नेपाली महिला उद्दार सहयोग राहत कोष स्थापना गर्ने

Read Time:2 Minute, 58 Second

प्रमिला थापामगर

१२ जनवरी युएई र नेपाल मगर संघ युएईको सातौ बैठक, नेपाली महिला उद्दार सहयोग राहत कोष स्थापनाका साथ प्रथम सहिद लखन थापा मगरको,१३८औ स्मृति एवं ३३ औ मगर दिवश भव्यरुपमा सम्पन्न गर्न, जिम्वेवारी बाँड फाँड लगायतका महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

गत ९ जनवरी शुक्रवार आबुधाबीको हम्दाम कर्नेशपार्कमा, संघकी अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र भूपू अध्यक्ष एवं संघका प्रमुख संरक्षक हरि बहादुर घर्ति मगरको आतिथ्यतामा सम्पन्न भएको संघको सातौ बैठकले उक्त निर्णय गरेको हो ।

बैठक समापन पछी संघकी अध्यक्ष शुशी पुलामी मगरले, युएईमा करिव ७ दर्जन भन्दा धेरै, विभिन्न नामका संघ संस्था भए पनि महिलाले नेतृत्व गरेको र समग्र महिलाहरुको हक हितकोलागि काम गर्ने, सँस्था नेपाल मगर संघ युएई एक मात्र संस्था भएको जिकिर गर्दै, म आफु महिला भएकोले पनि, मैले नेतृत्व गरेको संघले महिलाहरुको उत्थानको निम्ति सक्दो रचनात्मक काम गर्नु पर्ने मेरो नैतिक दायित्व हुने हुँदा, युएईमा विभिन्न कारणवाट बिपतमा परेका एवं नरकीय जीवन जिउन वाध्य पारिएका सवै जातिका नेपाली महिलाहरुलाई संघले सक्दो उद्दार गर्न मेरो संयोजकत्वमा प्रमिला थापा मगर र हिरा लुंगेली मगर रहेको ३ सदस्यीय “नेपाली महिला उद्दार सहयोग राहत कोष” स्थापना गर्ने बैठकले निर्णय गरेको स्पष्ट पार्दै, यसको औपचारिक घोषणा, आगामी २७ फेबुरीमा युएईको आबुधाबी स्थित मुसफामा रहेको मलायली समाजमको हलमा हुने, प्रथम सहिद लखन थापा मगरको १३८ औ स्मृति एवं ३३ औ मगर दिवशको शु अवसरमा गरिने जानकारी दिदै, उक्त कोषलाई युएईमा रहनुहुने सम्पूर्ण महानुभावहरुले मानवीय संवेदनाकोलाई आत्मसाथ गर्दै सक्दो सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ ।

साथै प्रथम सहिद लखन थापा मगर १३८ औ स्मृति एवं ३३ औ मगर दिवश भव्यरुपमा सफल बनाउन युएईका लगभग सम्पूर्ण स्टेटमा संघका पदाधिकारी एवं सदस्यहरुलाई जिम्वेवारी सुम्पिएको संघका प्रवक्ता हेम थापा मगरले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %