बिजय मिरिङचिङमगर, कतार

कार्यक्रममा अतिथीहरु्मा केन्द्रिय समितिका प्रथम उपाध्यक्ष महेन्द्र थापा मगर, केन्द्रिय कोषाध्यक्ष लिलम्वर चिदिमगर र दोहा एरिया समितिका कोषाध्यक्ष रबी पुलामी मगर थिए । उक्त भेलाले अमृत राना मगरको(गोर्खा) अध्यक्षतामा ९ सदस्यीय वक्रा एरिया समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तिल ब.रोका मगर (म्याग्दी), सचिवमा दिपक योक्याई मगर(मोरङ), सहसचिवमा अर्जुन ब. मगर( ), कोषाध्यक्षमा सुक्र ब. मगर (धनकुटा), सदस्यहरुमा कर्ण ब.सुसलिङ मगर(महोत्तरी) गरी नेपाल प्रवासी मगर संघ, वक्रा एरिया समिति दोहा कतार पुर्नगठन गरेको छ ।
कार्यक्रमको औपचारिकता सँगै शुरु भएको उक्त भेलामा अतिथीहरुद्धय केन्द्रिय कोषाध्यक्ष लिलम्वर चिदिमगरले मगर संघ कतारले आर्थिक रुपमा के कति फड्को मारेको छ भन्ने जानकारी दिएका थिए भने प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले यस संस्थाले विश्वमा रहेको मगर संघ संस्थाहरु संगको सम्वन्ध र नेपाल मगर संघ, केन्द्रिय समिति सँगको सम्बन्ध वारेमा प्रष्टाएका थिए ।
मन्तब्य कै क्रममा प्रमुख अतिथी शरण थापा मगरले संघको वर्तमान अवस्था बारेमा अनी मगर र मगर संघको बारेमा चर्चा गर्नुहुँदै वक्रा एरिया समिति शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना पनि दिएका थिए भने अन्तमा सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गरे ।
कार्यक्रमकै शिलशिलामा भेलाले समिति सर्बसम्मतले निर्वाचित गरेपछी प्रमुख अतिथी शरण थापामगरले निर्वाचित पदाधिकारीहरुलाई शपथ खुवाएका थिए । अन्तमा निर्वाचित समितिका अध्यक्षले मगर र मगर संस्थालाई अगाडी बढाउन वक्रा एरिया समिति संधै तदारुकता साथ लागी रहने बताए ।