कृष्ण सारू मगर
बहराईन , १२जनवरी – बहराईनको अन्तराष्ट्रिय कलाकार मञ्चले लुकेर बसेका प्रतिभाहरूको खोजी अन्तिम दोस्रो चरणमा ल्याउन सफल भएको छ ।
यही आउँदो १५ जनवरीका दिन अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनले आयोजना गर्न लागेको singing idol २०१५ टपटेनमा पर्न सफल रहेका सम्पुर्ण कलाकार हरूलाई बहराईनको स्थानिय समय अनुसार साँझ ४:०० बजे देखी गुदेबिया स्थित साउथ पार्क रेस्टुरेन्टमा सेमिफाइनल राउन्डको लागी भिडाउँदै छ ।
सो प्रतियोगिताको टपटेनमा खरना-४ पाल्पाकी सुमधुर स्वरकी धनि सरला पुन मगर पनि छनाैटमा परेकि छिन भने उनको कन्टेस्ट नं-६ हो । उनि एक पाल्पालि मगर चेलि भएको नाताले उनलाइ सबैले अमुल्य मत दिएर जिताउन पाल्पाली भञ्ज्याङ सेवा समाज बहराईन परिवार र मगर संघ बहराईन सह्योगको लागी हार्दिक अपिल गर्द छ ।
उनलाई त्यो दिन तपाँईं हाम्रो अमुल्यल भोटको आवश्यकता पर्दछ । जस्ले गर्दा उनको सुरिलो स्वरको उचाइ लाई सम्मानका साथ फाइनल सम्म पु-याउन मद्धत गर्नेछ । उनको सफलताको लागी पाल्पाली भञ्ज्याङ सेवा समाज बहराईनका अध्यक्ष नविन घताने, सल्हाकार भुपाल राना मगर, जनसंपर्क सचिव पुरन नाम्जाली मगर समेतले सबै पक्षलाई अनुरोध गरेका छन् ।
स्मरण रहोस सुमधुर स्वरकी धनि सरला पुन मगरले २०६८ मा ” तिम्रै लाग्छ भर”पहिलो गीति एल्वम बजारमा ल्याएकी थिईन भने ०७१ मा दोस्रो साँगितिक कोशेलीको रूपमा “रूखमा डाली भिरैमा खर छ” भन्ने कृति सर्वत्र बजारमा ल्याई सकेकी पुन मगर अब्बल कलाकार हुन् ।