नेपाल प्रवासी मगर संघ,दोहा कतारको सांस्कृतिक बिभाग को बनभोज सम्पन्न

Read Time:2 Minute, 20 Second
बिजय मिरिङचिङ मगर,

कतार-नेपाल प्रवासी मगर संघ, दोहा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभागले सांस्कृतिक बिभागका संयोजक बिजय मगरको संयोजकत्वमा २३ जनवरी २०१५का दिन मगर संघ,कतारका केन्द्रिय समितिका अध्यक्ष शरण थापामगरको प्रमुख आतिथ्यमा दोहा को रुम्मेला पार्कमा रमाईलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा माघि पर्व २०१५ सफल पार्नु हुने उपसमितिका संयोजक लिलम्वर चिदिमगरले कलाकारहरुलाई ह्दय देखि संस्थाका तर्फवाट र ब्यक्तिगत तर्फवाट धन्यवाद दिएका थिए । कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीहरु र सांस्कृतिक बिधामा आवद्ध संस्थाका मगर तथा गैरमगर सम्पुर्ण कलाकारहरु उपस्थित रहेको थियो ।  
कार्यक्रममा प्रमुख अतिथि शरण थापामगरले मगर हरुको मौलिक परम्परा, कला तथा संस्कृतिहरु जोगाउने उद्धेश्यले गठन भएको यस बिभागले उल्लेखेनिय भुमिका खेल्दै दोहा कतारमा हुने हर कार्यक्रममा जस्तो कि मगर दिवस, दोहामा स्थापना भएका संस्थागत कार्यक्रमहरुमा, कतारका बिभिन्न खुशियाली पर्वहरु ईद तथा  नेशनल डे मा मगरहरुको मौलिक नाचहरु सालैजो, हुर्रा, कौराहा, सोरठी, झ्याउरे, मारुनी, भुम्या आदि नाचहरु प्रस्तुत गरी मगरहरुको संस्कृति जोगाई कतार तथा नेपाली जनमानसमा मगरको पहिचान अनी संस्कृतिलाई चिनाउन सहयोग गरेकोमा यस बिभागप्रति आभार प्रकट गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा संम्पुर्ण कलाकारहरुलाई लिएर डुँगामा घुम्दै दोहा कतारको समुद्री सतहमा रमाईलो गर्दै नाच्दै गाउंदै बेलुकी ७ वजे कार्यक्रम बिर्सजन गरिएको थियो ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %