नेपाल मगर संघ युएईका बरिष्ठ उपाध्यक्ष ललित मान राना मगरलाई सम्मान तथा बिदाई

Read Time:2 Minute, 12 Second

उपेन्द्र राना मगर

शुक्रबार पुस १७, २०७१-युएई-नेपाल मगर संघ युएईका वरिष्ठ उपाध्यक्ष ललितमान राना मगर युएईको लामो बसाई पश्चात जन्म भुमी नेपाल फर्कने भएकाले उहाँलाई आबुधाबी युएईमा एक कार्यक्रम आयोजना गरी दोसल्ला तथा सम्मान-पत्र प्रदान गरी बिदाई गरेको छ । युएईमा सन् २००५ मा स्थापित नेपाल मगर संघ युएईको स्थापना काल देखी नै समाज सेवामा सक्रिय भूमिका निभाई रहेका बरिष्ठ उपाध्यक्ष युएईमा मगर समाज मात्र नभई बिभिन्न समाजमा आबद्ध रही समाज सेवामा समर्पित थिए । नेपाल मगर संघ युएईका अध्यक्ष भरतराज राना मगरको सभापतित्वमा प्रबक्ता रेसम सोमई मगर द्वारा संचालित उक्त सम्मान तथा बिदाई कार्यक्रममा प्रमुख अतिथीमा युएईका लागी अन्तराष्ट्रिय प्रतिनिधी संयोजक गिरमान थापा मगर, बिशेष अतिथीमा नेपाल मगर युएईका संरक्षक लाल बहादुर ढेंगामगर, अतिथीमा उप-संरक्षक धनेन्द्र मास्की राना मगर रहेका थिए । बिदा संगै नजिकै आउदै गरेको ३३ औ मगर दिवसको संयोजकमा उपाध्यक्ष भुवन मगर लाई जिम्मा दिएको छ भने अध्यक्ष भरतराज राना मगर घरयासी बिदामा जाने भएकाले अध्यक्षको अनुस्पतीमा उपाध्यक्ष राजु सिंजाली मगरलाई कार्यबहाक अध्यक्षको पदभार जिम्मा दिइएको छ । दुबईमा अनौपचारिक रुपमा भेटघाटगरी आबुधाबी सम्पन्न बिदाई कार्यक्रममा समय अभावले उपस्थित हुन नसकेका दुबई क्षेत्रिय समितिका साथीहरु लगायत शुभचिन्तकहरुले मायाको चिनो प्रदान पनी गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %