कृष्ण सारू मगर
बहराईन , जनवरी २४ -आगामी २० फेब्रुअरी २०१५ सुक्रवारका दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईन द्वारा समकालिन नेपाली साहित्यका प्रखर युवा कवि रामबहादुर तामाङको एकल कविता वाचन कार्यक्रमको आयोजना गर्न लागेको छ ।
नेपाली साहित्य श्रृजना एवंम् लुकेर रहेका प्रतिभाका धनिहरूको संरक्षण-संवर्द्धनमा विषेश टेवा दिई बचाउने अ.क.समाज बहराईको लक्ष रहेको संस्थाका महासचिव कुमार गुरूङले जानकारी दिएका छन । संस्थाकै कोषाध्यक्ष महतले थप्दै भने कला, संस्कृति मानव जीवनमा विभिन्न कोण बाट हरेक ब्याक्ति-ब्यात्तिलाई मन स्थिर बनाउने एउटा संगम स्थल रहेको बहुचर्चित राष्ट्रिय लोक तथा दोहरी गायक अशिम महतले बताएका छन् ।
सो कार्यक्रममा कविता, गीत, गजल, काब्य, साहित्य, श्रृजना पारखीहरू साथै समस्त नेपाली साहित्यानुरागीहरूमा शोभनीय उपस्थितिको लागि सबैलाइ आग्रह गर्दै अन्तराष्ट्रिय कलाकार समाज बहराईनका अध्यक्ष करन थापा मगरले राज्यसत्ता डटकम लाई जानकारी दिए ।
तपशिल स्थान:-
मिती:- २० फेब्रुअरी २०१५
स्थान:- चेम्बर अफ कमर्स हल, मनामा बहराईन
समय:- दिनको ३:०० बजे
आयोजक:- अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईन परिवार ।