शार्बजनिक जग्गा धमाधम ब्याक्तीमा सारिदै, नक्सामा छ, फिल्डमा छैन
देब पचभैया
पाल्पा, पुस २२ – पाल्पाको तानसेन ११, प्रभास क्षेत्रमा रहेको शार्बजनिक जग्गाहरु मिचिने क्रम बढेको छ ।
(मालपोत कार्यालयमा रहेको प्रभास क्षेत्रमा रहेको सरकारी जग्गाको बिवरण)
शार्बजनिक जग्गाहरुमा मिचिदा यहाको ऐतिहासिक तथा धार्मिक स्थल साघुरिएका छन् । प्रभास ताल क्षेत्र वरपरका सार्वजनिक र सरकारी जग्गा दिनहुँ व्यक्तिले एक पछि अर्को गर्दै दावी गरिरहेका छन् । ६, ७ वर्ष पहिलेसम्म विभिन्न धार्मिक मेलापर्वमा प्रयोग हुँदै आएको यहाँको आँप बगैँचा समेत अहिले व्यक्तिको नाममा बनेका छन् । ताल, बगैचा, खोल्सा, वन तथा धार्मिक प्रतिष्ठानको नाममा रहेका जग्गा दिनदिनै व्यक्तिको भन्दै दावी गर्ने र भौतिक संरचना बनाउने कार्य तीव्र बनेको छ ।
हरेक बर्षको शिबरात्रीमा प्रभास क्षेत्रमा लाग्ने मेलामा अब कहा भेला हुने भन्ने स्थानको समेत अभाब भएको छ ।
प्रभासको आँप बगैचासहित वरिपरि रहेको (३४ रोपनीभन्दा बढी) सार्वजनिक जग्गा र प्रभास क्षेत्रकै झण्डै ७० रोपनी सरकारी (प्रतिजग्गा) जग्गा अहिले कम हुँदै गएको जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमूख नवराज बरालले जानकारी दिए ।
२०६२-०६३ साल अघिसम्म कोही कसैले त्यहाँको जग्गा दावी गर्न नआए पनि त्यसपछि कुनै अमूक व्यक्तिबाट (बकस) उपहार पाएको भन्दै नक्कली कागजपत्रको आडमा जग्गा हडप्ने काम सुरु भएको स्थानीयले बताएका छन् । शुरुमा बोर्लाङगे काजीको नाउमा यहाको जग्गा बिक्रि भएको थियो ।
(प्रभास तालनिर बनेका भवनहरु)
गाईबस्तु चराउन, मेलापर्वमा प्रयोग गर्न पुर्खाले सबैको हितका लागि राखेको जग्गा व्यक्तिको हुँदै गएको मालपोत अधिकृत बरालले गुनासो गरे ।
पुर्खाका पालामा सार्वजनिक हितका लागि प्रयोग गर्न राखेको प्रभासको जग्गा २-३ पुस्तापछि दावी गर्न आउने क्रम बढेपछि स्थानिय चिन्तित छन् ।
२०६२ सालमा तत्कालिन माओबादी आक्रमणमा पाल्पा दरबार जलेपछि (जुन बेला पाल्पाका सबै सरकारी कार्यालय दरबारमा थिए) त्याहा रहेका नक्सा र मालपोत कार्यालयका कागजपत्र समेत ध्यवस्त भएको मौका छोपेर जग्गा हडप्न नक्कली (बकसपत्र) बनाएर जग्गा आफ्नो बनाउने गिरोह सक्रिय भएका हुन् ।
२०६२-०६२ सालतिरबाट जिल्लाका मालपोत, नापी र नगरपालिकाका केही कर्मचारीको मिलेमत्तोमा सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको स्थानियले आसंका गरेका छन् ।
(प्रभास क्षेत्रमा बनेको लुम्बिनि मेडिकल कलेज र घरहरु)
जिल्ला मालपोत कार्यालय पाल्पामा भएको रेकर्डमा प्रभास क्षेत्रको बगैचा (१८० कित्ता, ८ रोपनी १ आना), (१८२ कित्ता, २६ रोपनी ११ आना १ दाम) जग्गा त्यहाँ छैन । यस्तै सरकारी जग्गा (१८३ कित्ता, ७ रोपनी ९ आना २ दाम, कित्ता २६७ को ६१ रोपनी १४ आना ३ दाम) रहेको छ । तर फिल्डमा अधिकांश जग्गामा घर बनेका छन् । ९ बर्ष पहिले प्रभास क्षेत्रमा लुम्बिनि मेडिकल कलेज एबं शिक्षण अस्पतालको स्थापना भएपछि यस क्षेत्रको जग्गाको भाउ संगै महत्व पनि बढेको हो ।
लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले आफ्नो नाममा बनाएको छात्राबास भवन (हाल लुमेकको नाममा नामसारी भएको)ले समेत सरकारी जग्गा अतिक्रमण गरेको स्थानियले बताएका छन् । यस्तै तीन वर्ष पहिले तानसेन नगरपालिका र लम्बिनी मेडिकल कलेज बीच पार्किङ्ग स्थल र बगैचा बनाउने भन्ने सम्झौता भएको जग्गामा अहिले स्थानीय नारायण पाण्डेले भवन बनाएका छन् ।
(प्रभास ताल निर बनेका भवनहरु)
प्रशासन र नगरपालिकाको वेवास्ताले यहाँको ऐतिहासिक तथा धार्मिक पहिचान नामेट हुँदै गएका छन् । प्रभास क्षेत्रमा रहेको एैतिहासिक प्रभास तालको नजिक भवनहरु बन्दा तालनै साघुरिदै गएको छ भने तालमा रहेको कमल फुल लोप भएको छ । ताल नजिकै रहेको मेडिकल कलेजको फोहोर सिधै तालमा मिसिदा ताल बेहाल बनेको छ । प्रभास क्षेत्रमा रहेको मठमन्दिरका छेउछाउमा समेत अहिले घर बनिरहेका छन् ।
फोटोहरु :देब पचभैया