बहराईनमा तमु ल्हु-ल्होसार सम्पन्न

Read Time:5 Minute, 44 Second

कृष्ण सारू मगर

बहराईन, “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ , संस्कृति हराए मानवको सह:अस्तित्व (चिनारी) हराउँछ ” भन्ने सन्देशका साथ सम्पन्न भयो 

  नेपाली राजदुतावास बहराईनका का.बा. राजदुत महामहिम मणि प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा १७ पौष२०७१ तदनुसार १ जनवरी २०१५ मा सम्पन्न भयो । तमु समाज बहराईनको आयोजनामा गुरूङ समुदायहरूले परम्परागत तमु त-ल्हो (घोडा वर्ग)को विदाई गरी २५९८ औँ नयाँ वर्ष ल्हु-ल्हो मनाए ।

 विषेश अतिथि गम ब.तमु र प्रमुख अतिथिले द्धिप प्रज्वलन गरी उद्घघाटन गर्दै भेँडा वर्गमा प्रवेश तमुहरूलाई स्वागत “पैरू” लगाई कार्यक्रम सभाध्यक्षले सु:ख शान्ति, समृद्धि सु-स्वास्थ्य तथा दिर्घायूको आशिर्वाद दिँदै ल्हु-ल्होसार कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि का.बा. राजदुत भट्टराईले स्वदेश तथा विदेश रहनुहुने सम्पुर्ण गुरूङ समुदाय लगायत समस्त नेपालीहरूमा सु:ख शान्ति समृद्धि, उत्तरोत्तर प्रगति एवं सु-स्वास्थ्य तथा दिर्घायूको कामना गर्दै धार्मिक सहिष्णुता आपसी सद्भाव कायम राख्दै यो पर्व गुरूङ समुदायहरूको मात्र नभै सिङ्गो नेपालीहरूको लागी अनन्त सम्म हामी मानव बीच सहकार्य एकता रहोस् भन्दै शुभ-कामना ब्यक्त गरि सरकारले ल्होसार पर्व लाई विषेश सार्वजनिक विदा पनि हुँदा राष्ट्रिय पर्व हो भनेका थिए ।

  अन्त्यमा बहराईनवासी नेपालीहरूको समस्या समाधानका लागी आफु सदैव कटिवद्ध रहेको बताउँदै एम.आर.पी राहदानीको लागी अझ प्रभावकारी गराउन बिभिन्न कंपनीमा गई ३०/४० जनाको ग्रुप भएको खण्डमा सोही कम्पनीमा गई नेपालीहरूको सेवा सुविधा समेत उपलब्ध गर्ने/गराउने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रम  राजु तमु द्वारा संचालित र उपाध्यक्ष नगेन्द्र घलेले स्वागत मन्तब्य दिएका थिए ।

सो कार्यक्रममा वरिष्ठ अतिथि गम ब.तमु, विशेष नेपाली दुतावास श्रम सहचार्य विश्वराज न्यौपाने, तृतिय सचिव ओम भण्डारी, जनजाती महासंघ गैर आवासिय संघ, नेपाली क्लव र संस्थाका टेक, दिपक तमुले लगायतले शुभ-कामना दिए ।

बहराईनको राजधानी अदलिया स्थित होटल सिजलमा स्थित भएको ऊक्त कार्यक्रमलाई सफल बनाउन विशिष्ट अतिथिगण बिभिन्न समाजिक अवधारणा बोकी स्थापना भएका संघ,संस्था, संगठनहरूका प्रतिनिधिहरू तथा पत्रकारबंधु को बृहत एवंम् शुभेच्छुकहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।

तमु समाज प्रति अत्यन्तै तन, मन, बचन र कर्मले कृयाशिल कलाकार तथा सह्योगी मन र हातहरू प्रति स-सम्मान गर्दै  प्रशंसा पत्र प्रदान गरिएको थियो ।

  पुर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्हाकार दिपक गुरूङले आदिमकाल देखी नेपाली भुमीपुत्र गुरूङ समुदायहरूले विश्व शान्तिका अग्रदुत भगवान बुद्धले भनेका पञ्चशील वाणि आफ्नो मौलिक परम्परा ईतिहास पहिचान साथै गुरूङ जातिको विषेश साँकृतिक कार्यक्रमको मौलिकता रहेको बारेमा प्रकास पारेका थिए ।

साथै साँस्कृतिक सचिव समेत रहेका राम तमुले पौष १५ तमु म्हेँ खै मो ल्होसार…गीतको बोल बाट सुभारम्भ गरेका थिए  । साँस्कृतिक कार्यक्रम प्रस्तोता राष्ट्रिय लोक तथा दोहरी चर्चित गायक अशिम महतले संचालन गरेका थिए ।

बिभिन्न मनोरन्जनात्म साँस्कृतिक गायन तथा नृत्यले उपस्थित सम्पुर्ण अतिथि, शुभचिन्तकहरूमा भरपुर मनोरन्जन दिँदै रौनक तताएको थियो ।

सो,कार्यक्रम सफलतनको लागी आगन्तु पाहुनाहरू लाई बिशेष धन्यावाद दिँदै  सभाध्यक्षले, समुदायहरू लाई पुर्खाहरूले दिएको अमुल्य उपहार ईतिहास, मौलिम, कला संस्कृति पहिचान संरक्षण संवर्द्धन गर्नु हाम्रो साँस्कृति जगेर्ना गर्नु हाम्रो धर्म हो भन्दै कार्यक्रमको अन्त्यमा अंग्रेजी नयाँ वर्ष २०१५ को सु:खद उपलक्षमा शुभ-कामना दिँदै समापन भएको थियो

(लेखक NEFIN बहराईनका सुचना तथा संचार प्रमुख हुन्)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %