राज्यसत्ता, १८ जनवारी, हंगकंग, मगर संघ हंगकंगको आयोजनामा मंकीहिलमा माघे सक्रान्ति कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । मगर पोषाकमा सजिएका मगर महिला तथा पुरुषहरु देख्दा मंकीहिल पुरै मगरमय भएको देखिन्थ्यो । माघे सक्रान्तिलाई मगरहरुले पितृ पुजा गरेर उपवास बसी कन्दमुल, बारा र बिभिन्न परीकार खाई मनाउने चलन छ । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा उपाध्यक्ष थल श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए । १९६४ मा जापानमा सम्पन्न भएको ओलम्पिकमा नेपालको तर्फबाट प्रथम खेलाडीको रुपमा बक्सिङमा भाग लिएका क्याप्टेन नामसिंग थापा मगरले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । विषेश अतिथिहरुमा आदिवासी जनजाति महासंघका अध्यक्ष एम वि थापा मगर, हंगकंग नेपाली महासंघकी उपाध्यक्ष रीता गुरुङ लगायत अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । संघका महासचिब बोध बिक्रम थापा मगरले औपाचारीक कार्यक्रम सञ्चालन गरेका थिए ।
ठेलो हान्ने र डोरी तान्ने खेल पनि खेलाइएको थियो । मगरको संस्कृति कौरा र सोरठी लगायत पञ्चै बाजा र अन्य नृत्यहरु र दोहोरी गीत पनि गाइएको थियो । संस्कृतिक कार्यक्रम तिलक सोमइ मगरले सञ्चालन गरेका थिए ।
फोटो हेर्नको लागि तल थिच्नुहोस
मगर संघ हंगकंगको माघे सक्रान्ति कार्यक्रम