मुक काजी (काजी) गुरुङ, हङकङ

संघका अध्यक्ष जजिन चाम्लिङको अध्यक्षतामा मगर संघ हङकङका अध्यक्ष श्रीमती चन्द्र ज्योति आले मगरको प्रमुख अतिथ्या रहेको थियो भने संघका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष जंग बहादुर गुरुङ र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरको अनुपस्थितिमा उपाध्यक्ष श्रीमती रिता गुरुङलाई बिशेष अतिथ्या प्रदान गरिएको थियो ।
यसैगरि हङकङ नेपाली महिला संघका अध्यक्ष श्रीमती टिका गुरुङ, जनजाति महासंघका उपाध्यक्ष तथा राष्ट्रिय तमु मुक्ति मोर्चाका अध्यक्ष दुर्गा घोताने गुरुङ, स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल(कान्छा) गुरुङ, किरांत राई यायोख्खाका अध्यक्ष शसी मदन राई, खोटाङ समाजका अध्यक्ष अधिराज राई, तमु ट्हो ह्युल हङकङका अध्यक्ष सुरेश गुरुङ, तमु प्ये ल्हु संघ हङकङका प्रतिनिधि तथा सचिव भोजेन्द्र गुरुङ र नमो बुद्ध आमा समूहका अध्यक्ष श्रीमती पदम कुमारी गुरुङलाई अतिथिको रुपमा आसिन गराएका थिए भने अन्य बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई समेत मञ्चमा आसिन गराएका थिए ।
संघकै वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव दुर्योधन लिम्बुले सञ्चालन गरेका थिए भने मञ्चमा आसिन अतिथि महानुभावहरुले नयां बर्ष २०१५ को शुभ अवसरमा शुभकामना ब्यक्त गरेका थिए । मन्तब्यकै क्रममा प्रमुख अतिथि श्रीमती चन्द्र ज्योति आलेमगरले नयां बर्ष २०१५ को शुभकामना ब्यक्त गर्दै भारतीय भूपूले आफुलाई यस भन्दा अगाडि पनि नेपाली नारीको ईज्जत र सम्मान गर्दै प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर पनि बिशेष कारणवश:उक्त आमन्त्रणलाई स्वीकार्न नसकेको बताईन भने पुन: आजको कार्यक्रममा भारतीय भूपूले प्रमुख अतिथिकोको रुपमा आमन्त्रण गरेकोमा आफ्नो ब्यक्तिगत तथा सिंगो मगर संघ हङकङको तर्फबाट धन्यवाद ब्यक्त गरिन ।
यसैगरि मन्तब्यकै क्रममा चन्द्र ज्योति आलेमगरले भनिन, संघसंस्था खोलेर मात्र हुंदैन, त्यसलाई कार्यान्वयन पनि गर्न जान्नु पर्दछ र भारतीय भूपूले संघ स्थापना गरे पश्चात धेरै नै उदाहरणीय कार्यहरु गर्दै आईरहेको छ भन्दै संघको प्रशंसा गरिन । यसै क्रममा भारतीय भूपू र मगर संघ बिचको सम्बन्ध निकै नै नजिक तथा सुमधुर रहेको बताईन र भविष्यमा यी दुई संघ बिचको सम्बन्ध कायमै रहि रहोस भन्दै आफ्नो मन्तब्य अन्त गरेकी थिइन ।
कार्यक्रममा गत ०४ में २०१४ का दिन आयोजित “भारतीय गोर्खा भूपू सांझ-२०१४” लाई सफल पार्न कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेको भन्दै संघका मिडिया प्रवक्ता मुककाजी गुरुङलाई अध्यक्ष जजिन चाम्लिङ र प्रमुख अतिथि चन्द्र ज्योति आलेमगरले खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरे भने संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष जंग बहादुर गुरुङलाई पनि कार्यक्रमलाई सफल पार्न बिशेष योग्दान पुर्याएको भन्दै खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए। यसैगरि संघकै वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङ र सह कोषाध्यक्ष खर्क बहादुर लिम्बुलाई टिकट बिक्री वितरणमा योग्दान पुर्याएको भन्दै अध्यक्षद्वारा खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरियो र कार्यक्रमको मुख्य प्रायोजकदाताहरु राष्ट्रिय तमु मुक्ति मोर्चाका अध्यक्ष दुर्गा घोताने गुरुङ, मगर संघ हङकङका अध्यक्ष तथा प्रमुख अतिथि श्रीमती चन्द्र ज्योति आलेमगर र संघकै क्वार्टर मास्टर चित्र थापालाई अध्यक्ष जजिन चाम्लिङले खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरे । यसै क्रममा भारतीय भूपू सांझ-२०१४ मा स्थानीय कलाकारको रुपमा आ-आफ्नो प्रस्तुतिहरु पस्कंदै कार्यक्रमलाई सफल बनाउंन बिशेष भूमिका खेलेको भन्दै स्थानीय कलाकारहरु अनिता खड्का र रुरु गुरुङलाई पनि खादा लगाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
अन्तमा, अध्यक्ष जजिन चाम्लिङले कार्यक्रमलाई सफल पार्नको निम्ति उपस्थित कार्यसमिति, सल्लाहकार, भूपू परिवार र संघको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नु भएका प्रमुख अतिथि लगायत अन्य अतिथि महानुभावहरुलाई धन्यवाद ब्यक्त गरे । यसैक्रममा गत ०४ में २०१४ का दिन सम्पन्न भारतीय गोर्खा भूपू सांझ २०१४ लाई भब्य तथा सभ्यका साथ सफल पार्न बिशेष सहयोग पुर्याउंनु हुने प्रायोजकदाताहरु, स्थानीय कलाकारहरु र संघकै मिडिया प्रवक्ता मुककाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङ तथा सह-कोषाध्यक्ष खर्क बहादुर लिम्बुलाई बिशेष धन्यवाद सहित सम्मानित भएकोमा हार्दिक बधाई ब्यक्त गर्दै नयां बर्ष २०१५ को शुभ अवसरमा शुभकामना ब्यक्त गरे ।
कार्यक्रमको अन्तमा स्थानीय कलाकार तथा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका सदस्य किरण गुरुङले उपस्थित दर्शक महानुभावहरुलाई लोक गीत पस्के भने अर्का सा-साना नानीहरुले सामूहिक रुपमा नाचे । यसैगरि भूपू तथा भूपू परिवारहरु सामूहिक रुपमा घण्टौं नाचे ।