
नेपाल राज्यसत्ताको चुचुरोमा पुगिसकेका पार्टीहरुलाई विश्वास गर्नु मुर्खता हुनसक्छ ।
एकात्मवादीहरुले बाघको बच्चाले जस्तो सिङ्गो नेपाल लाई खाईरहेको छ । राजा, राणा र पन्चेहरुले आफ्नो निजि सम्पतीझै सोचिरहेको यो देशका जनताहरुलाई कमैयाको रुपमा हेरिरहेका छन । बच्चा अवस्था देखिनै सानो देश नेपाललाई लत्याईरह्यो, देशका जनताहरुलाई झुकाई रह्यो । २०४६ सालपछि हाम्रो नेपालमा बहुदल सत्ता भित्री सक्दापनि देशका सिमानाहरु, नदि नालाहरुको सिमाना दिनरात धैरै नजिक आईरहे, रै पनि नेपाली जनताहरु सुनसान मोहमा रहिरहनु बाध्यता परिरह्यो । कालन्तरमा कंगालको रुपमा भएका नेताहरु छोटो समयमानै नेपाल राष्ट्रको सम्पदाहरु भ्रस्टचार गरि धनिमनि बनिरहे जनयुद्धको नाममा हरियो देश नेपाल लाई पकेट मारले झै लुटिरहे ।
साधरण नेपाली जनताको हत्या गरेर देशको सिमाना जनमत गरेर भारत जस्तो मुलुक लाई बिस्तृत रुपमा जानकारी दिनु हिन्दी फिल्मीमा जस्तो अभिनय गर्नु शिर्ष दलको नेताहरुको अभिनय मात्र थियो ।
हाम्रो देश नेपाल भित्र बिकाशको बाटोमा आएका रकम पचाएर हत्या अपहरण जस्ता जघन्य अपराध फिल्मी तरिकामा चलाउनु के होला ?
हाम्रो देश नेपालमा नीति, दर्शन र सोचाई धेरै कम छ, जसले गर्दा नेपाली जनताहरु अन्योलमा परिरहेका अवस्था छ । यस्तो समयमा समाबेशी सहितको गणतान्त्रिक र लोकतान्त्रिक समसामहिक दर्शन र संविधानको आवस्यकता देखिएको छ ।
राजनीतिक स्थायित्व प्रदान गर्नसक्ने संविधान र भ्रष्टाचार प्रति घृणा भाव राख्ने समाजको निर्माण होस्, नेपाली समाजलाई शुभकामना ।