सरलाको सुरिलो स्वरले निर्णायक मन्डलनै लठ्ठिए ।

Read Time:4 Minute, 45 Second

कृष्ण सारू मगर

बहराईन, १९ जनवरी २०१५-अन्तराष्ट्रिय कलाकार मञ्चको तत्वधनमा आयोजित बहराईनमा लुकेर रहेमा प्रतिभाहरूको खोजी कार्य फाईनलमा प्रवेश गरेको छ ।

  सभाध्यक्ष अर्जुन दुलाल, कल्याण घिमिरे, विश्वराज न्यौपाने, वरिष्ठ समाजसेवी गमबहादुर गुरूङले संयुक्त रूपमा पानसमा द्धिप प्रज्वलन गरी नेपाली राष्ट्रिय धुन संगै औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए । नेपाली गायक तथा गायिकाहरु लाई प्रतिस्प्रधामा एक जना मगर समुदायहरूको छोरी “पाल्पाली नेपालीहरूको चेली सहित पाँच जनालाई मनोनयन गरिएको छ ।

गएको १५ जनवरी बिहीवारको दिन साउथ पार्क रेस्तुरेन्टको सभाहलमा भएको आई.ए.एफ सिङगिङ आईडलमा उत्कृष्ठ नतिजा ल्याई फाईनलमा प्रवेशगरेका छन् ।

फाईनल प्रवेशगर्ने हरू :

१)सञ्जय थापा मगर

२) राम गुरुङ

३) सुरेन्द्र राइ (सोनम)

४) सरला पुन मगर

५) बिजय लावती छनौट भएका छन् ।

उक्त कार्यक्रमको निर्णायक मन्डलीमा सब्द रचना तथा वरिष्ठ संगीतकार लोक गायक विश्व बिनोद, वरिष्ठ गायक एवम संगीतकार प्रमोद कुमार थामी, वरिष्ठ संगीतकार एवंम गायक पोखराज श्रेष्ठले सरला पुन मगरको प्रतिभा देखेर अधिक प्रसंशा समेत गरे ।एउटी लोक गायिकालाई आधुनिक गीतमा ल्याउन त्यति सहज नरहेको तर , छोटो समयमै उनको त्यो मेहनतले गीत संगीत प्रतिको मोह देखेर आफुहरू अत्यन्तै खुसी रहेको जनाएका थिए ।

  उनले अझ धेरै मेहनत गरेमा उनको मन्त्रमुग्ध स्वरले भविश्यमा सर्वोच्च शिखर चुम्न सक्ने जिकिर गर्दै फाईनलमा प्रवेश गरेका सबै कलाकारहरूलाई वरिष्ठ समाजसेवी गमबहादुर गुरूङको सह्योगमा आयोजकले खादा ओढाई बधाई तथा शुभ-कामना दिएका थिए ।

अरुण क्षेत्रीले कार्यक्रम संचालक गरेका थिए भने गजेन्द्र बोहराले स्वागत मन्तव्य दिएका थिए । प्रमुख अतिथिमा नेपाल बाट आमन्त्रण गरिएका चलचित्र कलाकार कल्याण घिमिरे, विषेश अतिथि नेपाली दुतावास बहराईनका श्रम सहचारी विश्वराज न्यौपाने थिए अतिथि हरूमा नेपाली दुतावास कै तृतिय सचिव ओम भण्डारी थिए ।

त्यस्तै अन्य अतिथिहरूमा एनआरएनए बहराईनका उपाध्यक्ष सन्तोश दहाल, नेपाली क्ल्वका अध्यक्ष दुर्गाबहादुर गिरी, नेफिन बहराईनका अध्यक्ष जयेन्द्र घिसिङ साथै बिभिन्न संघ संस्था संगठनका प्रतिनिधि लगायत पत्रकार साथै शुभेच्छुक हरूको बाक्लो उपस्थितिले कार्यक्रम सभाहल खचाखच भरिएको थियो ।

  सो उत्कृष्ठ नतिजा ल्याई फाईनलमा प्रवेश कलाकारहरूलाई निर्णयक मण्डलले दिएको विवरण अनुसार कार्यक्रम संचालक अरुण क्षेत्रीले पाँच जना कलाकारहरूलाई आगामी ६ फेब्रुअरी २०१५ का दिन बहराईनको राजधानी मानमा स्थित डेलमन ईन्टरनेश्नल होटेलमा सम्पन्न हुने छ । नेपाली रंगमाञ्चमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु, लोक तथा दोहरी चर्चित गायक बद्री पङगेनी, राजेश पायल राईको साथमा कल्यान घिमिरे तथा केकी अधिकारीको विशेष उपस्थितीमा बृहत कार्यक्रम रहने जानकारी दिए ।

सभाध्यक्षले औपचारी कार्यक्रम समापन भएको घोषणा गर्दै आगामी ६ फेब्रुअरी २०१५मा हुने उक्त कार्यक्रमलाई भब्य सफल बनाउन सबै पक्ष संग सहयोगको लागी अन्तराष्ट्रिय कलाकार मञ्च बहराईन परिवारले हार्दिक अपिल समेत गरेको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %