सत्ता छुट्ने भयले बाहुन क्षेत्री भयभित् भैरहेकाछन्

सनु थापा मगर     

देश अहीले एकल जातिय संक्रमलकालीन अबस्थाबाट गुज्रिरहेको छ । तँ यो जात र तँ फलानो जातमा विभत्त छ । आफैले आफैलाई ठुला घोषित गरेका उच्च भनिने बाहुन र क्षत्रीको राज्य छ नेपालमा । उनीहरुको राज चल्छ । सरकारका चार प्रमुख अङ्गहरु मध्ये कार्यपालिका,न्यायपालिका,व्यबस्थापिकामा ढोका बन्द जस्तै छ । आज यहाँ मगर भएकै कारणले सरकारी उच्च ओहदामा पुग्न पाईदैन । गुरुङ भएकै कारणले प्रधानमन्त्री बन्ने ठाउँ सम्म पुग्न दिइदैन । आज थारु र मधेसी भएकै कारणले यो देशको इतिहाँसमा उनीहरुको नाम छैन । त्यस्तै दलीतको उपमा पाएर हेपिनु परेको छ । के सेतामगुरालि भएकै कारण प्रधानमन्त्री हुनबाट वञ्चित गरिनु र बाहुन क्षत्रीहरुमात्र  यसको लागि लायक बनाइनु यो एकल जातिय राज्यको उदाहरण होइन ? विश्व एक्काइसौ शताब्दीमा दौडीरहँदा नेपालका कठीत ब्राहमण र क्षेत्रीहरु अरु मान्छेहरुसंग छोइँदा पानीको छिटो हाल्छन,तुरुन्तै शुद्धि गर्न पर्ने । आफु जस्तै मान्छे संग छोइँदा छिटो हाल्छन अन्यथा अशुद्ध सम्झिन्छन । के यो जायज छ ? के यो बाहुन मात्रै मानब हो ? जहाँ उनीहरु हामीसंग छोइदा उनीहरु पानीको छिटो लिएर शुद्धी हुनु पर्ने ? एउटा मान्छे अर्को मान्छेसंग छोइदा बिटुलो हुने ? सबैले यसको उत्तर एकपटक आफैले आफैसंग खोज्न जरुरी छ ।

“एकल जातिय राज्य अहीले पो छ ,संघीयता पछिको मगरात र तमुवान लगायतका प्रदेशले त बिक दाइ र बाहुन भाइलाई समान हैसीयत पो दिन्छ ।”

 

दोश्रो प्रश्न पनि सगै गर्न जरुरी छ के यो विभेद उन्मुलन हुनु जरुरी छैन ? अथवा सबै जनजाति र जातहरुलाई समान अधीकार दिनु पर्छ भन्ने कुरा गलत हो ? “सबेैलाई बराबर अधिकार दिने ,सबैलाई सम्मान अधिकार दिने , सबै कुरामा सबैको समान पहुँच हुने , सानो ठुलो कोही नहुने,एकले अर्काको सम्मान गर्न पाउने, आफ्नो जात, भाषा, धर्म,सस्कृतिको रक्षा गर्न पाउने” खालको देशको संरचनालाई पहिचान सहितको संघीयतामा लिएर जाऔँ भन्दा के को आपत्ति भयो  बाहुन र क्षेत्रीहरुलार्इ ? उत्तर हो अब जाल झेल गर्न नपाइने भयो र खाई पाई आइरहेको बाड्न पर्ने भयो, आफुमात्र राज गर्ने घमण्डी र पाखण्डीपनाको एकल जातिय शासन लाद्न नपाउने भयो । देशलाई लुट्न नपाउने भयो । यी विविध खालका डर छन् उनीहरुमा , जसले गर्दा पहिचान सहितको संघियता कठीत बाहुन क्षेत्री चाहादैनन । तर बाहुन क्षेत्री समुदायकाहरुले पनि ख्याल राख्नु पर्छ । कागको पछाडी कान खोज्न नदौडनुस ,कान छ की छैन एकपटक छाम्नुस, तपाइको कान तपाइकै ज्वाइ चेला र सम्धिले लगेकी तपाइ संगै छ ? अथवा भारत तीर लगेर बेचि सके कि सोध्नुस । यो समय सधै पाउँन कठीन छ । त्यसैले सोधीहाल्नुस ढिलो नगर्नुस । जवाफ पाइहाल्न गाह्रो छ तर पनि जवाफ देलान जनजातिहरुले बेचेर खाइसके तर “भाई बेहेनोँ और मित्रोँ” आफै भन्नुस के जनजातीहरु नजिक पर्दा पनि तपाई छिटो हाल्ने मित्रोँहरुले के कान छुन दिए होलान जनजातिहरूलाई ? मित्रोँहरुको जवाफ आउन सक्छ “अवस्य नजिक त जादैनौ कान छुन दिने ? जात जान्छ हजुर ” । हो अहीले संघीयता र जातियताको बहस पनि यस्तै बनाइदिएका छन यहाँका एक छत्र एउटै जातले राज्य गरेर बसेका एकल जातका पक्षधरहरुले । भ्रम फिजाएका छन् । यो सबैले बुझ्न जरुरी हो । हामी यस्ता मान्छेहरुबाट शासित छौ की जुन जातिहरुको हरेक चोटी विवाह गर्दा जात खसिरहन्छ, प्रत्येक नयाँ विवाहीत दम्पत्ति आफ्नो अर्को जात सिर्जना गर्न विवस छन । महीलाहरुको मासीक रजसोला हुँदा घरमा छोइछितो बार्नुपर्ने । यस्ता प्रवित्ति र व्याक्तिहरू बाट नेपाल आमा गुज्रिरहेकी छिन् विचरा नेपाल आमाको मन कती रुँदो हो ? अनी हामी यस्ता तुच्छहरुबाट शासित छौ । 

के संसारको गती संग दौडन खोज्ने साहास राख्ने आदीवासी जनजातिहरुको हैसियत के ? यिनीहरुबाट शासित हुने मात्र हो त ? यि विविध कारण र समयको मागले गर्दा देशमा संघीयताको  आवस्यक्ता  महसुुस गरीएको हो । यसको अभ्यास गर्न पनि लागिएको हो । जहाँ के मगर, के गुरुङ,के बाहुन , के थारु ,के राई ,के क्षेत्री , के दलीत विभेद र दमनबाट मुक्त समाज हुन्छ र त्यहाँ सबैको हैसियत बराबर र सबैको समान अधिकार स्थापित हुन्छ । सबै समुदाय र जातले यो देशलाई अपन्वत्व महसुस गर्छन । जहाँ जातिय मुक्ति मिल्छ प्रत्येक जातिको विकास हुन्छ  । बल्ल देश  प्रगती पथमा अगाडी बढ्छ । देश झन मजबुत बन्छ । विखन्डन को कुनै समस्या रहदैन । भ्रम फैलाए जस्तो हुने होइन , विखन्डनको ‘ब’ सम्म पनि आउँदैन । अहीलेको जस्तो यो एउँटै जातले राज गरेको संक्रमणकाल यतीकै रहेमा बरु देश टुक्रिन्छ ,देश खण्डित हुन्छ । पहिचान सहितको संघीयताले देश टुक्रिदैन । सबै जातजातिहरु मिलेर मजबुत पकडले बनेको देश कहील्यै टुक्रिदैन । टुक्रिन्छ भन्नु एकल बाहुन ,क्षेत्री एकल जात चाँहेका , आफु मात्रै अहिलेका सत्ताधारी बन्न चाहेका भ्रष्ट नेताहरुले छरेको भ्रम मात्र हो ।

समय सन्दर्भ :

संविधान,आदीवासी जनजातिको पहिचान , राजनितीक ध्रुविकरण, अन्यौल संविधान सभा,माघ ८, संविधान बन्दैन , नबन्ने कारण । अब पहिचान सहितको संघीय संविधान नबन्ने पक्का पक्की भैसक्यो । राजनितिक दलका नेताहरु बाहीर जनजातिहरु राज्य मागे भन्दै जनजातिहरुलाई दोष दिएर संविधान नबनाउने गोप्य खेलमा लागेका छन । तर जनजातिहरुको कारणले संविधान बन्न रोकिन लागेको भने पनि चुरो कुरो त्यसो होइन यो सबैले छर्लङग बुझ्नु पर्छ कतीले बुझेका पनि छन  । भित्री कुरो हो संविधान पछिको भागबन्डा र काग्रेस र एमालेका दुई चार नेताहरुको सत्ताको लागि भैरहेको जुंगै जुंगाको जुंगे लडाँई र खाइपाइ आएको सुविधा छोड्न नसक्नु जस्ता झिना मसिना कुरा तर बाहीरी रुपमा पहाड खस्ला जस्तरी भन्छन “जनजातिहरु राज्य माग्छन कसरी दिनु संविधान” यो झुट्को कुरा सुन्दा जनताहरुको पारा यसरी तातेको छ कि यो गरमपनाको तातो आबेग वर्षौ सेलाउने वाला देखिदैन । नेपाल र यहाँका आदीवासी जनजाति लगाएत उत्पिडनमा परेका समुदाय र वर्गले दुई–दुई पटक संविधान सभाको लागि दुःख गरे पनि जनताले संविधान नपाउने भए । राजनितिक दलहरुलाई जनताले नै चिन्न नसक्दा यस्तो भएको हो, यो सबैको ठम्याँई हो । “दुःख पाइस मंगले आफ्नै ढङ्गले” भन्ने उखान अहीले यिनै नेपाली जनताको लागि बनेको रहेछ की भन्ने भएको छ । नेतालाई गाली गरुँ आफैले नै चुनेका नेता हुन् , नगरौ त गर्नु पर्ने काम तर्फ पटक्कै ध्यान छैन  । तर यसमा कतीपयको जनताको त अलीकती पनि दोष छैन किनकी यी भ्रष्ट नेताहरु उनीहरुको रोजाइ नै होइन । सुकुटी र वियर भए पुग्ने पार्टीका अन्धभक्त ,साम, दाम ,दण्ड, भेदले गर्दा गलत छवीका मान्छे अहीलेको संविधान सभामा पुगे । मार्शल लगाएर चुनाब जितेको भन्दा फरक पर्दैन , गरेका पनि यहि नै हुन् । जसले जनताको जनादेश र बहुममतको नाममा देशलाई यती लुटीसके की देश अब तङ्ग्रिएर उभिन मात्रै पनि शताब्दीऔँ लाग्ने भैसक्यो तर यो कुरामा कसैको चासो छैन । बुझेर चासो गरोस पनि कसरी सुनीयोजित रुपमा विचरा युवाहरु सबैलाई कोरीया र खाडी मुलुकमा खेदिन बाध्य पारेपछि त्यसैले कुरा बुझ्ने कम छन , यहाँ मात्र बालबच्चा र असक्त बुढाबुढी , चोर फटाहाहरु र देश लुटेर  खाने भ्रष्ट नेताहरु जसले जती लुटेपनि भएको छ , देशको काहानी हिन्दी फिल्मको कहानी संग मेल खाने भइसक्यो । जहाँ एउटा गुण्डाले सम्पुर्ण जनतालाई दासी बनाएर राखेको बिवस्ता छ ।  देशको सम्पत्ति दिनदहाडै चोरी गरि रहेका छन , मान्छेहरु जनावर जस्तै मार्दै फ्यालि रहेका छन् , सरकारको ध्यान छैन किनकी ऊ आफै गुण्डा पालिरहेको छ , आफै गुण्डा मार्फत जनता मार्न लगाउँछ  ।  

सिंहदरबारमा बस्न पल्केकाहरुले नेपालका आदिवासी जनजातिहरु  लगाएत सदियौँ देखी दमन र उत्पिडनमा पारीएका वर्ग, क्षेत्र, लिङ्ग ,अल्पसंख्यक,जाति समुदाय र सिङ्गो यो देशका धर्ती पुत्रहरुलाई संविधान सजिलै दिने पक्षमा छैनन् । पृथ्वीनारायण शाहाको पालादेखी “जनजातीलाई फुटाउ र राज्य गर ” को सिद्धान्त अहीले राजनितिक दलहरुले आदीवासी जनजातीहरु माथी प्रयोग गर्दै आइरहेका छन् तर जनजातीहरु तैँ चुप मै चुपको स्थीतिमा छन । आ–आफ्नो पार्टीको झण्डामुनी ओतीएर बसेका छन । पार्टी हितमा मात्र काम गरीरहेका छन ब्राह्मणबादी सोच भएका नेताहरुको दुनो सोझ्याएर बसेका छन जनजातीहरुको मर्म र भावना माथी ठेस पुग्ने गरी जनजातीको हीतको लागि एक पाइला अगाडी सार्न सकेका छैनन । यति बेला माफीया जनजातीहरु नै जनजातीको विपक्षमा लागेका छन ।  जनजातीहरुलाई विभिन्न लोभ र बहानामा फुटाएर सिङ्गो देशलाई संक्रमण तर्फ दोर्याएर संविधान बन्न नदीन तर्फ लागेका छन । जनजातिहरुलाई गुम्राहामा पारेर राज्यसत्ता सधै आफ्नै मुठ्ठीमा मात्र कसेर राख्न खोजिरहेका छन । मुख्य गरेर सत्ता साझेदार दुई वटा राजनीतिक दलहरु संघीय संरचनाको विषयलाई बाहीर बिबादको रुपमा देखाएर संविधान सभा भङ्ग गर्ने तयारीमा छन । “जनजातीले जातीय राज्य माग्यो” भनेर भ्रम पारीरहेका छन । दोष जनजाती माथी थोपर्दै छन । तर भित्री कुरा उनीहरुको सत्ता बार्गेनीङमा कुरा मिल्न नसक्दाको परिणाम हो । सत्ता बार्गेनीङ्मा दलको कुरा नमिल्ने तर जनजातीलाई दोष दिएर उम्किने प्रयासमा छन दलहरु । यसमा जनजातीहरु भित्रकै फुटले मलजल गरीरहेको छ । संविधान बन्ने बेलामा आदीवासी जनजातिहरु एकजुट हुने बेलामा आफै लडीरहेका छन । जनजातीका माफीयाहरु एक अर्कामा दोषारोपण गर्दै जनजातीहरुमाथी नै कुठाराघात गर्दै छन । यो संक्रमणको  समयमा सच्चा आदीवासी जनजातिहरुले सहनु हुदैन । राजनितिक दलहरुको खिचातानी सत्ता लोभले गर्दा संविधान नबन्ने पक्का भएको हो । दलहरुले फैलाएको जस्तो संघीयता,शासकीय स्वरुप र प्रदेशको समस्या पनि होइन ।  

संविधान सभाको हल यतिखेर घाम ताप्ने ठाउँ मात्र हुन पुगिसकेको छ । यसमा बेतुकको बहस मात्रै अगाढी बढाएका छन । एमाले र काग्रेसले बहुमतको धम्की र डर देखाएर अरु संघीय पक्षधरहरुलाई तर्साउन खोजेका छन । बाहीर जति राम्रो कुरा गरेपनि यो सभाको म्याद लम्ब्याउन मात्र दिन कुरीरहेका छन । माघ ८ आइरहँदा एकाध दिनभित्रै यिनीहरु म्याद थप्न रिसोर्रट र तारे होटल जाने छन् र जनताको पसिनाको कर तारे होटललाई बुझाएर जनतालाई फगत सहमति नभएको नाममा मिती थप्न बाध्य भयौँ भन्दै मिती थपेर आउने छन । अनी सत्ता परिवर्तन र सभासदको किनवेच फेरी चल्ने छ । लगत्तै सुरु हुने छ हिस्सा नपाएका नेताहरुको दोहोरी र फेरी संविधानका कुरा ओझेलमा पर्नेेछन । यस्तै संक्रमण चलीरहने छ जबसम्म जनताले बुझ्दैनन । संविधान सभाको कुरा पनि घट्टाको चक्र झै नेताहरुले घुमाई रहनेछन । जुन आदीवासी जनजातिहरुको लागि अत्यन्त दुःखको कुरा हो ।

माघ ८ ठुलो होइन, संघीय संविधान ठुलोः

माघ ८ मै संविधान चाहीन्छ भन्नु छैन तर जति छिटो दिएकै राम्रो । जनताको भावना विपरित माघ ८ को नाममा मात्र जारि गरीएको संविधानलाई जनताले स्वीकार गर्दैन ।  माघ ८ महत्वपुर्ण होइन, पहिचान सहितको संघीय संविधान महत्वपुर्ण कुरा हो । माघ ८ मा संविधान आउन सकेन भने आकाश नै खस्छ भनेझै नेताहरु भ्रम छरीरहेका छन् । जुन कुरा उनीहरुको जनजाति र पहिचान पक्षधरहरुलाई कमजोर र हतास बनाउने अनि पुर्ण रुपमा गलाउने र मौका मिल्नासाथ २०४७ सालको संविधान जस्ताको तस्तै राखेर बाहीरबाट नयाँ गाता लगाउने । “तर जनता पहिचान सहितको संघियताको लागि लडीरहनेछन् ” यो पहिचान विरोधीहरुले दिमागमा फोटो कपि गरेर राखे हुन्छ । जनजातिहरुले चाहेको कसैलाई  दमन  र कसैको गाँस खोस्न खोजेको पटक्कै होइन । दमनमा पारीएका जातिहरुको जातिय रक्षा र आफु जस्तै अरुलाई  समान अधिकार दिने र लिने कुराको ब्यबस्थाको माग हो । अस्तित्वको लडाई हो , अन्य खस,आर्य जातिहरुलाई विस्थापित गर्ने होइन संग–संगै स्थापित गरेर लैजाने सहयात्राको वकालत हो । त्यसैले आदीवासी जनजातिहरुले मागेको भनेको पहिचान सहितको संघीयता मात्र हो जुन सिस्टममा सबै जातिहरुको उत्तिकै मान्यता रहन्छ । यस्तो खाल्को पद्धतिको विकास उल्लेख गरिएको अबको संविधान बनाऔँ है साथि हो भनेको हो । यस्तो संरचनाको विकास लाई स्थापित गर्ने विचारलाई कागजमा लेखौ है भनेको हो । माघ ८ गतेकै तिथिमा लेख्नु पर्छ है भनेर भनेको कदापि होइन । माघ ८ गते नै संविधान नलेख्दा बरु आकाश खस्दैन तर पहिचान सहितको संघीयता नलेख्दा बरु आकास आँफै खस्छ जनजातिहरुले खसाल्नै  पर्दैन । किनकी जनजाति प्रतिको दमन र उत्पिडन यो धर्ती र आकाशले धेरै सहि सकेका छन तर अब यो प्रकृति पनि सहने पक्षमा छैन । पहिचान बिनाको संविधान यदी कथंकदाचित आएमा आकाश अवश्य खस्छ । त्यो खसेको आकाशलाई रोक्न सक्ने खुबि कसै संग हुने पनि छैन , जनजातिहरुको आधीबेहेरीले यहाँको पतिङ्गर र धुलोलाई विलिन पारिदिने छ ।

बहुमत र प्रक्रियाको भित्री चुरो :

एमाले कांग्रेसले बहुमतको भरमा पेलेर प्रकृयामा संविधान बनाएर दिने भन्ने कुरा गरेर जनतालाई झुटो बोलीरहेका छन । यो पहिचान पक्षधरहरुलाई देखाएको डर हो । अहीलेको संविधान सभामा बाध्य र नचाहाँदा नचाहाँदै पनि सत्ता साझेदार बनेर , बनाएर सत्तामा हातमा हात मिलाएर बस्न परेको छ कांग्रेस र एमाले नेताहरु । यी दुई पार्टीका सिद्धान्त र विचार उत्तर र दक्षीण ध्रुब जस्तै हो सबैलाई थाहा छ । तर सत्ता र स्वार्थको लागि आफ्ना पार्टीको सिद्धान्त छोडेर एक भएर सत्ता साझेदार भएर बसेका छन । हामी बहुमतको संविधान प्रक्रियाबाट जारी गर्छौ भनेका छन , यो बारेमा अरु पार्टी र समुदायलाई त मान्छे गन्न नै छोडीसक्यो । प्रक्रिया भनेको के हो ? यी दुई सत्ताधारी पार्टीहरुको  भाषाको बनीबनाउ उत्तर आउँला संविधान सभासदको भोटीङ्ग गरेर संविधान बनाउँने । त्यसो भए यसमा गणपुरक पनि संख्या हुन पर्यो नी त , उनीहरु भन्छन संख्या पुग्छ । ल ठिक छ संख्या पुग्ने भए बनाउँन सबैले च्यालेन्ज दिए हुन्छ । पहिचान पक्षधरहरुको विरुद्धमा संविधान बनाउन प्रक्रियाबाटै दिए हुन्छ र पर्खे हुन्छ माघ ८ गतेको साँझ सम्म तर यी दुई पार्टीले संविधान दिन सक्ने वाला एक प्रतिसत पनि संभव छैन, बाजी लगाए पनि बाजी जितिन्छ  ।

त्यसैले जतिप्रक्रियाका कुरा रटेपनि एमाले कांग्रेस भित्र एक खाल्को डर छ । उनीहरुको डर भन्नु आफु अनुुकुल संविधान नबन्नु नै हो । प्रक्रियामा जानको लागि अब एक नं. मा समय छैन । दुई नं. मा प्रक्रिया जति गर्ने भने पनि  यी सत्ताधारी दलहरु शसंकीत छन किन भने प्रक्रियामा जाँदा उनीहरुलाई आफुहरुसँग एकदम झिनो दुई तिहाइ मत मात्र भएको कुरा प्रस्ट थाहा छ । दुई तिहाइको लागि ६०१ मध्येमा ४०१ त चाहीयो । यो संख्यामा उनीहरुसंग जम्मा ४०४ छ । त्यो पनि  ढिकीर ढीकीर दुइ तिहाइ हो ,यो संविधान माग्दा प्रक्रियाको घुर्की देखाउने उनीहरुको शुत्र मात्र हो । ६०४ सभासद मध्ये  एमालेको १८२ सभासद,कांग्रेसको २०६ सभासद,राप्रपा १३, स्वतन्त्र सभासद २ ,बहुजन समाज पार्टीको १ जना  गरी उनीहरुको जम्मा ४०४ जना पुग्ने हो । यी ४०४ ले बाहेक अरु कसैले उनीहरुलाई समर्थन गर्दैनन् र गर्ने वाला पनि देखीदैन । र यी मध्ये पनि ५ जना मात्रले पनि उनीहरुको पक्षमा भोटीङ्ग गरेन भने के हुन्छ एमाले र काग्रेसको प्रक्रियाको हबीगत ? उता अरु सबै ३० दल बनेर मोर्चा कसिसके, यो उनीहरु राम्ररी बुझ्छन,र यो पनि बुझेका छन की उनीहरु भित्रकै एक जना पनि जनजाती सभासद मात्रै  टेढीए भने त झन प्रक्रियाको बारेमा सोच्न पनि अनर्थ हुनेछ । यो फेरी संविधान सभा हो पार्टी कार्यकर्तालाई ह्वीप लाग्ने पनि भएन त्यसैले अहीले जनजाती सभासदले मात्रै चाहे भने पनि प्रक्रिया रोकिन्छ ।

जनजाती विरोधी संविधान बन्न नदीन र पहिचानलाई स्थापित गराउन बाधक देखाइरहेको प्रक्रिया भन्ने चिज यी कारणले गर्दा अब बेकार भैसक्यो । त्यसैले पहिचान लाई रोक्न कुनै शक्ति र प्रक्रिया छैन यो अर्थमा एमाले र कांग्रेस कित सभा छोडेर भाग्ने कित पहिचान सहितको संविधान दिनुको विकल्प छैन । त्यसैले सोझा जनताहरुलाई प्रक्रियाको डर देखाएर सत्ता लाद्न खोज्ने सत्ताधारी दलहरु एमाले र कांग्रेसलाई प्रक्रियाबाट संविधान बनाउन अब चुनौती दिए हुन्छ , यसबाट केही उपलब्धी आउने वाला छैन ।

(थापा मगर बुटवल बाट प्रकाशित अर्धसाप्ताहिक संधिय एक्सप्रेसका सम्पादक हुन् )