मगर संघ कतारले माघी पर्व – २०७१ मनाउने तयारी पुरा

Read Time:2 Minute, 17 Second

रमेश कनौजेमगर

५ जनवरी २०१५, कतार-नेपाल प्रवासी मगर संघ दोहा कतारले मगरहरुको प्रमुख चाड माघी पर्व – २०७१ भव्ताका साथ मनाउने तयारी पुरा गरेको छ । २०१५ जनवरी ९ तारिकका दिन संघका केन्द्रिय कोषाध्यक्ष लिलम्बर चिदीमगरको संयोजकत्वमा समाल पब्लिक गार्डेनमा ११०० जनाको सहभागीतामा बनभोज तथा खेलकुद र सांस्कृतिक कार्यक्रमका साथ माघी पर्व – २०७१ मनाउन लागेको हो ।
उक्त कार्यक्रम सफल बनाउनका लागी ७५ जना स्वयंसेवक तयारी भइसकेको स्वयंसेवक संयोजक महेन्द्र थापा मगरले जानकारी दिनुभयो भने १४ वटा सांस्कृतिक प्रस्तुती तयारी भइसकेको सांस्कृतिक संयोजक जनक थापामगरले बताए । कार्यक्रममा ३५ वटा बस तयारी गरेको यातायात संयोजक शेरबहादुर रोकामगरले जानकारी दिएका छन । त्यस्तैगरी खेलकुद संयोजक कृष्ण रानामगरले पनि तयारी पुरा भएको जानकारी दिए भने खाना तथा नास्ता संयोजक अभिमत पुनमगरले तयारी पुरा भइसकेको जानकारी दिए । कार्यक्रमको लागी वितरीत टिकटहरु वितरण स्थगीत गर्दै वितरीत टिकट जम्मा गरिरहेको आर्थिक संयोजक बिवेक पुलामीमगरले जानकारी दिए ।
कार्यक्रममा कौडा, हुर्रा, सालैजो, मारुनी लगायत अन्य विविध सांस्कृतिक प्रस्तुती गर्नुका साथै २०७१/७२ को लागी मगर बाङ छान्ने, महिलाहरुको लागी मात्र हाँडी फोर्ने, लगायत डोरी तान्ने खेलहरुद्धारा मनोरञ्जन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई यातायात, खाना र नास्ताको लागी आयोजकबाटै ब्यबस्था गरेको पनि आयोजक समितिका संयोजकले जानकारी दिएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %