प्रेस बिज्ञप्ती सहित तनहुँमा संबिधान निर्माणमा दबाब

Read Time:4 Minute, 28 Second

तनहुँ सम्बादाता , 

दमौली , पौस २५ – संबिधानमा उत्पिडित जाति, बर्ग, क्षेत्र, लिङ्ग र समुदयको अधिकार सुनिश्चताको लागि “पहिचान सहितको संघियता ,संघियता सहितको संबिधान” संबिधानसभा बाट सहमतिको आधारमा समयमै जारी गर्न दबाब दिने उदेश्याले ३० दलीय गठबन्धानले देशभरी अन्दोलानको कार्यक्रम सार्बजानिक भैरहेको बेला यता तनहूँमा क्रियाशिल सात राजनैतिक दलका जिल्ला अध्यक्षहरुको बिशेषबैठक आज राष्ट्रियजनमुक्ति पार्टीको कार्यालयमा बस्यो ।

  सो बैठकले २७ गतेको प्रदेशिक आमहड्ताल (मगरात/तमुवान) बन्द लाई मध्य नजार गर्दै भोलि बेलुकी ५ बजे दमौली सदरमुकाम आसपासक्षेत्रमा सिठ्ठी जुलुश गर्ने कार्यक्रम रहेको कुरा संयुक्त अन्दोलान संघर्ष समितिका संयोजक एबम् राष्ट्रिय जनमुक्ति पार्टी तनहँकी अध्यक्ष मन्ध्ररी आले मगरले बताएका छन । यसै गरि संयक्त संघर्ष समिति तनहुँको संयोजक एबम् राष्ट्रिय जनमुक्ति पार्टी तनहँकी अध्यक्ष मन्ध्ररी आले दिएको जानकारी अनुसार संबिधानमा उत्पिडित जाति, बर्ग, क्षेत्र, लिङ्ग र समुदयको अधिकार सुनिश्चताको लागि पहिचान सहितको संघियता ,संघियता सहितको संबिधान निर्माणर्थ वा समयमै संबिधान जारी गर्न दबाब दिने उदेश्याले भोलि दिउँसो तनहुँको तिनै क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीको कोणसभा गरिने कार्याक्रम रहेको अध्यक्ष आले मगरले बताएका छन ।

साथै आज नै एक प्रेसबिज्ञप्ती जारी गरी २७ गते हुने प्रदेशिक आमहड्ताल मगरात-तमुवान बन्दाको लागि सम्पुर्ण तनहुँबासी ब्यापारी उद्योग कालकारखाना शिक्षण संघ संस्था यातायात ब्याबसी सञ्चारकर्मी नागारिक समाज लगायत सम्पुर्ण न्याय प्रेमि जनसमुदयमा सहायोग र सहभागितको लागि अनुरोध गरिएको छ । 

     संयुक्त संघर्ष समिति तनहुँको संयोजक एबम् राष्ट्रिय जनमुक्ति पार्टी तनहुँकी अध्यक्ष मन्ध्ररी आले ,एनेकपा माओबादी जिल्ला कमिटि अध्यक्ष जगनाथ खनाल दिनेश, फोराम लोकतान्त्रिक नेपालतनहुँका जिल्ला अध्यक्ष दिपक भट्टराई, सादभावना पार्टी तनहुँका जिल्ला अध्यक्ष हर्कमान श्रेष्ठ , संघिया समाजबादी पार्टी तनहुँका जिल्ला अध्यक्ष हरिसिंह गुरुङ, संघिया गणतान्त्रिक समाजबादी पार्टी तनहुँका जिल्ला अध्यक्ष रुद्रबहादुर थापा , दलित जनजाति पार्टीतनहुँका जिल्ला अध्यक्ष चुडाराम परियारले संयुक्त हस्ताक्षर गरी उक्त बिज्ञप्ती जारी गरेको हो ।

उक्त बिज्ञप्तीमा भनिएको छ कि संबिधानमा उत्पिडित जाति ,बर्ग, क्षेत्र, लिङ्ग र समुदयको अधिकार सुनिश्चताको लागि पहिचान सहितको संघियता ,संघियता सहितको संबिधान संबिधानसभाबाट सहमतिको आधारमा समयमै जारी गर्न दबाब दिने उदेश्याले ३० दलीय मोर्चाले आयोजना गरेको अन्दोलानको कार्यक्रमलाई सफल पार्न सम्पुर्ण तनहुँबासी ब्यापारी उद्योग कालकारखाना शिक्षण संघ संस्था यातायात ब्याबसी सञ्चारकर्मी नागारिक समाज लगायत सम्पुर्ण न्याय प्रेमि जनसमुदयमा सहायोग र सहभागितको लागि अनुरोध गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %