पार्टीको रजत महोत्सव सृजनात्मक हुनेछ – अस्लामी

Read Time:4 Minute, 29 Second

राष्ट्रिय जनमुक्ति पार्टीका उप महासचिव टोप अस्लामी मगरसंग राज्यसत्ताका  लागी सनु थापाले गरेको कुराकानीको सम्पादित अंशः। 

 

सनु: राजमुपाको २५ वर्षे इतिहासलाई छोटकरीमा कसरी केलाउनु हुन्छ ?

अस्लामी  – राष्ट्रिय जनमुक्ति पार्टीको २५ वर्षे इतिहास गौरवमय छ । मूलतः राष्ट्र निर्माणका लागि मौलिक विचारधारा यसको सवल पक्ष सावित भएको छ । यो लामो यात्रा पछि मूलुकको आमूल परिवर्तनका लागि जे जस्ता मुद्दाहरु पार्टीले उठाउँदै आएको थियो, ती मुद्दाहरुको वैधता कायम भएको छ ।नेपाली जनताको लागि अबको दीर्घकालिन राजनीतिक भरोसा भनेकै जनमुक्ति मात्र हो ,पार्टी स्थापनाकालदेखि आफ्ना मुद्दामा अडिग त छ नै साथै निरन्तर संघर्षशिल छ । यस अर्थमा पार्टीले अबका दिनमा मूलुकको आमूल परिवर्तनका लागि आवश्यक नेतृत्वकारी भुमिका निभाउन सक्ने तहमा स्थापित भईसकेको छ । आम जनसमुदायलाई पनि जनमुक्ति एउटा उदाउँदो राजनीतिक शक्ति हो भन्ने लागिरहेको छ । नेपाली जनताको लागि अबको दीर्घकालिन राजनीतिक भरोसा भनेकै जनमुक्ति  मात्र हो ।

सनु: अहिलेको सन्दर्भमा पार्टी कसरी अगाडि लैजाने सोचमा हुनुहुन्छ ?

अस्लामी  – पार्टीलाई परम्परागत शैली भन्दा केही फरक ढङ्गबाट अगाडि लैजाने सोंच छ । आज सम्म जे जसरी आन्तरिक रुपमा छलफल हुँदै आएको थियो अब त्यसलाई पार्टी र देशको लागि व्यवहारिक रुपमै लागु गरेर अगाडि बढ्ने निर्णय पनि भएको छ ।

सनु: पार्टीले के गर्नु पथ्र्यो ? के गर्न सकिएन ?

अस्लामी  – साँगठनिक पक्ष कमजोर रह्यो । यसमा राजनीतिक, साँगठनिक सबै पक्ष कमजोर रहेकै हो भन्ने हाम्रो ठहर रहेको छ । कतिपय कुरा समयलाई पर्खदा पनि पार्टीले तत्काल गर्न सक्ने कामहरु परिणाममुखी हुन सकेनन् । 

सनु:पार्टीमा के के कमीकमजोरीहरु रहे ?

अस्लामी  – कुनै पनि संगठनमा कमी कमजोरी त हुन्छन् नै । मूलुकका लागि एउटा वैकल्पिक मार्ग दिएर अगाडि बढेको राजनीतिक दलले गर्न नसकेका राजनीतिक सांगठनिक कमीकमजोरी बारे कुनै दिन फेहरिस्त नै आउला ।

सनु: पार्टीलाई अझै मजबुत बनाउन के के गर्नुपर्छ ?

अस्लामी  – पार्टीगत रुपमा गर्नु पर्ने त्यस्ता धेरै काम छन् । मुख्यतः संगठन निर्माण र त्यसको सही परिचालन नै हो । त्यस बारे पार्टी सचेत छ ।

सनु: रजत वर्षको सन्दर्भमा पार्टीले के सोच बनाएको छ  ?

अस्लामी  – पार्टीले भनेको छ — रजत वर्ष सृजनशिल वर्ष । यस सोंचलाई कार्यान्वयन गर्न पार्टीको हालै सम्पन्न संघीय परिषदको १५ औं बैठकले पार्टी महासचिव केशव सूर्यवंशीलाई संयोजकको जिम्मेवारी पनि दिएको छ । पार्टीको रजत वर्ष सृजनात्मक हुनेछ ।जनमुक्तिले यस बारेमा जुन सोंच लिएको छ नेपालकै राजनीतिक इतिहासमा यो उदाहरणीय हुनेछ । मूलुक निर्माण अभियानमा नयाँ ढङ्गले कसरी जान सकिन्छ भन्ने बारेमा पछिको पुस्तालाई पनि राम्रो सन्देश दिने पार्टीको इच्छा हो । जनमुक्ति विचारधाराबाट नै मूलुक बनाउन सकिन्छ भन्ने आत्मविश्वास हामीले निर्माण गर्न चाहेका छौं ।

(सनु — बुटवल बाट प्रकाशित अर्धसाप्ताहिक सँघिय एक्सप्रेसका सम्पादक हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %