कृष्ण सारू मगर
बहराईन , २५ जनवरी – गएको २२ जनवरीमा बहराईन तामाङ समाजको आयोजनामा २८५१औँ सोनम ल्होछार “ताम्बा गान्बाला ताम ङयान्गे , मोक्कोन तमाङ्गसे ल्होछार दाङे ” भन्ने मुल नाराका साथ तामाङ मेन्दो १०८ छुमी शान्तिका द्धिप प्रज्वलन गरी शुभारम्भ भएको थियो ।
सो कार्यक्रमका प्रमुख आतिथीमा नेपाली राजदुतवास बहराइनका श्रम सहचारी विश्वराज न्यौपाने थिए ।
विषेश अतिथिमा इन्दिरा गोले गुरूङ, अशुसेन लामा, तामाङ र नेपाली दुतावासका तृतिय सचिव ओम भण्डारी, वरिष्ठ समाजसेवी गम ब. गुरूङ, खेवा गान्बा ह्योल्मो लामा तामाङ, नेपाल आदिवासी जनजाति महासंघ बहराईनका नगेन्द्र चाम्लिङ राई रहेको थिए ।
अतिथिहरूमा विभिन्न संघ संस्था संगठनका प्रतिनिधिहरु लगायत अनलाईन मिडिया तथा पत्रकारहरूको साथमा सबै जातिहरूको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रावण मिक्चन तामाङ थिए भने, स्वागत मन्तब्य नवीन तामाङ र कार्यक्रम संचालन जयेन्द्र घिसिङ तामाङले गरेका थिए ।
प्रमुख अतिथि विश्वराज न्योपानेले तामाङहरूको महान चाँड सोनम ल्होछारको अवसरमा शुभकामना दिएका थिए । शुभकामना दिदै उनले भने दुतावास बहराईनले आगामी २४ नोमेम्बर भन्दा पछि सो हस्तलिखित राहदानी बाट अन्तराष्ट्रिय यात्रामा ट्रावल गर्न रोक हुने जानकारी गराउँदै सर्वसाधरण नेपाली नागरिकहरू माथी भविश्यमा आउँन सक्ने समस्याहरू लाई ध्यानमा राखी सहज होस् भन्ने हेतुले सार्वजनिक विदाको दिनमा पनि जहाँ नेपाली कामदारहरूको जनघनत्व रहेको छ सो एरियामा कैम्पिङ रहने समेत जानकारी दिएका थिए ।
शुभ-कामना दिने अन्य अतिथिहरूमा नेपाल आदिवासी जनजाति महासंघका प्रमुख सल्हाकार समेत रहेका नगेन्द्र चाम्लिङ राईले हामी नेपाली आदिवासी जनजातिहरूको परापुर्व काल देखी नै मौलिक, कला, संस्कृति सम्पदाको धनि देशहरू मध्ये हाम्रो नेपाल पनि एक हो । उनले थपे यसरी नै हरेक जात, जातिहरूले आफ्नो परम्परालाई जगेर्ना गर्नु नै हरेक जातिय पहिचानको अस्तित्व संरक्षण गर्नु हो ।
उनले मन्तब्यको क्रममा पुर्व दुतावासका प्रमुखले गरेका केही कमी कमजोरीहरू औँल्याउँल्यादै आगामी दिनहरूमा बहराईन स्थित समाजिक अवधारणा बोकी स्थापना भएका बिभिन्न संघ, संस्था, संगठनले समाजको प्रगति र उन्नतिको उद्धेश्यलाई सदैव नेपाली दुतावास बहराईनको साथ, सह्योग समर्थन रहोस् भन्दै पुर्ण आशा, अपेक्षा सहित बिकृति, विसंगति, जस्ता गलत कृयाकलापको लागी हरेक कोण बाट नेपाली दुतावास बहराईन लाई सघाउ रहने समेत बताएका थिए । सो कार्यक्रममा जनसंपर्क समितिका पदम सुन्दर गुरूङले पनि शुभकामना दिएका थिए ।
सो कार्यक्रममा सागर तामाङलाई सम्मान गरिएको थियो । उनि २०१४ को जि.सि.सि. अन्तर्गत बहराइन स्थित पाँचतारे होटेलहरु वीच बारटेन्डरहरुको प्रतियोगितामा उत्कृष्ट भई बारटेन्डर मोनिन कपको फाईनलमा छनौट भएका थिए । ३४ राष्ट्र सम्मिलित उक्त फाइनल प्रतिस्पर्धामा फ्रान्सको (Elictric roof) ईलेक्ट्रिक रूफ शभाहलमा भएको प्रतिस्प्रधामा उनि छैठौँ स्थान सुरक्षित गर्न सफल भएका थिए । सो समारोहमा साँस्कृतिक सह:सचिव कविन तामाङ लाइ पनि सम्मान गरिएको थियो ।
दोष्रो चरणमा का.बा.महासचिव सोनम दोङ तामाङ र अनिल योन्जन तामाङले संयुक्त रूपमा सास्कृतिक कार्यक्रम संचालन गरेका थिए । सो कार्यक्रममा ईन्दिरा गोले गुरूङ तथा अशुसेन लामा र कलाकारहरूको साथमा सुरताल साँस्कृतिक समुह संगै स्थानिय कलाकारहरूको बेजोड प्रस्तुतिमा उपस्थित पाहुना गणहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष श्रवाण मिक्चन तामाङ र सास्कृतिक सचिव नविन तामाङले संयुक्त रूपमा नेपाल बाट आमन्त्रण बिषेश अतिथि ईन्दिरा गोले गुरूङ तथा अशुसेन लामा कलाकार दुवै जना लाई सम्मान स्वरूप कदर पत्र प्रदान गरेका थिए ।
कलाकार द्वोयको अमुल्य सह्योग प्रति सदैव आभारी रहेको बताउँदै कार्यक्रम सभ्य र भब्य सम्पन्न गर्न उपस्थित सम्पुर्ण आगन्तु पाहुना गणहरूमा तामाङ समुदायहरूको २८५१औँ नयाँ वर्ष भेँडा वर्ग प्रवेश अर्थात (ल्हुक-ल्होछार) को सु:खद उपलक्षमा सबै जाति, धर्म वर्गहरूमा सु:ख, शान्ति, समृद्धि, सु-स्वास्थ तथा दिर्घायूको कामना गर्दै कार्यक्रम समापन गरेका थिए ।