पाल्पा काल्लाबारीका थमन साठीघरेलाई इजरायलबाट सहयोग

Read Time:4 Minute, 16 Second

माया घले मगर   

इजरायल , ९ माघ – इजरायलमा कार्यरत मगर समाजबाट पाल्पा जिल्ला खानी गाउ गाबिस- ३ काल्लाबारी निवासी थमन साठीघरे मगरलाई रु.१ लाख रुपैयाँ सहयोग गरीएको छ ।

श्रीनगर एफएम पाल्पाका स्टेसन म्यानेजर तथा राज्यसत्ता डट्कमका समचारदाता देब पचभैया मगरले समचार सम्प्रेषर्ण गरे पछि घाइते शिक्षक थमनबहादुर साठीघरे मगरलाइ सहयोग मिलेको हो । 

  नेपाल मगर समाज इजरायलका अध्यक्ष श्री बसन्त रास्कोटीमगरको संयोजत्वमा इजरायल,मल्लेसिया,अमेरिकाबाट पैसा संकलन गरी २२ जनवरी बिहिवार नेपाल मगर समाज इजरायलका सुभचिन्तक मिलन थापा मगर लगायतको टोलीले पिडित थमन साठीघरे मगर उपचारार्थ रहेको राजधानीस्थित सहारा फिजियोथेरापी अस्पतालमा गई सो रकम हस्तान्तरण गरिएको हो । श्री बसन्त रास्कोटीमगर ज्युको  यो महान कार्य लाई सरबत्र प्रशन्सा गरिएको छ ।

 त्यस्तै मलेसियामा कार्यरत पाल्पा जिल्ला खानी गाउ गाबिस-३ का भिमबहादुर राना मगरबाट रु,४२,७५० (बयालिस हजार सात सय पचास रुपैया) त्यसैगरी अमेरिकामा कार्यरत रुपेन्देही जिल्ला परोहा-गाबिस-४ का नारायण रास्कोटीमगर बाट रु.१५,००० पन्द्र हजार रुपयाँ सहयोग गरी जम्मा १ लाख ५७,७५०(एक लाख सन्ताउन्न हजार सात सय पचास रुपियाँ) सहयोग गरेका छन् ।

निज थमन साठीघरे मगर शैक्षिक पेसामा कार्यरत श्री रैना देवी हाईयर सेकेन्डरी स्कुल भुवन पोखरी ९ पाल्पा बाट श्रीमती र छोरी सगै घर खानी गाउँ गएर फर्कने क्रममा  गत चैत्र १ गते आफुले पढाउने स्कुलतर्फ परिवारसगै जिपमा बसेर आउदै गर्दा जिप दुर्घटनामा परेका थिए ।

ससक्त घाइते भएका श्रीमती र छोरी उपचार पछि केहि ठिक भएको छ भने वर्ष ३८ को थमन साठीघरे मगरको कम्मरको  हड्डीमा सक्त चोट लागेर कम्मर देखि मुनि दुवै खुट्टा चल्दैन ।  उनको दुवै खुट्टा दुखिरहने भएको हुनाले  डाक्टर उपेन्द्र देबकोटाले उनको उपचार गरिरहेका छन ।   उनलाइ एम आर आई मेजर अप्रेसन गर्नु पर्ने र यो उपचार धेरै महँगो भएको हुनाले सहयोगको लागि सबै संग अपिल गरिएको छ । 

हामी मानब हौँ मानवले मानबलाई सहयोग गर्नु नै मानवताको ठुलो धर्म हो वहाँको दुखेर तड्पि रहेका दुवै खुट्टा लाई हाम्रो सानो सहयोगले मलम लगाएर केहि क्षणभए पनि आरामको महसुश हुनेछ  ।

समयको खेल कति बेला कसलाई के हुन्छ कसैलाई थाहा हुदो रहेनछ । र प्रतिभाशाली शिक्षक थमन सर को दुर्घटनाले वहाँलाई जुन नाजुक स्थितिमा पुर्याएको छ र यस खबरले बिद्धार्थी साथै अभिभावक हामी नेपालीहरुलाई पनि उत्तिनै मर्माहित गराएको छ,  वहाँको सहयोगको लागि देश-विदेशमा रहनुहुने शुभ चिन्तक नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई सहयोग संकलन को लागि वहाँ थमन साठीघरे मगरको फोन.९८११५३११७१ र उहाको धर्मपत्नी हरिमाया मगरको फोन.९८४४७९३४३३ मा सम्पर्क गरी अथवा यो एकाउन्ट न .पनि उपलब्ध गराईएको छ यस एकाउन्ट नं. मा सहयोग संकलन गर्न सक्नु हुने छ ।

Thaman Bahadur Sathighare  

Nepal Investment Bank LTD ,

Palpa, NEPAL

Account no : 02605050277006.

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %