✍ श्रामणेर रनु पुलामी मगर
सुजाता यो क्षीर भोजनलाई अति उत्तम भोजन हो भनि पालिसाहित्यले मानेको छ ।
किनभने यहि क्षीर भोजन गरी सिद्धार्थ गौतमले बुद्धत्व-ज्ञान प्राप्त गर्नु भएको हो । यस्तैगरी भगवान बुद्ध महापरिनिर्वाण हुने दिनमै पावावासी चुन्द कुमारपुत्रले भगवानलाई सुगुरको मासु पकाई भोजन दान दिएको थियो । यो भोजन पनि उतिकै महत्वपूर्ण मानिएको छ जति सुजाताको क्षीर भोजनलाई मानिएको छ । किन भने ? –
१) सुजाताको क्षीर भोजन गरेपछि सिद्धार्थ गौतमले स-उपादिशेष निर्वार्णधातु प्राप्त गर्नु भयो । साथै
२) चुन्दा कुमारपुत्रले दिएको भोजन गरेपछि अनुपादिशेष निर्वाणधातु प्राप्त गर्नु भयो ।
३) सुजाता द्धारा प्रदत् भोजन पछी सिद्धार्थ गौतम, वितरागी, विताद्देषी तथा वितमोही हुनु भए झैँ
४) चुन्दा कुमार पुत्र द्धारा प्रदत् भोजन पछि रुप, वेदना, संज्ञा, संस्कार तथा विज्ञान पुञ्ज समेत निरोघ गरी महापरिनिर्वण हुनुभयो । उनीहरु दुबैको भोजन हरुमा :
१)परिनिर्वाण-समानता
२)समापति-समानता तथा
३)अनुस्मरण-समानता भन्ने तीन गुणहरु भएकोले समानफलदायी तथा अति उतम मानिएका हुन् ।
१- सुजाता क्षीर भोजनद्धारा क्लेशनिरोध(निर्वाण) भयो र चुन्दको भोजनद्धारा स्कन्धननिरोध(निर्वन) भयो । यहि कारणलाई ध्यानमा राखी “परिनिर्वण-समानता” भनेको हो ।
२- अभि सम्बुद्धत्व प्राप्त गर्नुभएको दिनमा भगवान बुद्धले चौबीस कोटी एक लाख(२४,०१,०००००) जति समापति ध्यानहरु गर्नु भएको थियो र महापरिनिर्वण हुने दिनमा पनि उतिकै समापति ध्यानहरु गर्नुभएको हो ।
३- सुजाताले क्षीर दान दिइसकेपछि भगवान बुद्धले बुद्धत्व प्राप्त गरी, त्यसैको प्रभावले भगवान बुद्धको सात हप्ता सम्म यापन भएको थियो । “उहाँ त् देवता हुनुहुदो रहेनछ, बुद्ध भगवान पो हुनुहुँदो रहेछ” भन्ने कुरो थाहा भएपछि सुजाता उपसिकालाई अपार हर्ष र आनन्द लागेको थियो । यसरी आफुले प्रदान गरेको क्षीर भोजनको अनुस्मरण गर्दा उनको मनमा अपार प्रिती तथा सौमनस्य उत्पन्न भएको थियो ।
त्यस्तै गरी जब चुन्द कुमारपुत्रले आफुले दिएको अन्तिम भोजन ग्रहण गरेपछि तथागत महापरिनिर्वण हुनु भयो भन्ने खबर सुने तब उनको मनमा पनि “अहो भाग्य ! भगवान बुद्धलाई मैले अन्तिम भोजन गराउन पाएँ । मेरो भोजन ग्रहण गर्नुभएपछी तथागत सम्यक सम्बुद्धले अनुपादिशेष निर्वाण धातु प्राप्त गर्नु भयो” भनि प्रसन्न हुदै आफुले प्रदान गरेको अन्तिम भोजनको अनुस्मरण गर्दा उनका मनमा अपार पोति तथा सौमनस्य उत्पन्न भएको थियो ।
यहि कारणलाई ध्यानमा राखी “अनुस्मरण- समानता भनेको हो । यी दुवै जनाले दिएको प्रथम र अन्तिम भोजनहरु कति महत्वपूर्ण तथा कति उत्म थिए भन्ने कुराको अनुमान सर्वज्ञबुद्ध स्वयंमले महापरिनिर्वाण हुनुभन्दा अगाडी आनन्द महास्थाविर लाई भन्नु भएको निम्न कुराहरु बाट प्रष्ट हुन्छ ।
चुन्द कुमारपुत्रद्धारा प्रदान भोजन गरेपछि भगवान बुद्ध महापरिनिर्वाण हुनुभयो भनि भविष्यमा चुन्द कुमारपुत्रलाइ कसैले दोषारोपण गर्न नपाओस भन्ने हेतुले आनन्द महास्थविरलाई बोलाउनु भई भगवान बुद्धले आज्ञा दिनु भयो –
“आनन्द ! मेरो परिनिर्वाण भइसकेपछि “तिम्रो भोजनद्धारा भगवानको परिनिर्वान भयो” भनि तिमीहरुले सायद चुन्द कुमारपुत्रलाई दोषारोपण गर्न सक्छौं, तर आनन्द ! त्यसरी दोष लगाउन हुन्न । जुन भोजन गर्नाले तथागतलाई बोधिज्ञान प्राप्त भयो र जुन भोजन गर्नाले तथागत परिनिर्वाण हुनेछ- यी दुवै भोजहरू एक समान तथा महत्वपूर्ण छन् र महत्वफलदायी पनि छन् । ”
क्रमश………।