तमु प्ये ल्हु संघ कतारको ल्हु-ल्होसार सम्पन्न

Read Time:4 Minute, 31 Second

कृष्ण सारू मगर

फोटो :बिमल गुरूङ

दोहा , १२ जनवरी २०१५ – तमु प्ये ल्हु संघ कतारको आयोजनामा आयोजित ल्हु-ल्होसार साथै संघको उद्घाटन सुक्रबार कतारको दोहामा भब्य रुपले सम्पन्न भएको छ।

  तमु ल्हु-ल्होसार (भेँडा वर्ग) नयाँ वर्षको आगमनलाई स्वागत गुरूङ समुदायहरुको महान चार्डको अवसरमा गत १० जनवरी२०१५ संघले दोहामा पहिलो पटक आयोजित कार्यक्रममा कतारवासी गुरूङ समुदायहरुको महान चाडका तमुहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संघले नेपाल बाट आमन्त्रण गर्नुभएका अथितिहरु मध्य प्रमुख अथिति युवा पच्यु पैडि तथा मनाव शास्त्रका विधार्थी पोलबहादुर क्रोम्छे तमुले तमु प्ये ल्हु संघ र तमु मौलिक प्ये ता ल्हु ता सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

हालै स्थापित भएको संघले पहुनाहरू लाई  आमन्त्रण गरी सम्पन्न गरेको कार्यक्रमका प्रमुख अथितिले कार्यपत्र प्रस्तुत संगै संघको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । भने विदेशमा रहेता पनि आफ्नो मौलिक (प्ये-ता/ल्हु-ता) संरक्षण गर्ने उद्धेश्यले स्थापित कतार शाखाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले कार्यपत्र र तमु मौलिक संबन्धि प्रश्नहरु सोधेका थिए ।

स्थापना कालमै एतिहासिक कार्यक्रम गर्न सफल कतार शाखाले ल्हु-ल्हुसार र संघलाई प्रतक्ष वा अप्रतक्ष सहयोगी मन र ति हातहरूको स-सम्मान कदर पत्र तथा फेटा लगाई सभाध्यक्ष युद्ध जंग पहच्यु तमु सम्मान गरेको थियो।

संघका अध्यक्ष युद्ध जंग पहच्यु तमुको सभापतित्वमा भएको कार्यक्रममा संघका प्रमुख सल्हाकार चन्द्रप्रकाश ल्हेँगे तमुले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रम सँयोजक यम प्हच्यु तमुले संचालन गरेका थिए  ।

कार्यक्रममा संघका महासचिव शान पहच्यु तमु, प्रमुख सल्लाहकार चन्द्र प्रकाश ल्हेगे तमु, तमु समाज कतारका सल्लाहकार संरक्षक बिल तमु, तमु प्ये ल्हु संघका प्रमुख संरक्षक हरि माया ल्हेगे तमु, NRNAका ICC सदस्य अमृत तमु र संघका सदस्य फलेन्द्र थिम्चे तमुले संघ लाई शुभकामना दिएका थिए । कार्यक्रमका सभापति युद्ध जंग पहच्यु तमुले गुरूङ समुदायहरूको महान पर्व ल्हु-ल्होसार कार्यक्रम सफल बनाउन पाल्नु हुने समस्त आगन्तु पाहुनाहरू प्रति हृदय देखी नै आभारी रहेको बताउँदै सबैमा सु:ख शान्ति समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायू कामना गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

सो, घोषणा गरे लगत्तै गुरूङ समुदायहरुको मौलिक भेष-भुषामा सजिएका कलाकारहरूले आफनो ईतिहास् पहिचानलाई संरकक्षण-संवर्द्धन प्रति विषेश महत्वका साथ मौलिक परम्परा कला साँस्कृतिक संस्कार संस्कृति झल्किने सेते पच्यु तमुले पच्यु शास्त्रिय नृत्य र नबिन टु तमुले ल्हेब्री शास्त्रीय नृत्य प्रस्तुत गर्नु भई उपस्थित सबैलाई भरपुर मनोरन्जनले उत्साहित पाहुनागणहरू हर्ष र खु:सी बाँड्दै ल्हु-ल्होसार नयाँ वर्षको शुभकामना आदान-प्रदान गरी भब्य र सभ्य रूपमा तमु ल्होसार सम्पन्न भएको देवी जंग तमुले राज्यसत्ता डटकमलाई बताए ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %