किसन राई
हङकङ , ११ जनवरी – नेपाली सप्ताह २०१४ को अवसरमा हङकङ नेपाली फाउण्डेसनको आयोजनामा वाङदेल–भूपि जयन्ती र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाली सप्ताह -१
पात्ह्योङ सेन्ट्रल प्राइमरी विद्यालय काम्तिनमा २८ डिसेम्बरका दिन आयोजित उद्घाटन कार्यक्रमका प्रमुखअतिथि नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे रहेका थिए । फाउण्डेसनका अध्यक्ष किसन राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थी, अभिभावक तथा साहित्यकर्मीहरुबाट लैनसिंह वाङदेल र भूपि शेरचनको तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
सचिव देवराज राईको सञ्चालन रहेको कार्यक्रममा कलाकार दिपेन्द्र राईले चित्रकारिता र नेपाली साहित्यको बारेमा कवयित्री दीपा एवाई राईले प्रवचन दिएका थिए । सोही अवसरमा चित्रकारिता सम्बन्धी कार्यशाला गोष्ठीसमेत सम्पन्न भएको थियो । उक्त अवसरमा विभिन्न विद्यालयका नेपाली विद्यार्थीहरुले अनुभवसहितका मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली सप्ताह – २
विद्यार्थी सम्मान कार्यक्रम हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा जनवरी १ का दिन सम्पन्न भएको थियो । हङकङ विश्वविद्यालयका विद्यावारिधि शोधार्थी चुराबहादुर थापाको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०१३-१४ मा एचकेडीएसई (हङकङ डिप्लोमा अफ सेकेण्डरी एजुकेसन–१५, नेपाली विषयमा जीसीई–ओ (जेनेरल सर्टिफिकेट एजुकेसन–अर्डिनरी) लेभल–६ जना र पीजीडीई (पोस्ट ग्य्राजुयट डिप्लोमा इन एजुकेसन)–४ उत्तिर्ण विद्यार्थीहरुलाई ‘शिक्षा पदक’ र ‘हङकङ नेपाली शिक्षा पुरस्कार’बाट सम्मान गरिएको थियो ।
नेपाली सप्ताह -३
उक्त अवसरमा एचकेडीएसईको तर्फ बाट आकाशसन्तोष राई, जीसीई–ओ लेभलको तर्फ बाट धन सोमै र पीजीडीईको तर्फ बाट शैलेन्द्रसिंह बोगटी र लोकप्रसाद दाहालले अनुभवसहित मन्तव्य व्यक्त गरेका थिए । उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरुलाई हङकङकी पहिलो नेपाली महिला सोलिसिटर रिगम राईले बधाई ज्ञापन गरेकी थिइन् । पुरस्कार वितरण समारोहमा नेपाली शिक्षकद्वय डम्बर गुरुङ र डा. धिरज गुरुङ अतिथि रहेका थिए । हङकङ नेपाली साहित्य परिषद्का सचिव नन्दलाल थोकरको सञ्चालन रहेको कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्ष नरहाङ राईले गरेका थिए ।
वर्षको र्अिन्तम सप्ताह (२५–३१ डिसेम्बर)लाई फाउण्डसेनले ‘नेपाली सप्ताह’को रुपमा मनाउने गरेको छ । उक्त अवसरमा नेपाली भाषा, साहित्य, संस्कृति र कला सम्बन्धी कार्यक्रमहरु हुने गरेका छन् ।
नेपाली सप्ताह उद्घाटन तथा समापनका झलकहरु । तस्बिरः जगत गुरुङ ।
नेपाली सप्ताह -४
नेपाली सप्ताह -५
नेपाली सप्ताह – ६