देब पचभैया
पाल्पा, माघ १२ – नेपाल आई,टि, एफ तेक्वाण्डो ब्ल्याक बेल्ट कमिटि पाल्पामा नया समिति गठन भएको छ ।
आई,टि,एफ, मदरल्याण्ड तेक्वाण्डो डोजाङ्ग पाल्पाकी प्रशिक्षक सन्जु कार्कीको अध्यक्षतामा १९ सदस्सिय समिति गठन भएको हो । सिमा सारु उपाध्यक्ष , बिकास थापा सचिब, थम बहादुर घर्ती मगर सहसचिब र कोषाध्यषमा बिर बहादुर मगर चयन भएका छन् ।
आई,टि, एफ, मदरल्याण्ड तेक्वाण्डो डोजाङ्ग कैलाशनगरमा भएको भेलाले बिपिन सुनाम, प्रसंसा रेग्मी, समीक्षा थापा, प्रबिन बुढा, नबिन बुढा, दुर्गा मगर, बिपना चिदि, सन्जित दिनमीया, सहिम दिनमिया, बिनित कार्की, उज्वल गहतराज, बिरेन्द्र बुढा, दुर्जधन घर्तीमगर र प्रेम बुढा लाई सदस्यमा चयन गरेको अध्यक्ष सन्जु कार्कीले जानकारी दिए ।
नव निर्मित समितिको पहिलो बैठकले आई,टि,एफ तेक्वाण्डोका पुर्ब खेलाडी देब पचभैया र खेलकुद पत्रकार मंच पाल्पाका अध्यक्ष माधन अर्याल लाई सल्लाहकारमा चयन गरेको छ ।
भेलाले केही महिना भित्रमा पाल्पामा क्षेत्रिण स्तरको प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ ।