तमु प्ये ल्हु संघ हङकङले ल्हु ल्हो (भेंडा वर्ग) ल्होसारलाई भब्यताका साथ सम्पन्न

Read Time:10 Minute, 18 Second
मुककाजी(काजी) गुरुङ, हङकङ

सधैंको बर्षहरुमा झैं यस बर्ष पनि तमु प्ये ल्हु संघ हङकङले हङकङको सबै भन्दा अग्लो स्थान ताई मो शानस्थित कन्ट्री पार्कमा तमु (गुरुङ) हरुको महान पर्व पुष १५ ल्हु ल्होसार धार्मिक पूजापाठ, औपचारिक तथा विविध सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुतिको साथ भब्य रुपले सम्पन्न गरेका छन ।
कार्यक्रमको पहिलो चरण धार्मिक पूजापाठबाट थालनी गरिएको थियो । तमु प्ये ल्हु संघ हङकङको पच्युचिवा एक प्रसाद क्रोम्छै तमु र क्ल्हेप्रीचिवा प्रेम बहादुर क्रोम्छै तमुबाट छ्योपा त्हें र थासो फाल्ने त्हें सामूहिक रुपमा धार्मिक परम्परा अनुसार गरिएको थियो । धार्मिक पूजापाठ सकिए लगत्तै धर्म गुरुहरुबाट उपस्थित भक्तजनहरुलाई रुप (धागो) लगाईदिने र थासो फाल्ने काम गरिएको थियो । 
कार्यक्रमको दोस्रो चरणमा औपचारिक कार्यक्रम रहेको थियो । तमु प्ये ल्हु संघ हङकङका वर्तमान अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा संघका सल्लाहकार क्याप्टेन चन्द्र बहादुर तमु रहेका थिए भने बिशेष अतिथिमा पच्युचिवा एक प्रसाद क्रोम्छै तमु, क्ल्हेप्रीचिवा प्रेम बहादुर क्रोम्छै तमु, संघका निवर्तमान अध्यक्ष सोम योज तमु, सल्लाहकार ई विजय तमु, माङी आमा समूहका उपाध्यक्ष रुपा तमु, सल्लाहकार ईन्द्र तमु, सल्लाहकार तुलाजंग तमु, सल्लाहकार चेतमान तमु, सल्लाहकार रित तमु, सल्लाहकार चन्द्र बहादुर तमु, प्रवक्ता चौ तमु, लेखा परीक्षक श्याम तमु, संघकै सम्वाददाता मुककाजी तमु र भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ थिए । यसैगरि तमु प्ये ल्हु संघ रुपन्देहीका पूर्व सचिव गुम बहादुर तमु, पयुंखोला समाज पर्वतका अध्यक्ष झम तमु, भिरकोट आठ्थर तमु समाज स्याङ्जाका अध्यक्ष मन बहादुर तमु, अकलादेवी समाजका अध्यक्ष भानबिर तमु, लमजुंग सेवा समितिका प्रतिनिधी सचिव सुरेन्द्र घले, पेल्काचौर मनकामनाका सचिव तोरण तमु र गुरुङ तथा नेपाली चलचित्र कब्बडीका नायिका रिश्मा तमु लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई समेत बिशेष अतिथ्या प्रदान गरिएको थियो ।
प्रमुख सल्लाहकार क्याप्टेन चन्द्र बहादुर तमुले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्द्घाटन गरेका थिए भने संघकै प्रवक्ता चौ तमुको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए । तमु प्ये ल्हु संघ रुपन्देहीका पूर्व सचिव गुम बहादुर तमुले कार्यक्रममा पहिलो वक्ताको रुपमा ल्हु ल्होसारको अवसरमा शुभकामना ब्यक्त गरे भने सल्लाहकार तुलाजंग तमु, ई विजय तमु, लमजुंग सेवा समितिका सचिव सुरेन्द्र घले, भारतीय गोर्खा भूपूका अध्यक्ष जजिन चाम्लिङ लगायत पयुंखोला समाजका अध्यक्ष झम तमुले ल्हु ल्होसारको शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरि प्रमुख अतिथि क्याप्टेन चन्द्र बहादुर तमुले त ल्हो (घाेँडा वर्ग) को बिदाई र ल्हु ल्हो(भेंडा वर्ग) लाई स्वागत ल्होसार कार्यक्रममा उपस्थित सम्पूर्ण तमु तथा गैर महानुभावहरुलाई शुभकामना ब्यक्त गरे भने अध्यक्ष जितेन्द्र योज तमुले पनि तमु ल्होसार पर्वलाई भब्यताका साथ सफल पार्न उपस्थित कार्यसमितिका सदस्यहरु, सल्लाहकार तथा पाहुना लगायत सम्पूर्ण तमु शुभचिन्तकहरुलाई धन्यवाद सहित शुभकामना (आशिमलां) ब्यक्त गरे । मन्तब्यकै क्रममा अध्यक्ष जितेन्द्र योज तमुले ल्होसार भनेको नयां बर्ष नभएर तमु (गुरुङ) हरुको महान धार्मिक चाड भएको बताए । यसै क्रममा तमु प्ये ल्हु संघले आफ्नो संस्थागत तवरले मान्न पाउंनु पर्ने र तमु प्ये ल्हु संघको जुन आस्था छ त्यहि अनुरुप मान्न पाउंनु पर्ने बताए र यहि ल्होसार ल्होछारकै प्रसंगमा हङकङमा स्थापित तमु प्ये ल्हु संघ र तमु ट्हो ह्युल हङकङ बिचको सम्बन्धमा सबै तमुहरु एकता छौं भने दुबै संस्थाका अध्यक्षहरुबिच ल्होसारको शुभकामना आदानप्रदान भईसकेको जानकारी गराए । यहि तमु प्ये ल्हु संघको आस्थालाई आज धेरै भन्दा धेरै तमुहरुले विश्वास गर्दै आफ्नो पितृहरुको नाममा बत्ती बाल्ने र बर्ष भरि सुख शान्ति होस भन्ने हेत्तुले पच्युचिवा र क्ल्हेप्री चिवाहरुसंग रुप(धागो) लगाउंने गर्दछन ।
कार्यक्रममा तमु प्ये ल्हु संघ हङकङ क्होईवों धीं खरीदको लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरु लाई अध्यक्ष तथा प्रमुख अतिथिले खादा एवम पछयौरा ओढाई सम्मान गरेका थिए भने संघमा आजीवन सदस्यता लिएकाहरुलाई आजीवन सदस्यता कार्ड वितरण गरिएको थियो ।
तेस्रो चरण अन्तर्गत सह सचिव खगेन्द्र तमुले सांस्कृतिक कार्यक्रमलाई सञ्चालन गरेका थिए । “सुन खरी सुन गाभा” भन्ने गीतको बोलमा सुश्री मोनिका तमुले पहिलो प्रस्तुति पस्किन भने नयन तमु “ङै सेर्बें राजा” भन्ने गुरुङ् गीतको बोलमा नाचिन । यसैगरि कश्मिना तमुले “तले हो तले” भन्ने गीतको बोलमा आफ्नो प्रस्तुति पस्किन । क्रमिक रुपमा सविता तमु र अनुषा तमुले “फूल मन्जरी” भन्ने गीतको बोलमा युगल नृत्य पस्किन भने सुश्मिता तमुले “राम्री पनि भाकी छु,” सुरज थापाले “बिदेसीको हरियो डलर” भन्ने गीतको बोलमा धमाका नृत्य पस्केका थिए । तमु प्ये ल्हु संघ स्यार्लो, ताप्लेजुङ हङकङबाट पुनम र अनु तमुले पनि “हरियो चुरा” भन्ने गीतको बोलमा युगल नृत्य पस्केकी थिइन । यसैगरि माविका तमुले “घान्द्रुकी ठिटी म त” भन्ने गीतको बोलमा नृत्य पस्किन। अन्तमा, जित तमु र दिक्षा तमुले युगल नृत्य “रामी नो रोधी र बे डम्फु मादल” भन्ने अति नै मार्मिक गुरुङ गीतको बोलमा शानदार नृत्य प्रस्तुत गरे ।
यसरी एकल तथा युगल प्रस्तुतिहरु पश्चात भने उपस्थित नृत्य भोगीहरुले सामूहिक रुपमा घण्टौं नाचे । अन्तमा, पुन: अर्को बर्षको ल्होसारमा भेट्ने वाचा, अभिलाषा बोक्दै त ल्हो लाई बिदाई र ल्हु ल्होलाई स्वागत गर्दै ताई मो शान कन्ट्री पार्कलाई पनि उपस्थितजनहरुले बिदाई गरे ।
तमु प्ये ल्हु संघ हङकङ क्होईवों धीं को लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरुको नामावली यस प्रकार रहेको छ ।
हङकङ डलर १०,००० (दश हजार) भन्दा बढी सहयोग गर्ने सहयोगदाताहरु,
१, भोजेन्द्र पच्यु तमु, 
२, नबीन ल्हेंगे तमु
३, राजेन्द्र टु क्ल्हेप्री तमु
४, अजेन्द्र टु क्ल्हेप्री तमु 
५, चन्द्र सिं च्याह्क्ली तमु
६, मदन तमु,
७, बिर्तासिं तमु
८, मुककाजी प्ल्हें तमु
९, सुरेश ङोर्में तमु
१०, सन्तु त्होर्जे तमु
११, प्रकाश तेल्मे तमु
१२, मन बहादुर क्राेम्छै तमु
१३,दुर्गा बहादुर क्राेम्छै तमु
१४,मेम बहादुर क्राेम्छै तमु
हङकङ डलर १,००० देखि ६,००० सम्म सहयोग गर्ने सहयोगदाताहरु,
१, लक्ष्मी सुबा तमु
२, शान्ति तमु
३, घोर बहादुर गरब्जा तमु
४, प्रकास थिम्जे तमु
५, ललित टु तमु
६, भिम ङोर्मे तमु
७, बिकास गरब्जा तमु
८, उद्र तोर्जे तमु
९,मन बहादुर ङोर्मे तमु
१०,औ मति प्ल्हें तमु
११,भाईखु 
१२,ओम तमु 
१३,बुद्धिमाया तमु
१४,गौतम ल्हेंगे तमु
१५,ईन्द्र कुमारी तमु
१६,चौ च्यहक्ली तमु
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %