म्याग्दीमा ‘प्रतिविम्ब’, अधिकाँस कलाकार प्रबासि मगरहरू

Read Time:1 Minute, 24 Second

मनोज घर्तीमगर  

नेपाली कथानक फिल्म ‘प्रतिविम्ब’ को पहिलो च्यारिटि शो म्याग्दीमा हुने भएको छ ।

  नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजनमा रुची सिनेमा हल बेनी बजार माघ १७ गते विहान ११ बजे प्रदर्शन हुने भएको हो । द लाफा आर्टस इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्म किशोर रानामगरको लेखन र निर्देशन रहेको छ । राजकुमार बगरको शब्द, संगीत र कथा रहेको फिल्मको कोरियोग्राफी कमल राईले गरेका छन्, भने  द्वन्द्व निर्देशन शंकर महर्जन र छायांकन यम आलेमगरले गरेका छन् ।

फिल्ममा संचारकर्मी तथा गायक मनसुधन थापामगर, गायक कुमार राना, मिस मगर हङकङ कमला पुनमगर, पबित्र सारुमगर लगायत कलाकरको अभिनय देख्न पाईन्छ । मगर संस्कृतिमा आधारित फिल्म ‘प्रतिविम्ब’ को निर्माताहरु ज्ञानु थापा मगर, के.बी राना, नेत्र थापा, चन्द्रज्योती आलेमगर, अनिता रानामगर, छक्कु उदासी र गोमा पुन मगर लगायत छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %