे पञ्चमिमा गाउँलेहरुले बोका कुख्रा चढाएर भब्य पूजा गर्दा रहेछन । दस मिनटजति बारीका कान्लामा हिंडेर तल झरेपछी लखन गुफा अवलोकन गर्यौँ । उहिले यसलाई झाँक्रि गुफा भनिन्थ्यो रे । ति पाखाहरु सबै अैले जससिङ चुमिका सन्तानले कमाउदारहेछन । लखनका सन्तानको भने त्याहाँ नाम निशाना रहेनछ । उनका सन्तान सबै उहिल्लेनै भागेर दार्जलिङ पलायन भएका रे ।

यो भ्रमणपछि मलाई लाग्यो यदी कुनै नेपालीले शहीद प्रती सदभाव राखदछ भने सच्चा श्रद्दानजलि त प्रतछ्य बुङ्कोट पुगेर मात्र अर्पण गर्न सकिन्छ । त्यसैले मैले सम्पूर्ण स्वदेशी बिदेशी नेपालीहरुलाई एकचोटी यो ठाउँ भ्रमण गर्न आव्हान गर्दछु । जसले गर्दा एकातिर शहीद हुर्के खेलेको माटोलाई छुन सकियो आफ्नै पाइलाले भने अर्कोतिर पर्यटक भएर गएपछी त्याहाँका पिछडिएका जनतालाई केही आर्थीक लाभ हुनेभयो । साथै सरकारको ध्यान आकर्सित भै राज्यले एक शहीदप्रती दिनुपर्ने सम्मान शहीद लखन थापामगरले पाउँथेकी भन्ने पनि हो । त्यसैले एकचोटी बुङ्कोट भ्रमण गरौं लखनको सपनालाई साकार पारौं ।

गोर्खा बाट फर्केर/हाल बेलायत 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %